काठमाडौं— अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो ।दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ ।अमेरिकी संघीय विमान प्रशासनका अनुसार उक्त विमान म्याकडोनेल डगलस एमडी–११ मोडेलको थियो । उनीहरूले जारी गरेको विवरण अनुसार यो प्रारम्भिक जानकारी हो र परिवर्तन हुन सक्छ भनी जनाएको छ । साथै, विमान प्रशासन तथा नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अधि
काठमाडौं । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘जेनजी विद्रोहको जरो’ शीर्षकमा आयोजित प्यानल छलफलमा युवा पुस्ताका प्रतिनिधिहरूले आफ्नो आन्दोलनका कारण र उद्देश्यबारे धारणा सार्वजनिक गरेका छन् ।कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधि रक्षा बमले ‘नेपोबेबी’ (नेताका सन्तानको विशेषाधिकार) ट्रेण्डबाट युवाहरूमा असमानताको अनुभूति तीव्र भएको बताइन् ।उनले भनिन्, ‘हाम्रो पुस्ताले महसुस ग¥यो—हाम्रो करको पैसा कहाँ गइरहेको छ ? ठूला नेताका सन्तानहरू विलासी जीवन बिताउँछन् । तर आम नागरिकका छोराछोरीहरू संघर्षमा छन् । यही असमानताविरुद्ध हामीले आवाज उठाएका हौं ।’बमका अनु
तनहुँ— बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भएको कुटपिट घटनामा एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।प्रहरीका अनुसार सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवनपछि खुसीमानलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । घाइते भएका खुसीमानलाई उपचारका लागि अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीकीे नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको बताएकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुशी नै भएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केहि जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन् । ‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामी सँग केहि जिम्मेवा
काठमाडौं— नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज बृहत एकता घोषणा हुने भएको छ । बृहत एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हनेछ । एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने
हेटौँडा— कुनै समय हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग फेरि चर्किएको छ ।हेटौँडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकहरूलाई प्रत्यक्ष रोजगार दिएको थियो । सन् १९८० को दशकमा उत्पादनको चरमणमा पुगेको यो उद्योगले स्थानीयको घरघरमा उज्यालो ल्याएको सम्झना अझै ताजा छ ।स्थानीय ९५ वर्षीय पूर्वकर्बछरी सूर्यबहादुर स्याङतान भन्छन्, ‘हामीले यही उद्योगमा बनेको कपडा लगाएर आफ्ना छोराछोरी पालेका थियौँ। यो हाम्रो जीवनको अभिन्न अंग
काठमाडौं— आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३४ औँ बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो । बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
काठमाडौं— एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ ।यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्
काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो । कार्यसमितिको बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा आफ्नो धारणा राख्नेक्रम जारी छ । मंगलबार बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू— कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल,
काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिवेशनका लागि दुई वटा प्रस्ताव आएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगन थापाले र सहमहामन्त्री महेन्द्र यादवले आफ्नो व्यक्तिगत तर्फबाट अधिवेशनका लागि प्रस्तावहरु आएको बताएका हुन् । उनले भने, ‘आज केन्द्रिय समितिको बैठकमा व्यक्तिगतरुपमा दुई वटा प्रस्ताव अगाडि आए तपाईंहरुलाई थाहा छ । महामन्त्री गगन थापाले निर्वाचन अगाडि अधिवेशन गर्न सकिने प्रस्ताव उहाँले ल्याउनु भएको छ भने सहमहामन्त्री महेन्द्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.