समाचार

    Showing 12,791-12,800 of 26,699 items.
  • सल्यानमा गाडी दुर्घटना हुँदा १५ जना यात्रु घाइते

    सल्यान— सल्यानको कुमाख गाउँपालिका–२ बढाई ज्युलामा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।नेपालगञ्जबाट रागेचौरतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका यात्रुहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घाइतेमध्ये चालकसमेत रहेका छन्।प्रहरीका अनुसार घाइते हुनेमा गाडी चालक कुमाख गाउँपालिका–६ का २७–२८ वर्षीय पारस आचार्य छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको अवस्था गम्भीर रहेको प्रहरीको

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 536 पटक पढिएको
  • संरक्षणको पर्खाइमा ऐतिहासिक 'ठूलढुङ्गा'

    मध्यनेपाल (लमजुङ), ९ साउन : यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।  यो ढुङ्गा सात दिने सुत्केरीले गाडेको भन्ने किम्वदन्ती छ । तर हालसम्म यसको संरक्षणमा कुनै निकायले खासै चासो दिएको पाइँदैन । विसं १८२९ (शाके १६९४) मा राजा वीरनारयणका पत्नीहरू शालधरा, सकलान र कुमारी गरी यी तीन शिव पार्वतीका भक्तहरुले इशानेश्वर महादेवको नाममा शिवरात्रि र फकिर, जोगी, साधुसन्तका निम्ति सात बीस अर्थात् १४० मुरी खेतको गुठी, अन्न सङ्कल्प गरी दान गरिएको अभिलेख यस ढुङ्गामा कुँदिएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 153 पटक पढिएको
  • प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने

    रामेछाप – वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वाग्मती प्रदेशको सुरक्षा चुनौतीलाई सामना गर्न प्रदेश सरकारले प्रहरी सेवाको पहुँचलाई थप प्रभाकारी बनाउने बताएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका कार्यालय भवनको शुक्रबार बिहान उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रदेश भरिका प्रहरी कार्यालयलाई व्यवस्थित गर्न हालसम्म ३ अर्ब ६० करोड रुपैँया विनियोजन गरी कार्यान्वयन गरेको जानकारी दिए । यस्ता भवनहरूले प्रहरीको सेवालाई प्रभावकारी बनाउन थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । जनताको जीउ, धनको सुरक्षा गर्नु प्रहरीको दायित्व भएको बताउँदै लामिछानेले सेवा स

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 490 पटक पढिएको
  • घरायसी विवादका क्रममा झगडा छुट्याउन गएका दाइको मृत्यु

    सिराहा— सिराहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।घटनापछि आरोपी श्याम फरार रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए । उनको खोजी भइरहेको छ । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 554 पटक पढिएको
  • पूर्व राष्ट्रपति भण्डारीको नयाँ बाटो ? एमालेको निर्णयपछि आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं— पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन्। एमालेले उनको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि उनले आफ्नो धारणा सार्वजनिक गर्दैछिन्।गत असार १४ गते, मदन जयन्तीका दिन भण्डारीले राजनीतिमा फर्किने संकेत दिएकी थिइन्। तर त्यसको केही हप्तामै एमालेले उनीमाथि राजनीतिक प्रवेश गर्न रोक लगाउने निर्णय गर्‍यो। औपचारिक रूपमा पार्टीले उनलाई  निष्क्रिय बनाउने तयारी गरेपछि भण्डारी असन्तुष्ट बनेकी छन्।भण्डारी पक्षले यो निर्णयलाई अध्यक्ष केपी ओलीको चालका रूपमा हेरेको छ। उनी अब प्रतिकारको तयारीमा छिन्। कानुनी रूपमा पनि एमालेको न

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 525 पटक पढिएको
  • अख्तियारले दुई पूर्व मन्त्रीका मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान तीव्र

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा संलग्न दुई पूर्व मन्त्रीका मोबाइल फोन नियन्त्रणमा लिएको छ। पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरूमाथि कडा निगरानी गर्दै आएको अख्तियारले पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारणमन्त्री रञ्जिता श्रेष्ठका मोबाइल नियन्त्रणमा लिएको हो।गुप्तामाथि कास्कीको मालपोत कार्यालय प्रमुखको सरुवाका लागि ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीका अध्यक्ष नियुक्तिका लागि १० लाख रुपैयाँ घुस लिएको आरोप छ। कुल ७८ लाख रुपैयाँको "डिल" भएको आशंकामा अख्तियारले उनलाई बयानका लागि बोलाएको हो। अनुसन्धानका क्रममा गुप्ताको मोबाइ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 473 पटक पढिएको
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो कारोबार दिन बिहीबार २४ सयले घटेको सुन आज ५ सय रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।बिहीबार एक तोला सुन १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रपैयाँ पुगेको थियो।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 701 पटक पढिएको
  • ७ हजार आवेदनबाट छनोट भएका १६५ युवा सांसदहरुले लिए शपथ

    काठमाडौं— देशभरबाट छानिएका एक सय ६५ युवा सांसदले बिहीबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहमार्फत पद तथा गोपनीयताको शपथ लिएका छन्। ग्लोबल युथ पार्लियामेन्ट र राष्ट्रिय युवा सांसद कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न सो समारोहमा अध्यक्ष दिवाकर अर्यालले सांसदहरूलाई शपथ गराए।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केवल विद्युत् उज्यालोले मात्र समृद्धि सम्भव नरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा समेत उज्यालो ल्याउनु आवश्यक रहेको धारणा राखे। उनले युवा पुस्ताले व्यापक परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिए।नेपाल उद्योग वाणिज्य मह

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 756 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय  विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।उक्त विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 480 पटक पढिएको
  • नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

    नुवाकोट— नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारबाट नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पर्नेमा दुप्चेश्वर गाउँपालिका–७ निवासी ४२ वर्षीय नरबहादुर तामाङ र भीमबहादुर तामाङ रहेका छन्। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ९३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।ती नक्कली नोटहरू उनीहरूले आफैंले बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले जानकारी दिए । अनुसन्धानका क्रममा भीमबहादुर तामाङको घरमा लुकाइएको थप २४ थान नक्कली एक हजार दरका नोट पनि फेला परेको प्रहरीले जनाएको छ।हाल नक्कली नोटको कारोबारम

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 714 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.