समाचार

    Showing 12,291-12,300 of 26,699 items.
  • वडाध्यक्षले दलित युवकमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्षको आपत्ति

    काठमाडौं— डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।  वडाध्यक्ष जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप लागेको हो । बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरको उनले बताए ।  अभद्र व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढामा छलफल समेत भएको पाइएको छ । यद्यपि आपसी छलफलबाट विवाद समाधान भइसकेको अध्यक्ष जोशीले बताए । तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो सामाजिक संञ्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 797 पटक पढिएको
  • सुनसरी सवारी दुर्घटना: चार जनाको मृत्यु, २२ घाइते

    सुनसरी  ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित फूल चौकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी  चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार घटनामा मृत्यु भएको हो। हालसम्म चार जनाको मृत्यु भएको र बाँकी घाइते भएका छन्।आज (सोमबार) बिहान करिब ८ बजेतिर विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरीको मधावे गाउँपालिका-६ बस्ने अन्दाजी

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 452 पटक पढिएको
  • पाँचपोखरी र जटापोखरीको आकर्षण बढ्दै, घुम्न आउनेको संख्या दिनप्रतिदिन वृद्धि

    रामेछाप— जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ । रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्दछ ।जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने भएपनि त्यसअघि र पछिपनि दर्शनार्थी तथा पर्यटकहरू पुग्ने गरेको गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारले जानकारी दिए । उनका अनुसार हरेक वर्ष असारदेखि भदौसम्म यहाँ १० हजारभन्दा बढी पर्यटक पुग्ने गर्दछन् ।४ हजार ६ सय ५ मिटरको उचाइमा रहेको पाँचपोखरी र ४ हजार २ सय ५० मिटरमा अवस्थित जटापोखरीमा असोजपछि जाड

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 646 पटक पढिएको
  • माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं— माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ ।प्रति कित्ता १०० रुपैयाँ अंकित आईपीओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 578 पटक पढिएको
  • गाईजात्राको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज: पहिचानको स्वीकारोक्ति बिना समानता सम्भव छैन

    काठमाडौं— गाईजात्राको अवसरमा आइतबार राजधानी काठमाडौंमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ निकालेर आफ्नो पहिचान, अधिकार र अस्तित्वका विषयमा सार्वजनिक सन्देश दिएका छन् ।नक्सालस्थित नारायणचौरमा भेला भएर सुरु गरिएको ‘प्राइड परेड’ बसन्तपुरसम्म पुगेर दीप प्रज्वलनका साथ सम्पन्न गरिएको थियो । यस कार्यक्रमको आयोजना यौनिक तथा लैङ्गिक अल्पसंख्यकका क्षेत्रमा क्रियाशील संस्था ब्लु डायमन्ड सोसाइटीले गरेको हो ।परेडमा सहभागी समुदायका व्यक्तिहरू विभिन्न जातीय पहिरनदेखि आधुनिक फेसनमा सजिएर र नारा सहित सहभागी भएका थिए । उनीहरूले गाईजात्रा जस्तै हास्यव्यङ्ग्यको माध्यमबाट आफ्नो पीडा, संघर्ष र पहिच

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 648 पटक पढिएको
  • बंगलादेशमा नेपाली उत्पादनको चाप: १०३ वस्तु निर्यातको सम्भावना

    काठमाडौं— हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ । जसले दुई छिमेकी मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धिको अवसर देखाएको छ ।साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले सार्वजनिक गरेको नेपाल–बंगलादेश व्यापारसम्बन्धी प्रतिवेदनले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ भएका १०३ प्रकारका वस्तुको बंगलादेश निर्यातको सम्भावना उच्च रहेको उल्लेख गरेको छ ।विस्तृत कार्यविधिको प्रयोग गरी अनुसन्धानकर्ताहरूले ८–अङ्के एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६–अङ्के एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन् । तीमध्ये २

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 675 पटक पढिएको
  • अन्तिम सोमबार डोलेश्वर महादेव मन्दिरमा दर्शन गर्दै भक्तजनहरू

    भत्तपुर— आज साउन महिनाको अन्ति‍म सोमबार । आज साउन महिनाको अन्तिम सोमबार भएकाले केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लो भीड लागेको छ । भगवान् शिवको आराधना, तीर्थ र व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो । मेलामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजन दर्शन गर्न आएका छन् । विसं २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ । 

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 640 पटक पढिएको
  • सक्रिय शक्तिहरूको एकताका लागि नेताहरूबीच गम्भीर छलफल

    काठमाडौं— नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ ।पूर्व उपप्रधानमन्त्रीद्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको भएको छ । भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे विचार विमर्श भएको बताइएको छ ।साथै, संघर्षशील शक

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 710 पटक पढिएको
  • ११ सय रुपैयाँ घट्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय र चाँदी १५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सुन आइतबार प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको थियो । यता आज असली चाँदीको मूल्य प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार त

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 738 पटक पढिएको
  • सुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछानेले बिगो दाबीबाट छुटकारा र थुनामुक्तिको माग गर्दै निवेदन दर्ता, आज सुनुवाइ हुँदै

    बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आफूलाई बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गर्दै दर्ता गरेको निवेदनमा आज अदालतमा सुनुवाइ हुने भएको छ।लामिछानेले आफूले सहकारीमा भएको रकम हिनामिनाको बिगो बराबरको बैंक ग्यारेन्टी अदालतमा बुझाइसकेको भन्दै उक्त मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न अनुरोध गरेका हुन्।उनले पेस गरेको निवेदनमा बिगो दाबीका रूपमा देखाइएको रकम बराबरको ग्यारेन्टी उपलब्ध गराइ सकेकोले अब आफूविरुद्ध कारबाही अघि बढाउनु नपर्ने दाबी गरिएको छ।सुप्रिम सहकारी प्रकरणमा लामिछानेमाथि समेत संलग्नता रहेको भन्दै पीडितले निरन

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 578 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.