समाचार

    Showing 12,761-12,770 of 26,699 items.
  • पोखरामा क्लासिक लाखे नृत्य प्रस्तुती

    पोखरा । पोखरा रानीपौवामा क्लासिक लाखे नृत्य प्रस्तुती भएको छ । शुक्रबार साझ रानीपौवामा स्थानीय समुदाय संस्कृति, पौराणिक कथा र नृत्य मार्फत समृद्ध सम्पदा जोगाउने उद्देश्यले उक्त विशेष लाखे नृत्य प्रस्तुती गरिएको हो । सोही क्रममा पोखरा महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष एंव तायामचा नाच समितिको अध्यक्ष पे्रम प्रसाद कर्मचार्यले संस्कृति र परम्परा जोगाउनको लागि युवाहरुलाई प्रेरित गर्ने उद्देश्यले यो नाच निकालिएको बताए । उनले भने, ‘हामीले यसरी लाखे नाच पहिलो पटक निकाल्दै छौ । हाम्रो यो गाईजात्रा तायामचा नाच समिति भन्ने छ । अहिले युवा पुस्ताहरु संस्कृति जोगाउने कुरामा जागरुक भईरहेको

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 355 पटक पढिएको
  • रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा

    रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ ।मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो। भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको छ, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्छ ।’ सो विषयमा खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रश

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 456 पटक पढिएको
  • विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि नेपाली टोली सिंगापुर प्रस्थान

    काठमाडौं । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११ः०० बजे सिंगापुर प्रस्थान गरेका छन् । प्रतियोगितमा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन् । पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।व्यवस्थापकमा नेपाल पौडी स

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 289 पटक पढिएको
  • २२ औं पल्सर स्पोट्र्स अवार्ड भदौको अन्तिम साता पोखरामा

    काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो । अवार्डको आयोजनाका लागि शुक्रवार आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्बन्धि सम्झौता पनि भएको छ । सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन् ।विगत १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रु

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 372 पटक पढिएको
  • प्रेस जनमत संघको प्रथम केन्द्रीय बैठक तथा प्रशिक्षण सम्पन्न

    जनकपुर । जनमत पार्टी निकट प्रेस जनमत संघको प्रथम केन्द्रीय कार्यसमितिको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।जनमत पार्टीको अध्यक्ष डा.सिके राउत, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह लगायत जनमत पार्टिका केन्द्रिय एवम प्रदेशका नेताहरुले प्रेस जनमतको गठन भएकोमा शुभकामना दिनुका साथै सम्पूर्ण कार्यसमितिलाई निश्पक्ष र सहि समाचार सम्प्रेशन गर्न आग्रह गरेका थिए ।संघका केन्द्रिय अध्यक्ष अवधेशकुमार झाको अध्यक्षतामा साउन ८ र ९ गते जनकपुरधाममा भएको बैठकले संचार क्षेत्रसँग सम्बन्धित विविध विषयमा ९ बुँदे जनकपुरधाम घोषणा पत्र–२०८२ समेत जारी गरिएको छ ।घोषणापत्रमा संघीय लोकतान्त्रिक व्यवस्थाको सु

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 328 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । हाल देशभर पहाडी भूभाग साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा ह

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 412 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१  पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ प

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 437 पटक पढिएको
  • आज २०८२ साल साउन १० गते शनिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)यो साता व्यापार–व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ। आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ। शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ, विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)निकटवर्ती व्यक्ति वा आफन्

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 492 पटक पढिएको
  • राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले गरेको काम कारवाही र आगामी कार्ययोजना सार्वजनिक

    काठमाडौं । राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले हालसम्म गरेको काम कारवाही र आगामी कार्ययोजनाबारे जानकारी गराएको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले काम कारवाही र आगामी कार्ययोजना सार्वजनिक गरेको हो । संस्थाले नेपालका युवालाई श्रम बजारको माग अनुरुप आवश्यक सिपद्वारा सशक्त बनाउँदै स्वदेश तथा वैदेशिक रोजगारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेको छ । साथै, संस्थाले विभिन्न सरकारी निकाय, निजी क्षेत्र, उद्योग वाणिज्य संघ, विकास साझेदार र स्थानीय सरकारसँग सहकार्य गरी देशको सीप प्रणालीलाई एकीकृत र परिणाममुखी बनाउने प्रयास गरिरहे

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 395 पटक पढिएको
  • ‘वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ’

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रेस काउन्सिको छलफल कार्यक्रममा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताईन् । उनले भनिन्, ‘हरेक दिन प्रेस स्वतन्त्रता हनन्को घटना बढेका छन् । तर त्यसको कारण के हो भनेर हामीले खोज्ने हो भने सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले प्रेस स्वतन्त्रता हनन्को घटना बढेको मैले महसुस गरेको छु । आचारसंहिता उल्लंघन गर्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेका छन् । हामीले सत्य र तथ्यको एक प्रतिशत प

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 410 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.