समाचार

    Showing 13,041-13,050 of 26,700 items.
  • अब धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला

    काठमाडौं— काठमाडौंको ऐतिहासिक धरहरा अब प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको छ। नयाँ समय तालिका साउन १ गतेदेखि लागू गरिएको हो।२०७२ सालको विनाशकारी भूकम्पमा धरहरा पूर्ण रूपमा ध्वस्त भएको थियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पुनर्निर्माण थालिएको धरहरा २०७८ साल वैशाख ११ मा पुनः उद्घाटन गरिएको थियो।धरहराबाट हालसम्म (असार २४ गतेसम्म) ४ करोड ८३ लाख ६५ हजार रुपैयाँ आम्दानी भइसकेको छ।धरहरामा प्रवेश गर्दा सवारी पार्किङ निःशुल्क गरिएको छ। तर धरहरा चढ्नका लागि नेपाली नागरिकले प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्नेछ। विद्यार्थी, ज्येष्ठ नागरिक

    • प्रकाशित मितिः साउन २, २०८२
    • 527 पटक पढिएको
  • भ्रष्टाचारविरुद्ध अख्तियारमा उजुरी दिने राप्रपाको तयारी

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभर फैलिएको भ्रष्टाचार विरुद्ध कडा कदम चाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा औपचारिक उजुरी दिने तयारी गरेको छ।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा पार्टीले भ्रष्टाचारका सबै तहको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सम्बन्धित निकायहरूमा उजुरी दर्ता गर्ने निर्णय गरेको हो। पार्टीले विशेषतः २०४६ सालपछि उच्च पदमा पुगेका नेताहरू, सरकारी कर्मचारीहरू र उनीहरूका नातेदारहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग अघि सारेको छ।असार १९ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राप्रपाले ‘भ्रष्टाचारविरुद्ध देशव्या

    • प्रकाशित मितिः साउन २, २०८२
    • 737 पटक पढिएको
  • छात्रालाई "ह्यापी बर्थडे मेरी जान"सन्देश पठाएका शिक्षक बर्खास्त

    रौतहट– श्री माध्यामिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहलाई एक छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा बर्खास्त गरिएको छ।गत आइतबार साहले १६ वर्षीया छात्रालाई मोबाइलमार्फत "ह्यापी बर्थडे मेरी जान" भन्दै सन्देश पठाएका थिए। उक्त घटनापछि असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा वडास्तरीय समिति, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको बैठक बसेको थियो। बैठकले शिक्षक साहलाई विद्यालयबाट निष्कासन गर्ने निर्णय गरेको विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासले जानकारी दिए।अभिभावकहरूको उजुरी अनुसार, साह विगत एक वर्षदेखि यौनजन्य मनसायका साथ छात्रालाई मोबाइल स

    • प्रकाशित मितिः साउन २, २०८२
    • 664 पटक पढिएको
  • श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमार्फत उनले श्रमबिना प्रगति सम्भव नहुने भन्दै श्रमिकको सम्मान बिना समृद्धि पनि सम्भव नहुने बताएका हुन् ।‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौँ। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले हिजो ९साउन १ गते०देखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्

    • प्रकाशित मितिः साउन २, २०८२
    • 533 पटक पढिएको
  • लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा

    हेटौँडा— आन्तरिक राजस्व कार्यालय हेटौँडाले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् । लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना कारबाहीमा परेका हुन् ।कर नबुझाउने १२२ करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए। अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिए।  कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए। साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन् ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 576 पटक पढिएको
  • रामेछापमा युवतीमाथि खुकुरी प्रहार, एक जना पक्राउ

    काठमाडौं— रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक युवतीमाथि खुकुरी प्रहार भएको छ। २७ वर्षीया एसिला सुनुवारमाथि बिहीबार ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट एसिलाको बायाँ हातको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते अवस्थामै उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो र अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ।रामेछाप जिल्ला प्रहरी कार्यालयका डीएसपी भोला भट्टले घटनामा संलग्न रजिन सुनुवारलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।प्रहरीले घटनाको कारण र पृष्ठभूमि बारे विस्तृत विवरण संकलन गरिरहेको

    • प्रकाशित मितिः साउन २, २०८२
    • 666 पटक पढिएको
  • श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँमा वृद्धि

    काठमाडौं— सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नयाँ दर आगामी साउन १ गतेदेखि लागू हुनेछ।मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आर्थिक वर्षदेखि यो दर लागू हुने हो। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।नयाँ पारिश्रमिक दर न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसपछि सरकारले निर्णय गरेको हो।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 645 पटक पढिएको
  • एमाले विधान महाधिवेशनमा विद्याभण्डारी निषेध

    काठमाडौं— नेकपा एमालेको सचिवालय बैठकले विधान महाधिवेशनमा दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई मात्र सहभागी गराउने निर्णय गरेपछि पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्या भण्डारीको सहभागिता रोकिने भएको छ।राजनीतिमा सक्रिय फर्किने घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गरेकी भण्डारी महाधिवेशनमा अध्यक्षको दाबेदार बन्ने चर्चा थियो, जसले अध्यक्ष केपी ओलीलाई चुनौती दिएको थियो। यसै विषयमा सचिवालय बैठकमा नेताहरूबीच मतभेदसमेत देखिएको छ।साथै, बैठकले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने, वरिष्ठ उपाध्यक्ष पद हटाउने, तथा केन्द्रीय पदाधिकारी संख्या घटाउने प्रस्ताव पारित गरेको छ। अबको संशोधित विधानमा

    • प्रकाशित मितिः साउन २, २०८२
    • 647 पटक पढिएको
  • वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौं— नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन्। काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुँदैछ।कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र गौतमले सम्बोधन गर्नेछन्। सहमतिअनुसार एकतापछि बन्ने पार्टीमा गौतम तेस्रो वरियतामा रहनेछन्।यसअघि, गौतम नेकपा एमालेमा फर्कन खोजेका थिए, तर अध्यक्ष केपी शर्मा ओलीको बेवास्ताका कारण रोकिएका थिए। सर्वोच्च अदालतको आदेशले तत्कालीन नेकपा एमाले–माओवादी एकता भंग भएपछि गौतमले २०७७ पुस २५ गते 'नेकपा एकता राष्ट्रिय अभियान' सुरू गरेका थिए।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 516 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

     काठमाडौं— नवलपुरमा गएराति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।हुप्सेकोट गाउँपालिका — ३ भुपती चोकस्थित भित्री सडक खण्डमा गिरुवारीबाट वसन्तपुर तर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।दुर्घटनामा सोही ठाउँकी ३५ वर्षीय

    • प्रकाशित मितिः साउन २, २०८२
    • 480 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.