समाचार

    Showing १,१३१-१,१४० of २६,७९८ items.
  • ‘हरेक विषयको आफ्नै इतिहास हुन्छ, इतिहास सबैसँग जोडिएको छ’

    काठमाडौं / सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरूसँग नेपालको इतिहाससम्बन्धी विषयमा छलफल गरिएको छ ।छलफलका क्रममा केन्द्रीय इतिहास विभागका पूर्वविभागीय प्रमुख राजकुमार पोखरेलले इतिहास प्रत्येक विषयसँग अभिन्न रूपमा जोडिएको विषय भएको बताए । उनले इतिहास विभागमा सांस्कृतिक इतिहास, कूटनीतिक इतिहासलगायत १८–१९ वटा विषयमा अध्ययन–अध्यापन भइरहेको जानकारी दिए ।उनले भने,‘इतिहास एउटा व्यापक विषय हो । केन्द्रीय इतिहास विभागमा १८–१९ वटा विभिन्न विधामा इतिहासको अध्ययन–अध्यापन हुँदै आएको छ । विभागमा सांस्कृतिक इतिहास कल्

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २४५ पटक पढिएको
  • सांसदका स्वकीय सचिव नियुक्तिमा सर्वोच्चको ’ब्रेक’

    काठमाडौं । संघीय संसद्का सबै सांसदलाई निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णय तत्काल कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। राज्यकोषमा अनावश्यक भार पर्ने भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग्दै ’कारण देखाऊ’ आदेश जारी गरेको छ। अदालतले सरकारको जवाफ आएपछि मात्र आवश्यक निर्णय लिने स्पष्ट पारेको छ।अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले सरकारको निर्णयले सार्वजनिक स्रोतको दुरुपयोग हुने र कार्यकर्ता व्यवस्थापनको माध्यम बन्न सक्ने दाबी गर्दै छुट्टाछुट्टै रिट दायर गरेका

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १७० पटक पढिएको
  • आर्थिक लेनदेन विवादले अशोक दर्जीमाथि आक्रमण : प्रहरी

    काठमाडौं । गायक तथा कलाकार अशोक दर्जीमाथि भएको कुटपिटको घटनापछाडिको मुख्य कारण आर्थिक लेनदेन विवाद रहेको खुलेको छ। झापा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा चिनेकै साथीहरूबीच भएको रकमको हिसाब नमिल्दा विवाद चर्किएर कुटपिटसम्म पुगेको निष्कर्ष निकालेको छ।प्रहरीका अनुसार केही साथीहरूबीच भएको आर्थिक कारोबार फिर्ता गर्ने विषयमा सहमति नजुटेपछि विवाद हातहालाहालको अवस्थामा पुगेको थियो। घटना भएको जानकारी पाएलगत्तै प्रहरीले अशोकलाई सम्पर्क गरी छलफलका लागि बोलाए पनि चलचित्रको प्रचारका लागि काठमाडौं जानुपर्ने भन्दै उनी तत्काल उपस्थित हुन सकेका थिएनन्।तर, कुटपिटको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २३७ पटक पढिएको
  • खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेकी छन् ।लामो समयदेखि विभिन्न कारणले अघि बढ्न नसकेको उक्त विधेयक सरकारको १०० दिने कार्यसूचीअनुसार सम्पन्न गरिएको महत्वपूर्ण कामका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त विधेयकले खानी तथा खनिज पदार्थको खोज, उत्खनन, संरक्षण, उपयोग, अनुमति तथा नियमनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल संशोधन र एकीकृत गर्ने उद्देश्य राखेको छ ।वर्षौं

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २३९ पटक पढिएको
  • बल्खुमा हरियाली अभियान, १,१५० बिरुवा रोपियो

    काठमाडौं / उपत्यकाको सहरी वातावरणलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ बल्खु खोला करिडोर जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म क्षेत्रमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।रोटरी क्लब अफ कीर्तिपुरको संयोजन एवं कीर्तिपुर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा रोटरी क्लब अफ नेपाल मण्डल, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ काठमाडौँ सर्कल, रोटरी क्लब अफ ठिमी र रोटरी क्लब अफ बागलुङको संयुक्त सहभागिता रहेको थियो ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले वर्ष २०२६–२७ का लागि सञ्चालन गरेको ‘१,००,००० वृक्षारोपण अभियान’ र जुलाई २

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २७१ पटक पढिएको
  • देवानगञ्ज घटनाबारे शान्ति, सद्भाव र निष्पक्ष छानबिनको माग

    काठमाठौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमले आज सोमबार गृहमन्त्री सुधन गुरुङलाई भेटघाट गरी छलफल गरेका छन् । उनिहरुले भेटघाटको क्रममा घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको बताए । उनीहरुले घटनाप्रति सरकारको विशेष ध्यानाकर्षण गराइएका हुन् । दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितले न्

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २५७ पटक पढिएको
  • आवश्यकताभन्दा बढी सिलिन्डर नथुपार्न उद्योगीको अपिल

    काठमाडौं । बजारमा एलपी ग्यास अभाव भएको चर्चा चलिरहेका बेला ग्यास उद्योगीहरूले आपूर्ति नघटेको स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा जगेडा ग्यास नराख्न आग्रह गरेका छन्। उद्योगीका अनुसार कृत्रिम माग बढेकाले केही स्थानमा अस्थायी अभाव देखिएको हो।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द ले भारतबाट आउने ग्यासको परिमाणमा कुनै कमी नआएको दाबी गर्दै अहिले पनि दैनिक करिब १०० बुलेट ग्यास नेपाल भित्रिरहेको जानकारी दिए। उनका अनुसार समस्या उत्पादन वा आयातमा होइन, एकैपटक धेरै उपभोक्ताले जगेडाका सिलिन्डर भर्न थालेपछि वितरण प्रणालीमा दबाब परेको हो।उद्योगीहरूले आवश्यकताभन्दा बढी ग्यास घरमा थुपार्ने प्र

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ४१४ पटक पढिएको
  • सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा: अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा

    रामेछाप / रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना निर्माण व्यवसायीको चरम लापरबाहीका कारण अलपत्र परेको छ । निर्माण कार्य कछुवा गतिमा हुँदा सडक किनारका बस्ती, खेतीयोग्य जमिन र स्थानीयको जनजीवन नै जोखिममा परेको भन्दै स्थानीयवासीले तत्काल काम अघि बढाउन माग गरेका छन्। रामेछापको मन्थली नगरपालिका–६ स्थित सेलेघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारस्थित साँघुटार बजारसम्म पुग्ने करिब ५२ किलोमिटर लामो सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको हो। आयोजनाको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड टीसीआईएलले पाएको भएपनि कम्पनील

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २७२ पटक पढिएको
  • देवानगञ्ज घटनाप्रति मन्त्री मेहताको चासो

    काठमाडौं / सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति,संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् ।मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी हुन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जानकारी दिइन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री मेहताले सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग सम्पर्क गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन तथा शान्ति स

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १८१ पटक पढिएको
  • पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि अवरुद्ध

    काठमाडौं / मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा गएको पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि निरन्तर खसेको पहिरोले यात्रुवाहक बस, मालवाहक सवारीसाधन तथा सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् । करिब ५० मिटर चौडाइ र १०० मिटर लम्बाइ क्षेत्रमा पहिरो खसेपछि सडक सञ्चालनमा कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । जेसीबीमार्फत पहिरो पन्छाउने प्रयास भइरहे पनि माथिबाट लगातार पहिरो खसिरहेकाले काम प्रभावित भएको छ । अवस्था नियन्त्रणमा लिन थप जेसीबी र जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ ।सडक डिभिजन कार्यालयका अनुसार

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.