काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा, सिङ्
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। साँझतिर उद्योग र व्यापारमा विशेष लाभ हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला
काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३६ उपसचिवसहित कुल ७३ जना कर्मचारीको सरुवा गरेको छ। बुधबार र बिहीबारका निर्णयअनुसार शाखा अधिकृत र नायव सुब्बा तहका कर्मचारीसमेत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।३६ उपसचिवमध्ये ९ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। तीमध्ये पदमबहादुर बुढा दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाही बर्दियाको ठाकुरबाबा नगरपालिका, शिवराज रेग्मी लमजुङको राईनास नगरपालिका, महमदशेरे मुस्तफा रौतहटको देवाहीगोनाही नगरपालिका, बिकाउकुमार यादव रौतहटकै राजदेवी नगरपालिका, सुर्यप्रसाद गौतम बाराको निजगढ नगरपालिका, ओमप्रकाश महतो धन
बाजुरा— बाजुराको बडीमालिका नगरपालिका वडा.नम्बर ७ चुथीमा निर्माण भइरहेको १० शैया अस्पतालको काम हाल तीव्र गतिमा अगाडि बढिरहेको छ । हालसम्म निर्माण कार्यको करिब ८५ प्रतिशत प्रगति पूरा भइसकेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको ‘एक पालिका, एक अस्पताल’ योजनाअन्तर्गत निर्माण भइरहेको अस्पतालको ठेक्का सम्झौता २०७८ जेठ ५ मा करिब ८ करोड ८७ लाख २६ हजार २ सय १८ रुपैयाँ ६८ पैसामा राजेन्द्र डि.वि.जे.भी. निर्माण सेवासँग सम्झौता भएको थियो । नेपाल सरकार अर्थ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त अस्पतालको कार्य अहिले धमाधम जारी छ । निर्माण सम्झौता भएको १
काठमाडौं— सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार बिहान लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् । ‘हिँड काठमाडौं’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन ।शेयर बजारमा देखिएको बिकृति र सुधारको विषय उठाउँदै आएका लगानीकताहरुले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेका हुन् । सोही क्रममा एकजना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘हा
सर्लाही— कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउन गएका सर्लाहीका एक बालक दुई दिनपछि मृत फेला परेका छन् ।सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका –२ स्थित बागमती नदीको किनारमा फेला परेको हो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटेर खोजतलास गरेको थियो ।सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५ औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन् ।शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको अनौपचारिक छलफलमा आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु । अहिले समयको चाप, अवस्था आदिका कारण यदि ०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ,’ उनले भने । ०८२
विराटनगर । झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।कार्तिक २० गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ५ का ३१ बर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. ४ प ७४२ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा- १० का २८ बर्षीय शुसान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा- ९ का ३८ बर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर- १६ बाट पक्राउ गरेको छ ।त्यस्तै झाप
काठमाडौं— आज(शुक्रबार)संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच संयुक्त बैठक बसेको छ । बैठक शुक्रबार बिहान ११ बजेबाट राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा बसिरहेको हो । बैठकमा विगठित प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यष्क्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरेलगायत संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच छलफल जारी छ । बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल भईरहेको बताइएको छ ।
काठमाडौं— काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेर लगेको दाबी गरेकी छिन् । शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन् । त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन् । उनले
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.