समाचार

    Showing 12,471-12,480 of 24,795 items.
  • शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स दुर्घटना

    काठमाडौं— रामेछाप जिल्लाको दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिकां—३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ । आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं जाँदै गरेको उक्त एम्बुलेन्स दुर्घटना भएको थियो।प्र ३ -०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान भुपेश आछामीले जानकारी दिए । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका- २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।एम्बुलेन्समा  एकजना प्रहरी जवान र चालकसहित ४

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 216 पटक पढिएको
  • रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै

    काठमाण्डौ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको छ ।सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुन सकेन ।विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण रिटको पेसी तोकिएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 256 पटक पढिएको
  • चार संसदीय समितिका बैठक बस्दै

    काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुनेछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ ।प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छल

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 231 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८४ रुपैयाँ १७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रुपैयाँ ९० पैसा र बिक्रीदर १६६ रुपैयाँ ६३ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्र

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 219 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र सुदुरपशचिम प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भईरहेको छ।दिउँसो कोशी प्रदेश,लुम्विनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 250 पटक पढिएको
  • रास्वपालाई आन्दोलनमा सघाउन राजावादीको पत्र

    काठमाण्डौ  ।  रविले यो व्यवस्थामा न्याय नपाउने भन्दै आन्दोलनमा साथ दिन रास्वपालाई राजावादीले पत्र पठाएको छ । राजतन्त्र पुर्नस्थापनका लागि राजावादीहरूले बनाएको जनआन्दोलन समितिले रास्वपालाई आफ्नो आन्दोलनमा साथ दिन जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई पत्र लेखेर  आग्रह गरेका हुन्। राजावादीहरूले राजतन्त्र पुर्नस्थापनका लागि भन्दै जेठ १५ देखि आन्दोलनको घोषणा गरेका छन्।

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 350 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारको छापा

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।आज अपराह्न अख्तियारको टोली त्यहाँ पुगेको हो । विमानस्थल सुरक्षा स्रोतका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको टोली अहिले विमानस्थलको अध्यागमन कार्यालयमै छ । अख्तियार स्रोतका अनुसार त्यहाँबाट कागजपत्र र केही कर्मचारीलाई नियन्त्रणमा समेत लिइएको छ ।अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले छापा मारेको हो । अध्यागमन प्रमुखलाई हटाएर आजै मात्रै गृहमन्त्री रमेश लेखकले कर्मचारीको हेरफेर गरेका थिए ।अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 404 पटक पढिएको
  • तीनकुने घटनाको अनुसन्धान पुरा

    काठमाण्डौ  ।   पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ काठमाडौंको तीनकुनेमा भएको हिसांत्मक प्रर्दशनका क्रममा पक्राउ परेकाहरुमाथिको अनुसन्धान पुरा भएको छ ।प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।एक उच्च प्रहरी अधिकृतका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित अन्य केही विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ । प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका कारण सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 231 पटक पढिएको
  • सिमरा विमानस्थलबाट उडेको बुद्ध एयरको जहाजमा १ महिलाको मृत्यु

    काठमाण्डौ  ।  बाराको सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको जहाजमा १ महिलाको मृत्यु भएको छ ।रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउदैगर्दा मृत्यु भएको छ । चौधरीको थप उपचारका लागि सिमरा विमानस्थलबाट काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार स्वास्थ्यमा समस्या देखिएकी राजकुमारीक जहाजमै बेहोस भएकी थिइन् । केएमसी अस्पताल पुर्‍याउँदा चिकित्सकले बाटोर्म मृत भएको घोषणा गरेको एसपी बोहराले बताए ।उनको शव थप अनुसन्धान

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 334 पटक पढिएको
  • झापा प्रहरीद्वारा एक ट्याक्टर काँक्राको बीउ बरामत

    झापा  ।  झापाको दक्षिणी नाकाबाट  भारततर्फ तस्करी हुन लागेको अवैध ५० बोरा काँक्राको बीउसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार बिहान ४ः३० बजे झापा प्रहरीको टोलीले झापा गाउँपालिका-१ मा नम्बर प्लेट नखुलेको ट्याक्टरलाई शङ्का लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदै गरेको अवस्थामा ५० बोरा काँक्राको बीउ प्रतिबोरा ५० के.जीका फेला परेको थियो । अन्दाजी २ लाख ५० हजार बराबरको काँक्राको बीउ र ट्याक्टरको मूल्य, ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयले

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 496 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.