काठमाडौँ। सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताउनुभयो । “जोखिमको अवस्थालाई मध्यनजर
महेन्द्रनगर। नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ ।कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले शुक्लाफाँटा नगरपालिका–१ बाट जनसंवाद यात्रा शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिद्वारा आयोजित जनसंवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहराले निर्वाचन क्षेत्रका जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन जनसंवाद थालिएको ब
सुदूरपश्चिम। सरकारबाट पुनःस्थापना गर्न बाँकी रहेका मुक्तकमैयाको समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग गरिएको छ । शनिबार कैलालीको धनगढीमा २६औँ कमैयामुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँहरूले पुनःस्थापनाका लागि सरकारले पहिचान गरेकामध्ये बाँकी रहेकाको समस्या समाधान गर्न यस्तो माग गरिएको हो । कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले सरकारले पुनःस्थापनासम्बन्धी अधिकांश काम सम्पन्न गरी केही मुक्तकमैयाको जिम्मा स्थानीय तहमा हस्तान्तरण गरे पनि करिब आठ वर्षसम्म पनि समस्या समाधान नभएको बताउनुभयो । मुक्तकमैया समस्यालाई भूमिहीनसरह ठानेर स्थानीय तह वा भूमिसम्बन्धी
काठमाडौं— हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा मादी नगरपालिका—४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका—७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— आव दुर्ई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।आइतबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हो ।अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुने कार्यसूची छ । यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ ।बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयस
काठमाडौं— शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ ।कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ शनिबार ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो ।परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानी मुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ ।यस कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार,
काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १३४, सडक फुटपाथमा २५, हर्न निषेधमा २१,अवस्था ठिक नभएको ९ र अन्यमा ३९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८५ पैसा र बिक्रीदर १७६ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ६० पैसा र बिक्रीदर २०७ रुपियाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ३४ पैसा र बिक्रीदर १९१ रुपियाँ ०९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ १७ पैसा र बिक्रीदर १०७ रुपियाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडिय
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  
काठमाडौं— संखुवासभामा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई मादी नगरपालिका–४, डाँडागाउँमा बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की छन् ।आफ्नी श्रीमती ४३ वर्षीया फूलमाया मुदेलको हत्या गरेको उनीमाथि आरोप छ । घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।घटनामा प्रयोग गरिएको खुकुरीसहित उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान कानुनी प्रक्रिया अघि बढाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.