समाचार

    Showing 12,301-12,310 of 26,699 items.
  • युवा उद्यमी प्रधानलाई पितृशोक

     काठमाडौं— हिमालयन जाभाका संस्थापक तथा युवा उद्यमी गगन प्रधानलाई पितृशोक परेको छ । ८१ वर्षको उमेरमा गगनका पिता गौरी प्रधानको निधन भएको हो । शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।ट्राभल र व्यापारमा लामो समय सक्रिय गौरी प्रधानको उपचारकै क्रममा निधन भएको थियो । २००१ सालमा जन्मिएका प्रधानका एक छोरा र दुई छोरी रहेका छन् । पर्यटन क्षेत्रमा लामो योगदान रहेका स्वर्गीय गौरीको पारिवारिक पृष्ठभूमि पनि व्यवसाय नै रहेको थियो ।बुबाको कपडा उद्योग र व्यापारको लगावका कारण गौरी पनि व्यापार व्यवसायमा सक्रिय थिए । गौरीका बुबाले थालेको व्यवसाय उनी र उनका भाइहरुले निरन्तरता दिएका थिए

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 552 पटक पढिएको
  • अदालतको प्रक्रिया विवादमा, रविको छुटाइको मागमाथि न्यायपरिषदमा गुनासो

    काठमाडौं— सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धरौटीमा छुट्न पाऊँ भन्दै जिल्ला अदालत रूपन्देहीमा दायर गरेको निवेदनविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ ।कानूनविदरूले उक्त निवेदन दर्ता नै गर्न नहुने खालको रहेको भनिरहेका बेला अधिवक्ता रमेशबहादुर रावलले सोमबार न्यायपरिषदमा उजुरी दर्ता गराएका हुन् ।निवेदनमा ‘मुद्दालाई अनावश्यकरूपमा लम्ब्याउने या अनुचित प्रभाव पार्ने मनसायले काम गरेको देखिएकाले सोही ऐनको दफा १२ (ङ) बमोजिम माथिल्लो अदालतले दिएको आदेश अवज्ञा हुने गरी दर्ता नै हुनु नपर्ने निवेदन दर्ता गरिएकाले छानबिनको गरी दोषीलाई हदैसम्मक

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 781 पटक पढिएको
  • लगातारको वर्षासँगै पहिरो, बेनी–जोमसोम सडक म्याग्दी खण्ड बन्द

    म्याग्दी— म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर खुलाउने प्रयास भइरहेको बताए ।वर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको उनले बताए । सडक अवरुद्ध हुँदा म

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 537 पटक पढिएको
  • बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

    सुर्खेत— जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज बिहान भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमा नै मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।भेरी नगरपालिका–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 558 पटक पढिएको
  • बेपत्ता विपिनको खोजी जारी, आमा र बहिनी इजरायलतर्फ लागे

    काठमाडौं— प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल गएका छन् ।कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए ।प्लालेस्टाइनी विद्रोही समूह

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 701 पटक पढिएको
  • सुनसरीमा दुःखद दुर्घटना: ३ जनाले ज्यान गुमाए, १५ घाइते अस्पतालमा

    सुनसरी— सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् ।काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार निधनहुनेको पहिचान हुन सकेको छैन ।घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिका

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 586 पटक पढिएको
  • कमलाको पुल १४ वर्षमा पनि अधुरै, स्थानीयहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

    सिरहा— सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।सिरहा – ६ का प्रवीण यादव भन्छन्,“पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 563 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    आठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाड

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 354 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ७३ पैसा र बिक्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 329 पटक पढिएको
  • इजरायली आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु

    गाजा— गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन् ।नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब दुई सय जना घाइते भएको बताए ।मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई इजरायली सेनाले निशाना बनाएपछि थप छ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पनि उनले जानकारी दिए ।बासलका अनुसार मध्य गाजामा पनि आक्रमणका कारण धेरै जनाको ज्यान गएको छ भने दक्षिणी सहर खान

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 690 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.