समाचार

    Showing 1,081-1,090 of 16,714 items.
  • अग्रिम टिकट बुकिङ प्रक्रिया सुरु भइसकेको छ : अध्यक्ष स्वाँर

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले चाडपर्व लक्षित गर्दै सार्वजनिक यातायातहरुले अग्रिम तीन दिनको टिकट बुकिङ सुरु भएको जानकारी दिएका छन् । मंगलबार यातायात विभागसँगको छलफलका क्रममा बोल्दै उनले अनिवार्य टिकट हुनुपर्ने र त्यसको लागि अहिले तीन दिनको टिकट बुकिङ सुरु भइसकेको बताएका छन् । ‘यसपाली छुट्टै अग्रिम खुल्यो भनेर भन्न पर्दैन । त्यसको लागि मिति तोक्नुपर्दैन । अग्रिम सुरु भइसकेको छ । अहिले गएर हेर्नुभयो भने दुईतीन दिनको टिकट दिइरहनु भएको छ । ट्राफिक प्रहरीको सहायक निरीक्षक नमराज अधिकारीसँग गएर कम्तिमा तीन दिनको लागि लिन थाल्यौं पनि भनेका छ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 123 पटक पढिएको
  • सिराहामा ३७ वटा भौतिक संरचनामा क्षति

    सिरहा । जेनजी आन्दोलनको क्रममा सिराहा जिल्लामा १२ स्थानीय तहको कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयद्वारा सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिमा पूर्ण, आंशिक र सामान्य क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार, प्रदर्शनको क्रममा सातवटा वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आन्दोलनकारीले जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य संस्थान लहान लगायतका कार्यालयमा तोडफोड

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 146 पटक पढिएको
  • ब्याजदरमा सामान्य गिरावट, निक्षेप र कर्जामा पनि कमी

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी प्रतिबेदनले ब्याजदर घटेको देखाएको हो ।उक्त प्रतिबेदन अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष साउनमा २.९९ प्रतिशत रहेकोमा यो वर्षको साउनमा २.७५ प्रतिशतमा झरेको पाइएको छ । त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.९४ प्रतिशतबाट घटेर २.६५ प्रतिशतमा पुगेको छ ।विभिन्न बैंकहरूको आधारदरमा पनि उल्लेख्य कमी आएको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत, वि

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 416 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन

    काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् । गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए । आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन् ।अवलोकन पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न नहुने भन्दै निजी तथा सार्वजनिक सम्पति जलाएर गलत काम भएको बताए । त्यस्तै उनले सबै स्टेकहोल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए । उनले भने,‘हामी

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 174 पटक पढिएको
  • कर्णालीमा दशैंको चहलपहल: १८ स्थानमा सुपथ मूल्य पसल, थप २४ स्थानमा सुरु गरिने

    सुर्खेत— चाडपर्वलाई लक्षित गर्दै कर्णाालीका विभिन्न १८ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा र डिपोहरुमा सस्तो पसल सञ्चालन गरिएको हो । सोमबारदेखि कर्णालीका सल्यान बाहेक नौ जिल्लाका १८ वटा स्थानबाट सुपथ मुल्यमा पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमूख केशवराज बुढाले बताए । कर्णालीका कालिकोट, मुगु, डोल्पा र जाजरकोटका तीन/तीन स्थानमा, हुम्ला २ स्थानमा र दैलेख, जुम्ला रुकुमपश्चिम र सुर्खेत जिल्लामा एक/एक स्थानमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमूख बुढाले ज

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 421 पटक पढिएको
  • सार्वजनिक यातायात सञ्चालनका लागि सहज वातावरण बनाउन माग

    काठमाडौं— नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले भने, ‘हामी सेवा दिन तयार छौं, सुरक्षाको कुरा क्लियर हुनुपर्छ । सरकारलाई अनुरोध गर्दछु जलेकै ठाउँबाट सेवा दिनुपर्छ । चाडपर्वको समयमा जनताको ध्यान सार्वजनिक यातायात क्षेत्रमा नै हुन्छ । त्यसकारण गाडी आवतजावत गर्ने सहज वातावरण बनाउनुपर्छ ।’उनले सडक विभाग मुग्

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 404 पटक पढिएको
  • नारायणी अस्पतालमा विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी

    वीरगन्ज— वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ । अस्पतालको बाल सघन कक्ष (एनआईसियु) सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर रुम) मा बिहान ४ बजे आगलागी सुरु भएको हो ।स्टोरमा रहेको विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार बिहान ४ बजे सुरु भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको हो ।आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको डा. सिंहले जानकारी दिए । यद्यपि स्टोरमा राखिएका केही अस्पतालका उपकरणमा क्ष

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 427 पटक पढिएको
  • पार्टी कार्यालयमा आगलागी र तोडफोड, अध्यक्ष प्रचण्डद्वारा अवलोकन

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगलागी र तोडफोड भएको पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।पार्टीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा केही दिनअघि अज्ञात समूहले आगजनी र तोडफोड गरेको थियो। सो घटनापछि अध्यक्ष प्रचण्डले मंगलबार बिहान घटनास्थलको निरीक्षण गर्दै क्षति भएको संरचना, कागजात तथा सम्पत्तिहरूको जानकारी लिएका हुन्।अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले उक्त घटना दुर्भाग्यपूर्ण भएको भन्दै दोषी पहिचान गरी कडा कारबाही हुनुपर्ने माग गरे। उनले पार्टी कार्यालयमाथिको आक्रमण लोकतान्त्रिक मूल्य र सहिष्णु राजनीतिक सं

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 386 पटक पढिएको
  • जेन–जी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति

    सुर्खेत— जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कर्णालीका ६० भौतिक संरचना र ४५ वटा सवारी साधनमा क्षति भएको छ ।प्रदर्शनकारीहरुले सरकारी भवन, राजनितक दलका कार्यालय र निजि घरहरु समेतमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनको क्रममा ४५ सवारी साधनमा आगजनी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कर्णालीका १० ओटै जिल्लामा गरेको मिडिया मोनिटरिङ तथा इन्सेकका जिल्ला प्रतिनिधीको प्रतिवेदनका आधारमा आन्दोलनमा भएको क्षतीको प्रारम्भिक तथ्याङक संकलन गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए । इन्सेकको तथ्याङ्कअनुसार सुर्खेतमा मात्रै २८ ओटा सरकारी संरचना र आठ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 426 पटक पढिएको
  • जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्मानमा आज शवयात्रा, अन्त्येष्टि तयारी पूरा

    काठमाडौं— भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्मानमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शवयात्रा र अन्त्येष्टि कार्यक्रम आयोजना गरिँदैछ।गत भदौ २३ गते देशव्यापी रूपमा भएको आन्दोलनमा प्रहरी हस्तक्षेपका कारण धेरै जेनजी आन्दोलनकारीले ज्यान गुमाएका थिए। उनीहरुको बलिदानलाई सम्झँदै आज राजधानी काठमाडौंमा विशेष शवयात्रा आयोजना गरिएको हो।टिचिङ अस्पताल महाराजगञ्जबाट सुरु हुने शवयात्रा चक्रपथको एक परिक्रमा गर्दै ती युवाहरुको अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ। शवयात्रामा आन्दोलनमा सहभागी कार्यकर्ता, पीडित परिवारजन, मानव अधिकारकर्मी र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 453 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा