समाचार

    Showing १,०९१-१,१०० of २६,७९८ items.
  • ऊर्जामन्त्री श्रेष्ठसँग जाइका अध्यक्षको शिष्टाचार भेटवार्ता

    काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठसँग जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तनाका आकिहिकोले शिष्टाचार भेटवार्ता  गर्नुभएको छ ।  मङ्गलबार मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा गरेको सहयोग तथा लगानीका लागि जाइकाका प्रतिनिधिलाई धन्यवाद दिनुभएको थियो । उहाँले जाइकाको सहयोगमा निर्माण भएको कनकाइ र चन्द्रनहर परियोजनाको पनि चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गर्नुभएको थियो ।  मन्त्री श्रेष

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ४९६ पटक पढिएको
  • सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान

    • प्रकाशित मितिः साउन १३, २०८३
    • २४२ पटक पढिएको
  • सुनसरी फेरि तनावग्रस्त : दुई पक्षबीच दोहोरो झडप, अवस्था नियन्त्रणमा बाहिर

    सुनसरी  । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज बजारमा मंगलबार साँझ झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । सुनसरीको देवानगन्जमा मंगलबार राति फेरि दुई समूहबीच झडप भएको छ। आइतबार रातिको झडपपछि तनावग्रस्त बनेको क्षेत्रमा मंगलबार राति करिब ८ बजे देवानगञ्ज–३ स्थित देवानगन्ज बजारमा पुनः झडप सुरु भएको हो।प्रहरीका अनुसार दुवै पक्ष घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन्। हालसम्म झडप पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको र स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जनाएको छ।आगजनी, तोडफोड र घरेलु हतियार सहितको आक्रमण/प्रत्याक्रमणका कारण सुरक्षा अवस्था केही समय नियन्त्रण बाहिर पुगेको प्रहरीले जना

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ६३५ पटक पढिएको
  • अस्पताल सेवा बन्दले नागरिकको अधिकार कुण्ठित : मानव अधिकार आयोग

    काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोड घटनापछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरिएसँगै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले चिकित्सकमाथिको आक्रमणलाई कानूनको शासनमाथिको चुनौती भन्दै घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।आयोगका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीमाथि हिंसा हुनु जति निन्दनीय छ, त्यसैगरी अत्यावश्यक स्वास्थ्य सेवा बन्द हुँदा लाखौं नागरिक उपचारबाट वञ्चित हुनु पनि संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारमाथिको प्रत्यक्ष असर हो। आयोगले स्वास्थ्य

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २११ पटक पढिएको
  • भारतले धौलिगङ्गा बाँध खोल्ने, महाकाली किनार जोखिममा

    काठमाडौं । भारतस्थित धौलिगङ्गा जलविद्युत् आयोजनाको स्लुइस गेट सफाइका लागि बाँध खोलिने भएपछि महाकाली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार साउन १३ गते बिहान ६ बजेदेखि साउन १५ गते साँझ ६ बजेसम्म बाँध खोलिनेछ। यस अवधिमा महाकाली नदीको जलस्तर अचानक बढ्न सक्ने भएकाले नदी किनारका बस्ती र गतिविधि जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।प्रशासनले नागरिकलाई नदीमा माछा मार्न, ढुंगा–बालुवा उत्खनन गर्न, अनावश्यक आवतजावत गर्न तथा अन्य जोखिमपूर्ण गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायलाई समेत पूर्वतयारी र

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १५१ पटक पढिएको
  • कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

    काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले भोली मात्रै श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताए । उनले भने, ‘पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको भएको छ । आज उनको शव हेलिअस हस्पिटलमा छ । भोली मात्र पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ ।’शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि उनले बताए ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २२१ पटक पढिएको
  • वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

    रौतहट / पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् । सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।स्थानीयका अनुसार, सोमबार दिउँसो दुवै बालिका आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १०६ पटक पढिएको
  • ७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान

    काठमाडौं / चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाएकी छन् । उनको बहादुरीको चौतर्फी प्रशंसा भइरहे पनि उनले भने कुनै प्रचार वा सम्मानको अपेक्षा नगरी चुपचाप घटनास्थल छाडेकी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घटना यसै महिनाको सुरुवाततिर भएको हो । अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेका बेला एक युवक नदीमा संघर्ष गरिरहेको देखिन्। । नदीमा मौसमी बाढीका कारण पानीको गहिराइ करिब तीनदेखि चार मिटर थियो ।युवक डुबिरहेको देखेपछि लिउले एकछिन पनि ढिला नगरी लाइफबोय समातेर नदीमा हाम फालिन् । उनले करिब आधा घण्टासम्म संघर्ष गर्दै युवकल

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २५८ पटक पढिएको
  • निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै सुब्बाले औँल्याए डिजिटल चुनौती

    काठमाडौं / संसदीय सुनुवाइ समिति संयुक्तले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ ।सुनुवाइका क्रममा डा. सुब्बाले निर्वाचन आयोगले आगामी दिनमा सामना गर्नुपर्ने प्रमुख चुनौती र सुधारका प्राथमिकताबारे आफ्नो धारणा प्रस्तुत गरे । उनले आफूले निर्वाचन व्यवस्थापनसँग सम्बन्धित छ वटा मुख्य विषयलाई प्राथमिकतामा राखेको बताए ।उनका अनुसार ती विषयमा सबैका लागि मतदान पहुँच र समावेशिता सुनिश्चित गर्ने, निर्वाचनको विश्वसनीयता, पारदर्शिता तथा सूचना अखण्डता सुदृढ गर्ने, निर्वाचन व्यवस्थापनलाई दक्ष, मितव्ययी र वित्तीय रूपमा पारदर्शी बनाउने, समया

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २१८ पटक पढिएको
  • ११ हजार बचतकर्तालाई ७१ करोड फिर्ता, सहकारी ऋणीलाई कडा एक्सनको चेतावनी

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा करिब ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ फिर्ता तथा बचत मिलान गरेको जनाएको छ। समितिले साना बचतकर्तालाई प्राथमिकतामा राख्दै रकम वितरणलाई तीव्र बनाएको हो।समितिका अनुसार २१ करोड रुपैयाँ नगद फिर्ता गरिएको छ भने ५० करोड रुपैयाँ बराबरको बचत मिलान गरिएको छ। शिवशिखरसहित विभिन्न समस्याग्रस्त सहकारीका साना बचतकर्ताले पहिलो चरणमै राहत पाएका छन्। ज्येष्ठ नागरिक, एकल महिला र गम्भीर बिरामीलाई समेत प्राथमिकता दिइएको छ।यता समितिले सहकारीको ऋण नतिर्ने सञ्चालक र ऋणीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। बैंक खाता रोक्का, राहदानी रोक्का, कालोसूची

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २०९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.