समाचार

    Showing 12,781-12,790 of 26,699 items.
  • भिजिट भिसाबारे धेरै चिन्ता गर्नु पर्दैन : श्याम घिमिरे

    काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाबारे धेरै चिन्ता गर्नु नपर्ने बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाबाट बाहिर गएर उतैको नागरिकता लिएका र घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका हुन् । उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्र

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 417 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।  शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 512 पटक पढिएको
  • टीकापुरमा जुवातास खेल्दाखेल्दै १० जना पक्राउ

    कैलाली— टीकापुर नगरपालिका–२ बन्दिपुरस्थित एक स्थानीय पसलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको सूचनाको आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेकाहरूको साथबाट नगद ६७ हजार ५ सय ९० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 609 पटक पढिएको
  • पत्रकारमाथि कुटपिट, दोषीलाई कारबाही गर्न महासंघको माग

    काठमाडौं— पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।गत साउन ८ गते बिहीबार यादव समाचार संकलनमा खटिएका बेला विवेक साह, रन्जित साह, अन्तिज साह र अन्तिजका छोरा मिलेर कुटपिट गर्दा उनी घाइते भएको महासंघको एसोसिएट प्रदेश समितिले जनाएको छ।महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको आक्रमणलाई अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादतीको रूपमा लिइएको छ।महासंघले दोषीहरूमाथि सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षा तथा स्वतन्त्रतामा विशेष ध्यान दिन सम्बन्धित निकायक

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 783 पटक पढिएको
  • कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

    कैलाली — कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले स्थानीय राजु चौधरी र चन्द्रबहादुर चौधरीलाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार राजु चौधरीको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक, चित्तलको सिङ र चित्तलको खुट्टाको आधा भाग फेला परेको थियो। त्यस्तै, चन्द्रबहादुर चौधरीको घरबाट पनि एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।सञ्चालित अनुसन्धानका क्रममा अवैध हतियार र वन्यजन्तुका अंग फेला परेकाले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 474 पटक पढिएको
  • सुनसरीमा १३ लाखभन्दा बढी मूल्यको लत्ताकपडा र तीन मोटरसाइकल सशस्त्र प्रहरीद्वारा बरामद

    मोरङ — सुनसरी जिल्लाको गढी गाउँपालिका–२, औरावनीबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याइएको १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडा सहित तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण सुनसरीका अनुसार को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८, र को ३ प १२० नम्बरका मोटरसाइकलहरूमा ती सामानहरू राखिएको थियो। ती मोटरसाइकलमार्फत भारतबाट लत्ताकपडा अवैध रूपमा नेपाल ल्याउने प्रयास भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरीको गस्ती टोली देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्ति फरार भएको र मोटरसाइकलहरू त्यहीँ छाडेर भागेको जनाइएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 1,126 पटक पढिएको
  • कैलालीमा दुई नाल बन्दुकसहित दुई जना पक्राउ

    कैलाली— कैलाली प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले गोदावरी नगरपालिका–८ स्याउलेका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरीलाई पक्राउ गरेको हो।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिए।राजुको घरमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, चित्तलको सिंह र खुट्टाको आधा भाग फेला पारेको र चन्द्रबहादुरको घरमा एक नाल भरुवा बन्दुक फेला पारेको जनाइएको छ।दुई नाल बन्दुकसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतम

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 502 पटक पढिएको
  • रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

    रुस— रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ।सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जङ्गलमा खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको भिडियोहरू रूसी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन्। सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा जीवित व्यक्तिको कुनै सङ्केत नपाइएको देखाइएको छ। अङ्गारा एयरलाइन्सको विमान ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्कबिच्छेद भएको थि

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 530 पटक पढिएको
  • विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा.काशीनाथ मिश्र

    काठमाडौं – विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक परम पूज्य पण्डित डा. काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको बताउँदै सनातन धर्मको प्रचार गर्नु आवश्यक रहेको बताए । उनले भने,‘हामी सबै विश्वका सनातन धर्म मान्नेहरु मिलेर काम गर्न आवश्यक छ । म राजनीतिक संगठनमा छैन् ,कहिल्यै हुन्न पनि । तर धर्मनीति कहिल्यै छाड्दिन । किनकी धर्म नीतिसँगै हाम्रो उत्पत्ति भएको हो । पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको छ । सनातन धर्मको प्रचार गर्नु आवश्यक छ । सनातन धर्म जस्तो उत्कृष्ट

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 306 पटक पढिएको
  • भीम रावलको टिप्पणी: ओली र दाहालसँगको अँगालो रास्वपाका लागि घाटा भयो

    काठमाडौं – नेकपा एमालेका पूर्व नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले केपी शर्मा ओली र पुष्पकमल दाहालसँग गठबन्धन गरेर पद लिनु पार्टीकै लागि घाटाजनक भएको बताएका छन्।बुधबारको एउटा कार्यक्रमको  कुराकानीमा रावलले रास्वपाले "नो नट अगेन" भन्ने अभियान चलाएर पुराना नेताहरूलाई अस्वीकार गर्ने भनिए पनि अन्ततः तिनै नेतासँग हातेमालो गरेको बताए।"उहाँहरूले अङ्ग्रेजीमा ‘नो नट अगेन’ भन्नुभयो, अर्थात् यिनी पुराना नेताहरू थलिए, असफल भए, यिनीसँग हिँडिन्न भन्ने सन्देश दिनुभयो। तर अन्ततः तिनै केपी ओली र पुष्पकमल दाहालसँग अँगालो मारेर मन्त्रालय लिएर जानुभयो," रावलले भने।उनका अनुसार रास

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 586 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.