समाचार

    Showing 13,001-13,010 of 26,699 items.
  • पहिरोमा पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी कार्य जारी

    पर्वत— पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ ।स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको प्रहरी प्रमुख विष्टले बताए । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उनको भनाइ छ ।गए रातिदेखि परेको भारी वर्षा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 422 पटक पढिएको
  • धनगढीमा हत्या गरेर शव गाडिएको अवस्थामा फेला, भान्जा र भाइ पक्राउ

    कैलाली— जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा हत्या गरी खाल्डोमा गाडिएको एक व्यक्तिको शव प्रहरीले फेला पारेको छ।३५ वर्षीय गणेश गिरीको शव स्थानीय क्षेत्रमै खाल्डो खनी गाडिएको अवस्थामा निकालिएको हो। असार ३० गते गणेश गिरी र उनका १८ वर्षीय भान्जा प्रदीप बोहरा बीच एयरफोनको विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा प्रदीपले गणेशमाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।घटनापछि परिवारले प्रहरीलाई जानकारी नदिई लाशको दाहसंस्कार गरेको भन्दै अहिले घटनाबारे थप तथ्यहरू सार्वजनिक भइरहेका छन्।प्रहरीका अनुसार मृतकका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भ

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 457 पटक पढिएको
  • नेपाल मेडिकल कलेजमा रोजगारको अवसर

    काठमाडौं— नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरु माग गरेको हो । कलेजले एक सूचना प्रकाशित गर्दै इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट  माग गरेको छ ।कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरुमा योग्यता पुगेका उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । इमेल मार्फत व्यक्तिगत विवरण संकलन गरी सर्टलिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जना

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 711 पटक पढिएको
  • आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व सङ्कलन

    काठमाडौं— राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व सङ्कलनको वृद्धिदर भने ३५ दशमलव ५७ प्रतिशत रहेको बताए। “आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयलाई रु आठ अर्ब ७१ करोड ८२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो”, उनले भने, “कार्यालयले गत आवभरिमा वार्षिक लक्ष्यको एक सय नौ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले विभागबाट निर्धारित

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 629 पटक पढिएको
  • अध्यक्ष नेपाल भन्छन राज्यको मूलप्रवाहमा ल्याउन समावेशीकरणको अवधारणा अवलम्बन गर्नुपर्छ

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा पछि परेका वर्ग तथा समुदायलाई समान पहुँचमा ल्याउनु लोकतान्त्रिक सरकारको मुख्य दायित्व भएको बताएका छन्।नेपाल स्पोर्टस् सेन्टरद्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले शासन व्यवस्थाको कमजोरीकै कारण लामो समयदेखि राज्यको मूलप्रवाहमा आउन नसकेका समुदायलाई अगाडि बढाउन समावेशीकरण र सबलीकरणको अवधारणा अवलम्बन गर्नुपर्ने बताए । नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र बहुधार्मिक भौगोलिक विविधतायुक्त समाज भएको उल्लेख गर्दै उनले राज्यशक्तिको प्रयोग र अवसरबाट विमुख हुँदै आएका समुदायको आर्थि

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 583 पटक पढिएको
  • दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार वालिदको निधन

    एजेन्सि—  दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 598 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 396 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्र

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 316 पटक पढिएको
  • अमेरिकी भन्सार नीति कायम रहे युरोपेली संघले प्रतिशोधात्मक कदम चाल्ने

    एजेन्सी । जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी भन्सार दुवै देशको अर्थतन्त्रका लागि हानिकारक हुने बताएका छन् । उनले युरोपेली संघ र संयुक्त राज्य अमेरिका बीचको भन्सार वार्ता अन्तिम चरणमा प्रवेश गरेको पनि बताए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि युरोपेली संघको निर्यातमा ३० प्रतिशत कर लगाउने योजनाको घोषणा गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो । युरोपेली संघका प्रवक्ताले व्यापार तथा आर्थिक सुरक्षा आयुक्त मारोस सेफकोभिक हाल अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग वार्ताको तयारी भएको पुष्टि भएको छ । अमेरिकाले करहरू जारी राख्यो भने युरोपेली सं

    • प्रकाशित मितिः साउन ३, २०८२
    • 437 पटक पढिएको
  • गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले लियो गति

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण भइरहेको क्रिकेट रंगशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय सहकार्यमा निर्माण भइरहेको रंगशाला आधुनिक पूर्वाधारसहितको बन्ने लक्ष्य राखिएको छ ।रंगशालामा अहिले मुख्य पिच, मैदानको संयोजन, तारबार र एक साइडको दर्शकदिर्घा (स्ट्यान्ड) निर्माण भइसकेको छ । मैदान चारैतिर घेराबार गरिएको छ भने मैदानको छेउमा हरियाली र व्यवस्थित ग्रीन आउटफिल्ड विकास भइरहेको छ ।रंगशालाको पूर्वी भागमा पिचको संरचना तयार पारिएको छ भने चारैतिर बलबाउन्ड्रीको लागि तारबारको काम पूरा भएको छ । रंगशालाको एक छेउमा आधुनिक छानावाला स्ट्

    • प्रकाशित मितिः साउन ३, २०८२
    • 511 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.