काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १६ वर्षमा बिहे गरे ओली झन् खुसी हुन सक्ने बताए ।केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, "अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।"
भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट फुटबल प्रतियोगितामा नेपाली टोलीले पहिलो जीत हासिल गरेको छ । नेपाली टोली शुक्रबार खेलिएको आफ्नो दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलले हराएको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा नेपाली टोलीले अन्तिम समयमा निर्णायक गोल गरेको थियो । निर्धारित समयको ९० औं मिनेटमा नेपालका लागि सुक्रिया मियाँले निर्णायक गोल गरेकी थिइन् । उक्त नतिजापछि नेपाली टोलीको अगाडि बढ्ने सम्भावना कायमै राखेको छ । जितसँगै नेपाली टोली अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालले दुई खेलबाट चार अंक जोडेको छ । एक खेलबाट तीन अंक बटुलेको उत्तर कोरिया दोस्रो स्थानमा आ
काठमाडौं— नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ।भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्
वीरगन्ज – पर्सामा एक बालिकालाई १० रुपैयाँको नोट दिएर ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेका छन्।प्रहरी अनुसार गत बुधबार बिहान १० बजेतिर बाख्रा चराउन गएका बेला ११ वर्षीया बालिकालाई साहले १० रुपैयाँको नोट दिएर ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। घटनबारे थाहा पाएपछि पीडित बालिकाका अभिभावकले साहविरुद्ध प्रहरी कार्यालयमा त्यही दिन किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले साहलाई बिहीबार नै अपरान्ह ३ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन् । उनले भने, ‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ । यदी हामी सानो हौं भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त । त्यो चाहीं महास
हेटौंडा— हेटौंडामा व्यापारी र वडाध्यक्षलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। जेठ २९ गते हेटौंडा–१० मा रहेको दास इम्पोरियमका सञ्चालक राजाबाबु दासलाई फलामे रड र काठको बेलनले कुटपिट गर्ने बुद्ध मोक्तान (हरि) पक्राउ परेका हुन्। उनी हेटौंडा–१२, पदमपोखरीका हुन् । उनी घटनापछि घरमा लुकिछिपी बसिरहेका थिए।त्यस्तै, असार ४ गते हेटौंडा–१ वडा कार्यालयमै वडाध्यक्ष सविन न्यौपानेलाई कुटपिट गरेको आरोपमा विजय थिङ (नेप्टे) पक्राउ परेका छन्। उनी मनहरी गाउँपालिका–२ का हुन् र हेटौंडा–८, कमानेबाट पक्राउ परेका हुन्।जनप्रतिनिधिमाथिको आक्रमणपछि हेटौंडा उपमहानगरका वडाध्यक्ष र उपमेयर राजेश बानियाँले असुरक्षाको म
बैतडी— उचित मूल्य नपाएपछि बैतडीको पाटन नगरपालिका–७ का किसान हर्क बहादुर चन्दले डडेल्धुरा बसपार्कमा करिब दुई कट्टा खुर्सानी सडकमा फालेका छन्। बिहीबार बिहान चन्दले स्थानीय बजारमा आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै आक्रोशमा आएर खुर्सानी सडकमा फालेका हुन्। उनका अनुसार महिनौं लगाएर उत्पादन गरेको खुर्सानी व्यापारीहरूले न्यून मूल्यमा लिन खोजेपछि उनले यस्तो कदम चाल्न बाध्य भएका हुन्।'हामी किसानहरूले दुःख गरेर उत्पादन गर्दा पनि बजारमा मूल्य नपाउँदा मन कुँडिन्छ,'चन्दले भने, 'हामीले लागत पनि उठाउन सक्दैनौं भने किन खेती गर्ने?'स्थानीय किसानहरू भन्छन्, सरकारले किसानको उत्पादनको न्यूनतम समर्थन मूल
विराटनगर— झापा र मोरङ जिल्लाबाट प्रहरीले लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।विहीबार मोरङको विराटनगर–१५ स्थित इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत, अररिया फारबिसगञ्ज निवासी ३५ वर्षीय सिकन्दर बाखत र सरफराजलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट १४१ ग्राम ब्राउन सुगर फेला परेको हो।यस्तै, झापाको दमक नगरपालिका–४ की २६ वर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका–५ का २७ वर्षीय संजीव लिम्बु, वसन्त राई, तथा कमल गाउँपालिका–४ का सन्द
विराटनगर— झापाको कमल गाउँपालिका—६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार झापाको कमल गाउँपालिका– ६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित औषधी बरामद भए संगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४०
विराटनगर— मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट लागू औषधसहित ६ जना पक्राउ परेका छन्। बुधबार प्रहरीद्वारा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।मोरङको पथरीशनिश्चरे–१० का २२ वर्षीय अब्राहम राई र २६ वर्षीय युकेश राईलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले ५९ चक्की ट्रामाडोलसहित पक्राउ गरेको हो।त्यसैगरी, कानेपोखरी गाउँपालिका–६ का ३३ वर्षीय प्रेम दाहाल र २२ वर्षीय निसान माझीलाई ३४९ चक्की डायक्लोमाइन र ट्रामाडोलसहित प्रहरी चौकी रमाइलोले नियन्त्रणमा लिएको छ।सुनसरीको धरान–६ का २७ वर्षीय चेतनाथ खड्कालाई ९४ क्याप्सुल ट्रामाडोल र ९५ ट्याब्लेट डिकोलिकसहित प्रहरीले पानबारीबाट पक्रा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.