समाचार

    Showing 12,811-12,820 of 24,808 items.
  • आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

    एजेन्शि  । पूर्ण रूपमा स्वचालित एआई र रोबटिक्स प्रणालीले सञ्चालन गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियाबाट एक शिशुको जन्म भएको छ । विशेषज्ञहरूले आफ्नो भौतिक संलग्नता बिनै कृत्रिम बुद्धिमत्ता (एआई)लाई डिजिटल माध्यमबाट निर्देशन दिएको भरमा आईभीएफ विधि सञ्चालन गरेर विश्वमै पहिलो बच्चा जन्मिएको स्वास्थ्यसम्बन्धी जानकारी दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्ययम मेडिकल एक्सप्रेसले जनाएको छ । बच्चा स्वस्थ रहेको खबरमा उल्लेख छ ।अमेरिकी बायोटेक कम्पनी ‘कन्सिभेबल लाइफ साइन्सेज’ का वैज्ञानिक तथा चिकित्सकहरूले पूर्ण स्वचालित आईभीएफ प्रविधि विकास गरेका हुन् । एआईमा आधारित आईभीएफ प्रविधिमा महिला

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 359 पटक पढिएको
  • सतिघाटमा पुल नहुदा फेरिले गाडी तार्न पर्ने बाध्यता

    भोजपुर  । भोजपुर र संखुवासभा जिल्ला जोड्ने सतिघाटमा पक्की पुल नहुदा अझै पनि फेरिले गाडी तार्न पर्ने बाध्यता छ । अरुण नदीको यो फेरि भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने महत्वपुर्ण माध्यम हो । तर, बेलाबेलामा फेरिको डोरी चुडिदा यातायात सेवा नै ठप्प हुदै आएको छ । यस क्षेत्रमा पक्की पुल बन्न ढिलाई हुदै आएको छ । 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 321 पटक पढिएको
  • लेक लागेर चिकित्सकको मृत्यु

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२, डाँडाखर्कमा लेकलागेर शनिबार बिहान तनहुँको भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको छ ।मकालु बेसक्याम्प जाने क्रममा ४२०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको छ । सिग्देलको शव परीक्षणनिम्ति जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्र खाँदबारी ल्याइन सक्ने प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 403 पटक पढिएको
  • गोली लागेर एक सैनिकको मृत्यु

    चितवन  ।   हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास रहेका छन । ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो । दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत थिए । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उनलाई गोली लागेको थियो । 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 453 पटक पढिएको
  • वीरगञ्जमा आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यू आदेश

    वीरगन्ज  । हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार(आज) बेलुका ७:३० देखि आइतबार अपराह्न १२ः०० बजेसम्मका लागि कर्फ्यु  आदेश जारि भएको छ।दुई पक्ष बिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछि वीरगन्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यु  आदेश जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशमा शनिबार साँझ ६ः३० बजे देखि आइतबार दिनको १२ बजे सम्म रहने उल्लेख छ । पूर्वमा भेडियाहि चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी गरे

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 377 पटक पढिएको
  • उदयपुरको कटारीमा निर्माणाधीन पक्की पुल बाढीले भत्कायो

     उदयपुर । विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका-२ मा निर्माणाधीन पक्की पुल भत्किएको छ । तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया-कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो ।चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताए।इलाका प्रहरी कार्यालय कटारीका प्रमुख उवं प्रहरी नायब उपरीक्षक कमल बजगाईँले प्रारम्भिक अनुमानमा रु. दुई करोडको क्षति भएको जानकारी दिए । वर्षापछि खहरे खोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बजगाईँले उक्त

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 327 पटक पढिएको
  • कनकाई नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

    झापा । जिल्लाको कनकाई नगरपालिका-१ मा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ । शनिबार बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्ता सिटी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताएका छन ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 352 पटक पढिएको
  • शिक्षकको आन्दोलन आज दशौँ दिन सडकमै हाजिर र नाचगान

    काठमाण्डौ  ।  नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबिच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी र्हेको छ ।प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ ।आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ ।आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 344 पटक पढिएको
  • काठमाण्डौको बबरमहलमा दुर्घटना एकको मृत्यु, दुई जना घाइते

    काठमाडौ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 250 पटक पढिएको
  • तनहुँको मोहरीयाबाटोमा बेसीशहर जादै गरेको बस दुर्घटना

    काठमाण्डौ । डुम्रे बेसीशहरसडक खण्ड अन्तर्गत तनहुँको भानु-१ मोहरीयाबाटोमा बेसीशहर आउँदै गरेको बस दुर्घटना भएको छ। ग १ ख ६४९८ नम्बरको बस शुक्रबार साँझ ४:३५ को समयमा दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन्। तीमध्ये चारजनालाई CMC चितवन रीफर गरिएको छ। बाँकी अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा दोर्दी-९ घर भएका सात वर्षीय रोजित विक, सही ठाउँ बस्ने ४५ वर्षीय शुसिला बि.क, राइनस-६ बस्ने ४० वर्षीय बिमला बिक र एकजना रौतहटका ५३ वर्षीय रामपुकार सुनार रहेका छन्। 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 235 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.