समाचार

    Showing 12,611-12,620 of 24,806 items.
  • कोदालोको पासोले श्रीमानको टाउकोमा प्रहार गरी हत्या, श्रीमती प्रहरीको नियन्त्रणमा

    खोटाङ— खोटाङमा सामान्य विवादको क्रममा श्रीमातीले कोदालोको पासोले प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । शनिबार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का ५१ वर्षीय पाँचकर्ण राईलाई  उनकै श्रीमती  ५३ वर्षीया  रेनुका राईले कोदालोको पासोले टाउकोमा प्रहार गरी घाईते बनाएकी थिइन् ।  घाइते राईलाई तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 295 पटक पढिएको
  • भद्रपुरको मकैबारीमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला

    झापा— झापाको भद्रपुरमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका–४ बद्रीगाउस्थित मकैबारीमा निलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बायाँ हातमा घडी लगाएको, उत्तानो परेको अवस्थामा अन्दाजी ४०/४५ वर्ष उमेर भएको पुरुषको शव फेला परेको हो । मृतकको अवस्थामा हेर्दा ४/५ दिनअघि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।मकैबारी शव देखिएपछि स्थानीयले महेशपुर प्रहरी चौकीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगी कानुनी प्र

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 328 पटक पढिएको
  • यातायातका कर्मचारीले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको भन्दै ८० जना पक्राउ गर्यो

    काठमाडौं— चितवनमा विभिन्न यातायात कम्पनीका ८० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कम्पनीका कर्मचारीले यात्रुका झोला तान्ने, अनावश्यक दुःख हैरानी दिएको भन्दै प्रहरीले उनीहरुले पक्राउ गरेको हो । स्विप अप्रेसन अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन ले उनीहरुलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार परिचयपत्र साथमा नलिई यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने, झोला तान्ने लगायतका गतिविधिहरू गरी यातायातका विभिन्न नियम उल्लङ्घन गरेको एवम् चोरी, लागुऔषध सेवन ग

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 363 पटक पढिएको
  • होटल क्षेत्रमा श्रमिकहरुको सेवाशुल्क दिलाउन सांसद पौडेलको माग

    काठमाडौं— नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले होटल क्षेत्रमा काम गर्ने श्रमिकहरुको सेवाशुल्क कानुन बनाएर लागू गराउन माग गरेकी छिन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसो बताएकी हुन् । उनले होटेल क्षेत्रमा काम गर्ने श्रमिकहरुको सेवाशुल्क खारेजी गरी दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन् । उनले भनिन्,‘सर्वोच्च अदालतले होटल क्षेत्रमा काम गर्ने श्रमिहरुकहरुले खाँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेर कानुन बनाए मात्रै तयो खाऊ भनेर आदेश गरेको छ । जसका कारण अहिले देशमा दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा छ

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 292 पटक पढिएको
  • नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

    महोत्तरी, २८ बैशाख। नेकपा एमालेको भातृ संगठन नेपाल बुद्धिजीवी परिषद मदेश प्रदेश अध्यक्षमा रास बिहारी यादव चयनका छन्। नेकपा एमालेको बरिष्ठ  उपाध्यक्ष तथा पुर्व रक्षा मन्त्रि ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा शनिवार जलेश्वरमा सम्पन्न बुद्धिजीवी परिषद प्रदेशको दोस्रो अधिवेसनले रास बिहारी यादवको अध्यक्षतामा १७ सदस्सीय प्रदेश कमिटी गठन गरेको हो। निवर्तमान प्रदेश अध्यक्ष शम्भुप्रसाद गुप्ताको सभापतित्वमा भएको अधिवेशनले परिषदको उपाध्यक्षमा डाक्टर अख्तर आलम अन्सारी, सचिवमा सुनिलकुमार झा, सहसचिवमा महादेव राउत, कोषाध्यक्षमा धिरज साह लगायत १७ सदस्यीय नेपाल बुद्धिजीवी परिषद मधेश प्रदेश समिति सर

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 309 पटक पढिएको
  • पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार सहयोग

    काठमाडौं— प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’ मा रु एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गरेका छन् । सुदूरपश्चिम प्रदेश भरीकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । उनले भने, ‘यही वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि रु एक लाख ११ हजार एक सय ११ आज प्रदान गर्नु भएको

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 286 पटक पढिएको
  • ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

    चितवन— मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।चितवन प्रहरीका अनुसार कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंह नेतृत्वको टोली खटिएर बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छदुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ ।

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 208 पटक पढिएको
  • लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती मनाइने

    रूपन्देही— लुम्बिनीमा २५६९ औँ बुद्धजयन्ती मनाइने भएको छ । शनिबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गर्दै २५६९ औँ बुद्धजयन्ती मनाउने भव्य तयारी भईरहेको जानकारी गराएको हो ।वैशाख २८ देखि ३० गतेसम्म तीन दिवसीय विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइने कोषले जनाएको छ ।प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईका अनुसार बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन २९ गते विशेष समारोह हुनेछ ।साथै, विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 375 पटक पढिएको
  • संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

    काठमाण्डौ  ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ ।त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथ

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 284 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका केहि स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत&nbs

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 378 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.