समाचार

    Showing 1,231-1,240 of 18,284 items.
  • स्रोत नखुलेको २८ लाख रकमसहित दुई भारतीय पक्राउ

    कैलाली— स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– ३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो ।उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू सवार यूपी ३१ सीएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित ती व्यक्तिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 450 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया  रही बाँकी प्रदेशमा आंशिक बदली छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्र

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 218 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८७ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १६ पैसा र बिक

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 186 पटक पढिएको
  • आज २०८२ साल कात्तिक १७ गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)फजुल खर्च बढ्ने समय छ, होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बोमिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्ने

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 308 पटक पढिएको
  • सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश

    काठमाण्डौ  ।  सर्वोच्च अदालतले ११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार आदेश दिएका हुन्। सरकारले कात्तिक २० भित्र राजदूत फिर्ता गर्न निर्देशन दिएको थियो, तर सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र प्रतिभा उप्रेतीले त्यसविरुद्ध रिट दायर गरेका थिए। अदालतले निवेदकको मागअनुसार निर्णय कार्यन्वयनमा रोक लगाउने आदेश दिएको हो।आदेश :

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 238 पटक पढिएको
  • फरार वडाअध्यक्ष थापा पक्राउ

    सुनसरि  ।  सवारी अंङ्गभङ्ग मुद्दामा फरार रहेका इनरुवा नगरपालिका वडा नं.६ का वडाअध्यक्ष सुमन थापा पक्राउ परेका छन्।गत २०८१ फाल्गुण २२ गते रामधुनी नगरपालिका ३ स्थित बगैंचा टोलमा उनले चलाएको बा २१ च ६८८८ नम्बरको गाडीले देविका खनाललाई ठक्कर दिएको थियो । सो पश्चात् उनी विरुद्ध किटानी जाहेरी दिएको भएपनि प्रहरीले सो दर्ता गर्न इन्कार गरेको थियो । उच्च अदालत मार्फत परमादेशको आदेशको लागि मुद्दा गरेपछि मात्रै सो जाहेरी दर्ता भएपछि  फरार रहेका थापा लामो समयसम्म लुकेर बसेका थिए । पक्राउ परका थापालाई म्याद थपका लागि सुनसरी जिल्ला अदालत लगिने छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 304 पटक पढिएको
  • अदालतमा जागिर खुल्यो भन्दै अनलाइन ठगी गर्ने आमा–छोरी पक्राउ

    विराटनगर— अदालतमा जागिर खुल्यो भन्दै अनलाइनमार्फत ठगी गर्दै आएकी आमा–छोरी विराटनगरबाट पक्राउ परेका छन्। उनीहरूले जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाएर विभिन्न पदमा भर्ना खुलेको झूटो सूचना सार्वजनिक गर्दै दर्ता शुल्कका नाममा रकम असुलेका थिए।पक्राउ पर्नेहरूमा सिरहाको लहान घर भई हाल मोरङको विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आएकी ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमलकुमारी साह रहेका छन्।प्रहरीका अनुसार, उनीहरूले नक्कली फेसबुक पेजमार्फत ‘ई–सेवा’ प्रयोग गरी भर्ना शुल्कका नाममा रकम माग्ने तथा सामान किनमेलका क्रममा आधा रकम तिरेर बाँकी रकम सटही नहुने चेकद्वारा ठगी गर्ने कार्य

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 413 पटक पढिएको
  • दाजुको हत्या आरोपमा भाइ पक्राउ

    नवलपरासी— नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१ पुनर्वासमा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३४ वर्षीय चित्रबहादुर शाही रहेका छन्।प्रहरीका अनुसार चित्रबहादुरले आफ्ना ३६ वर्षीय दाजु कृष्णबहादुर शाहीमाथि कोदालोको बिँडले प्रहार गर्दा कृष्णबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले चित्रबहादुरलाई आइतबार बिहान पक्राउ गरेको हो।हत्या किन र कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 400 पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा लुटिएको प्रहरी हतियार बरामद, फरार कैदी पक्राउ

    काठमाडौं— जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको हतियार प्रहरीले बरामद गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका–७ लाहुरे टोलबाट एक थान ग्यास गन फेला पारेको हो।उक्त हतियार काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का वाङ्सु लामाले लिएर फरार भएको अनुसन्धानमा खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार लामाको डेराबाट पेस्तोलमा प्रयोग हुने तीन थान गोली समेत बरामद गरिएको छ।प्रहरीले लामालाई पक्राउ गरी अनुसन्धान गर्दा उनी जेन–जी आन्दोलनका बेला फरार भएका कैदी रहेको पुष्टि भएको हो।लामामाथि यसअघि ज्यान मार्ने उद्योग मुद्दा

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 384 पटक पढिएको
  • देशमा खगेन्द्र सुनार मात्रै छैनन्, एक–से–एक क्षमतावान दलित छन् : दलित युनाइटेड जेनजी

    काठमाडौं— दलित जेनजी युनाइटेडले वर्तमान सरकारले न्याय र समानताको लागि खगेन्द्र सुनारलाई मात्रै देख्नु दुखद् भएको बताएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ६० लाख दलित भएको देशमा फौजदारी अभियोग लागेका सुनारलाई मन्त्री प्रस्तावित गर्ने विषयले दलितलाई अपमानित गर्ने प्रपञ्च भएको आरोप लगाएको छ ।दलित युनाइटेड जेनजीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेनजी सरकारमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन् । हालै अदिलत अभियन्ता खगेन्द्र सुनारको नाम मन्त्रीको लागि प्रस्ताव गरेको तर पछि अभियोग लागेको बहानामा रोक्ने विषय षड्यन्त्र भएको बताउँदै परियाल

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 377 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा