समाचार

    Showing 1,151-1,160 of 18,284 items.
  • बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो

    रौतहट—  रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सीन म्याद नाघेको भेटिएको छ । कार्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखी २३ महिना भित्रका बालबालिकाहरुको लागि दिन तयारी परिएको भ्याक्सीन म्याद नाघेको भेटिएको हो । चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सीन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे । ‘यस्तो लापरवाही गर्नु हुँदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सीन हुँ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 335 पटक पढिएको
  • प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित

    जनकपुर— जनकपुरधामका व्यवसायीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सोमबार धनुषाका प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा कुरा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्ने सहमति भएको छ ।धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सोनारपट्टी बजार क्षेत्रको एक पसलमा छापा मारेको थियो । सो क्रममा करिब सात कि

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 80 पटक पढिएको
  • हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

    हेटौंडा— देशकै पुरानो सरकारी स्वामित्वको उद्योग हेटौंडा सिमेन्ट फ्याक्ट्री फेरि एकपटक संकटको चपेटामा परेको छ । उत्पादन स्थगित भएको झण्डै एक वर्ष नाघ्दा सरकारले यो उद्योगलाई निजीकरण प्रक्रियामा लैजाने तयारी थालेपछि यसबारे व्यापक बहस सुरु भएको छ ।वि.सं. २०३३ मा जापान सरकारको सहयोगमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले सन् १९८६ डिसेम्बर ११ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । सुरुवाती समयमा यसले देशको सिमेन्ट मागको ठूलो हिस्सा पु¥याएको थियो । वार्षिक २ लाख ६० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो उद्योग अहिले भने पुरानो प्रविधि, मेसिनरी जीर्णता र व्यवस्थापन कमजोरीका कारण लामो समयदेखि उ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 329 पटक पढिएको
  • गरिबी निवारण, सामाजिक समावेशीकरण, दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् । कतारको दोहामा मंगलबारबाट सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्र्तगत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण अमूर्त आदर्श मात्रै होइनन्, शान्ति सुव्यवस्था, समृद्धि र दिगो विकास लो

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 335 पटक पढिएको
  • अवैध चिनियाँ मदिरा ३५१ काटुन बरामद

    काठमाण्डौ  ।   जिल्ला प्रहरी कार्यालय हुम्लाले अवैध चिनियाँ मदिरा झिनीगिन्टी बरामद गरेको छ ।हुम्लाका विभिन्न स्थानहरूबाट ३५१ काटुन अवैध चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको छ । ४ हजार २१२ बोतल अवैध चिनियाँ मदिरा झिनिगिन्टी मदिरा हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पोखरेलले जानकारी दिएका छन। प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मङ्गलवार राती १२ बजे बरामद गरेको हो।बेवारिसे रूपमा भेटिएका २ हजार  २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको सङ्कलन ग

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 247 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात तथा बाँकी प्रदेशको पहाडी भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 226 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ र

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 190 पटक पढिएको
  • आज २०८२ साल कात्तिक १९ गते बुधबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएक

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 322 पटक पढिएको
  • स्वार्थको राजनीतिमा सहभागि भए, अब कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछुः जनार्दन शर्मा

    काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागि भई गल्ति गरेको भन्दै कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् । मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताएका हुन् ।  उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शाषन गर्ने प्रवृति जन्मियो त्यसमा हाम्रो पनि कमि छ, हामीले पनि गल्ति गरेका

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 447 पटक पढिएको
  • १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    भक्तपुर— १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सिन्धुली गोलन्जोर गाउँपालिका–२ का २१ वर्षीय सन्तोष भुजेललाई प्रहरीले पक्राउ गरेको छ।बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 420 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा