समाचार

    Showing १०१-११० of २६,७९८ items.
  • जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।”प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गर्नुभएको छ । “हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा उठेको छ, विज्ञहरूसँग छलफल गर्दा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २२८ पटक पढिएको
  • प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन

    काठमाडौँ। बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ ।जसमध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासका भएपछि अहिले कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ मौज्दात छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ । आर्थिक सहयोगका लागि कतिपय देश तथा सङ्घसंस्थाहरूले प्रतिवद्धता समेत जनाएका छन् ।कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढी

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २६४ पटक पढिएको
  • सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताउनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी विद्यालय सञ्चालकका विभिन्न छाता सङ्गठनका प्रतिनिधिसँग आज आयोजित अन्तक्र्रियामा उहाँले ऐन निर्माणका क्रममा प्राप्त सुझावलाई समेटेर परिपक्व ढङ्गले ऐनलाई अन्तिम रूप दिइने बताउनुभयो ।“शिक्षा ऐन निर्माणका क्रममा जति पनि सरोकारवालासँग छलफल भएको छ, उहाँहरूबाट आएका राय–सुझावलाई समेटेर ऐन चाँडो टुङ्ग्याउनेछौँ”, उहाँले भन्नुभयो, “कुनै पनि ऐन तथा नीति बनाउँदा सबै स्टेकहोल्डरको अपनत्व हुनुपर्छ । सोही बुझाइका साथ सकेसम्म सबै सरोकारवालासँग छलफल गरेका छौ

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९४ पटक पढिएको
  • शर्मा कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढीपीडितलाई एक करोड ५१ लाख सहयोग

    काठमाडौँ। भोटेकोशी बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपले रु एक करोड ५१ लाख सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवं सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपको तर्फबाट सहयोग रकम प्रदान गरिएको छ ।शर्मा एण्ड

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७४ पटक पढिएको
  • भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङः ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

    काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भन्नुभयो, “हामीले प्रयास जारी राखेका छौँ, आशा मारेका छैनौँ । सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास गरिएको छ । राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन ।” गृहमन्त्री गुरुङले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि भएभरको संयन्त्र परिचालन गरिएको बताउनुभयो । “सुरक्षा संयन्त्रले पूरा शक्तिका स

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९१ पटक पढिएको
  • सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति

    काठमाडौँ। भोटेकोशी बाढीबाट उत्पन्न विपद्को सामना गर्न केन्द्रमा गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको ढाँचामा बागमती प्रदेशदेखि बाढी प्रभावित जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्ने सहमति भएको छ ।भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले सरकारका तीनै तहले गरिरहेका कामलाई सहयोग र समन्वय गर्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा सर्वदलीय संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्त

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २३४ पटक पढिएको
  • बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा

    काठमाडौँ। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् ।कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।योसँगै, बाढीबाट प्रभावित नेपाल टेलिकमका १२० मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट पहिले उपलब्ध सबै स्थानमा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २१० पटक पढिएको
  • भोटेकोशी बाढीः ३२४ विदेशी नागरिकको उद्धार, ५९० सम्पर्कविहीन

    काठमाडौँ। गत बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन छन् । पछिल्लो जानकारीअनुसार एक हजारभन्दा बढीको शव फेला परेको सरकारले जनाएको छ ।यसैगरी हालसम्म ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको भोटेकोशी बाढीसम्बन्धी आज परराष्ट्र मन्त्रालयद्वारा नियमित आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय, नेपाली कूटनीतिक नियोगहरू तथा सम्पर्कविहीन विदेशी नागरिकका परिवारसँग निकट समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।यसैगरी विदेशस्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २४८ पटक पढिएको
  • पहिचान हुन नसकेका ७८ शव पोखरामा सुरक्षित व्यवस्थापन

    गण्डकी। रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी पहिचान हुन नसकेका ७८ शवको आज पोखरा महानगरपालिका-१६ लामाचौरको वनक्षेत्रमा जमिनुमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।पहिचान तथा परीक्षणका लागि विभिन्न जिल्लाबाट ल्याइएका एक सय दुई शवमध्ये ७८ वटालाई कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार १९ शव पहिचान गरी आफन्तलाई बुझाइएका छ ।“पाँच शव आफन्तले दाबी गरेकाले पहिचानका लागि केही दिन अस्पतालकै शवगृहमा राखिनेछ”, उहाँले भन्नुभयो, “७८ शवलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिको मा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १८० पटक पढिएको
  • बाढीपीडितलाई होटल मेची क्राउनद्वारा २६ लाख सहयोग

    झापा। मेचीनगर-८ स्थित होटल मेची क्राउनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २६ लाख सहयोग प्रदान गरेको छ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिन अनुरोध गर्दै होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री गणेश पौडेललाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उहाँले बताउनुभयो ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.