समाचार

    Showing 12,271-12,280 of 26,699 items.
  • गण्डकी प्रदेश सरकारको निर्णय : ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज

    पोखरा । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको छ । प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव प्रतिवेदन सार्वजनिकपछि उक्त निर्णय भएको हो ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार ३२ कार्यालय मर्ज गरेर १८५ कर्मचारी दरबन्दी कटौतीको निर्णय भएको छ । उनका अनुसार ३२ कार्यालय गाभेर १७ वटामा झारिएको छ । प्रदेशको प्रशासनिक संरचनामा  हेरफेर गर्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको उनले जानकारी दिएका हुन् ।उनले भने,‘ यदी यो संरचनालाई घटाएर हामी त्यो काम सम्पन्न गर्न सक्छौ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 494 पटक पढिएको
  • मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त टोली भोलि मङ्गलबारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 461 पटक पढिएको
  • अचेत अवस्थामा भेटिएका एक वृद्धको मृत्यु

    तनहुँ— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित बनकेवाचोकमा बसमै अचेत अवस्थामा भेटिएका एक वृद्धको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२, मालागिरि निवासी करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन्। उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६, वयामस्थित छोरीको घरमा बस्दै आएका थिए।गगनगौंडाबाट दुलेगौंडातर्फ आइरहेको यात्रुबाहक बसमा यात्रा गरिरहेका विक बनकेवाचोक पुग्दा अचेत अवस्थामा फेला परेका थिए। बसका यात्रुहरूको भनाइअनुसार, उनले यात्रा क्रममा केही पटक बान्ता गरेका थिए।अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उद्धार गरी प्रहरीले जिपी कोइराला राष्ट्रिय श्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 722 पटक पढिएको
  • महोत्तरीमा बाढीले बगाउँदा युवकको मृत्यु

    महोत्तरी— महोत्तरी जिल्लाको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले एक युवकको मृत्यु भएको छ। महोत्तरी गाउँपालिका–३ निवासी ३५ वर्षका चन्दनकुमार ठाकुरको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।ठाकुर डिजेल लिएर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको प्रहरीको भनाइ छ । बाढीले बगाएको केही समयपछि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 559 पटक पढिएको
  • नौं किलो गाँजासहित थिङ पक्राउ

    रौतहट— रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका वडा न. ४ धनसारबाट गाँजासहित युवकलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका वडा न.१२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी दिपक रायका अनुसार ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी साहयक निरीक्षक टिका माया सिवाकोटिको टोलीले पूर्वपश्चिम सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको  ना ८० प ९८९३ नं.को मोटरसाइकल चेकजाँच गर्न

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 589 पटक पढिएको
  • छोरीले बुवाको काजकिरिया गर्दा समाज तर्सियो, तर उनीहरू भने कत्ति पनि डराइनन्

    काभ्रे— बुवालाई काँध दिने सपना कति छोरीहरूले देखेका होलान् ? जब बनेपाकी उपप्रमुख विमला सापकोटाले आफ्ना दुई बहिनीहरूसँग मिलेर दिवंगत बुवाको दाहसंस्कार र काजकिरिया गरिन्, समाजले आशिर्वाद होइन, बहिष्कारको चेतावनी दिएको छ।छोरा नभएको परिवारमा छोरीहरूले बुवाको अन्त्येष्टि गर्नु 'रूढीविरुद्ध विद्रोहु जस्तै ठानियो। गाउँका केही व्यक्तिहरूले सामाजिक बहिष्कारको धम्की दिन थाले। विमला भने समाजको याृ निर्णयले डराइनन्। तर उनले सामाजिक सञ्जालमार्फत सिंगो समाजलाई प्रश्न गरिन् —'हामी छोरी हौं भनेर बुवालाई अन्तिम श्रद्धाञ्जली दिन नपाउने?'उनको यो प्रश्नले सयौंको मन छोयो। समर्थनको लहर चल्यो। परम्परा र पुरुषवादी सो

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 978 पटक पढिएको
  • जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएपछि अस्पताल भर्ना

    विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जंगलबाट टिपेर ल्याइएको च्याउको तरकारी खाएको केही घण्टामै परिवारका सबै सदस्य बिरामी परेका हुन्।बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुर खड्का, उनकी ६८ वर्षीया पत्नी पवित्रा खड्का, ४२ वर्षीय छोरा शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का, र २४ वर्षीया बुहारी जानुका खड्का रहेका छन्।उनीहरूले आइतबार राति जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। च्याउ पकाएर खाएको केही समयपछि सबैमा उल्टी, टाउको दुख्ने र बेहोसजस्तो हुने लक्षण देखिएको प्रहरीले जनाएको छ।हाल बिरामी परेका सबैलाई झापाको दमकस्थित आम्दा अस्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 826 पटक पढिएको
  • साढे २० प्रतिशत घट्यो मधेशमा धान रोपाइँ, खाद्य सुरक्षामा असरको चिन्ता

    काठमाडौं— यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो ।गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । तर, यसवर्ष मधेशमा हाल सम्म ७६.५४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।मन्त्रालयका अनुसार सूदूरपश्चिम प्रदेशमा भने यसवर्षको धान रोपाइँ सकिएको छ । हाल सम्म सूदूरपश्चिममा शत प्रतिशत रोपाइँ सकिएको हो । यस प्रदेशमा १ लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । कर्णाली प्रदेशमा ह

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 753 पटक पढिएको
  • राहुल गान्धी पक्राउ

    एजेन्शी  ।  भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले हिरासतमा लिएको छ । मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । मार्चपास लोकसभामा विपक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो । यसअघि सबै सांसद धर्नामा बसेका थिए ।गान्धीले हिरासत जाँदै गर्दा संविधान बचाउन आफूहरू सडकमा आएको प्रतिक्रिया दिएका छन् । उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको आ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 243 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन ‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिएका हुन् । उनले भने, ‘सन्तानको पहिलो संरक्षक आमा नै हुन । आमाले यो मेरो सन्तान हो,  बुवाको पत्तो छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा सन्तानलाई नागरिकता उपलब्ध गराउने मुलध्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 635 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.