समाचार

    Showing 12,381-12,390 of 24,792 items.
  • विपतबाट २० लाख नागरिक प्रभावित हुने मौसम विभागकोे अनुमान

    काठमाडौं— चालु आर्थिक वर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ मा उक्त अनुमान गरिएको हो ।प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।यही जेठ १४ गते बस्ने

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 360 पटक पढिएको
  • कारभित्र ७ जना मृत फेला

    एजेन्शी  ।  भारतको हरियाणाको पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन्।पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताइन्।उनले भनेकी छन्, 'प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ।' समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादुनवासी एकै परिवारका सदस्य थिए।मृतकमा दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य छन्। प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा घटना भएको र सबैको शव कारबाट बरामद भएको बताएको छ। कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो।डीसीपी कौशिकले प्रथम दृष्टिमा आत्महत्याजस्तो देखिए पनि&

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 306 पटक पढिएको
  • बेनीका विद्यालयले विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै

    म्याग्दी— बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत् विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिए ।“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन भएको छ”, उनले भने, “दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सृजना, स्वरोजगार बन्न

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 500 पटक पढिएको
  • अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

    चितवन— बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भरतपुरमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुवात भएको छ ।यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ ।अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिए । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो ।अस्पतालले यो सेवा सुरु गरेसँगै १२ हजार रुपैयाँमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 480 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन् । मङलबार बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको ३ जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु-७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा बर्दघाट नगरपालिका-५ मध्यविन्दु-७ का २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइत

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 307 पटक पढिएको
  • भन्सार छली ल्याएका एक लाख भन्दा बढिका अवैध सामान बरामद

    बर्दिया— बर्दिया प्रहरीले एक लाख १९ हजार बराबरको भन्सार छली चेरी निकासी गरेको सामान राजापुर भन्सार कार्यालय बर्दियालाई बुझाएको छ । भन्सार छली ल्याएको कुर्ता सुरुवाल, रेडिमेट कपडा प्लाष्टिक डोरी र रासायनीक मल पक्राउ गरी राजापुर भन्सारलाई बुझाएको हो । तीन दिन यता गरेको चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले बताएका छन् । उनका अनुसार गुलरिया नगरपालिका वडा नं ११ बाट करिब ४२ हजार ७ सय बराबरको तयारी कुर्ता सुरुवाल र प्याष्टिकको डोरी फेला परेको छ । त्यसैगरी बाँसगढी नगरपालिका वडा नं

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 387 पटक पढिएको
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाण्डौ  ।  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१-८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।बैठकमा शिक्

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 367 पटक पढिएको
  • धर्मगुरु बम्जन सम्पति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागार चलान

    सर्लाही  ।   विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई जेठ १२ गते सम्पत्ति शुद्धीकरण मुद्दामा  जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालत अगाडि जम्मा भएका थिए । यसअघि पनि सर्लाही जिल्ला

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 418 पटक पढिएको
  • बसले ठक्कर दिँदा ३ जनाको मृत्यु, ४ जना घाइते

    काठमान्डौ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।सोमबार साँझ बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रु बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका ७ जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक २ जनाको ठेगाना खुलेको छैन ।दुर्घटनामा गम्भीर घाइते भएका १ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइर

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 424 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश तथा लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागहरूमा आंशिक बदलीदेखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ ।कोशी, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशक

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 311 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.