समाचार

    Showing १४१-१५० of २६,७९८ items.
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं / राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १: १५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १३७ पटक पढिएको
  • ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २ सय ८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।ज

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २६१ पटक पढिएको
  • भोटेकोशी बाढीले बेत्रावतीमा छोडेको कहालीलाग्दो दृश्य : एउटै घरमा २४ शव फेला

    नुवाकोट । भोटेकोशी बाढीको कहालीलाग्दो असर नुवाकोटको बेत्रावतीमा झन् भयावह रूपमा देखिएको छ । विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा घरभित्रबाट मात्रै २४ वटा शव फेला परेका छन् ।सोमबार खोजीका क्रममा ती शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार घरभित्र अझै खोजी जारी रहेकाले मृतकको संख्या थपिन सक्ने देखिएको छ ।एकै घरभित्र यति ठूलो संख्यामा शव भेटिएपछि उक्त घरमा आखिर के भएको थियो भन्ने प्रश्नले घटनालाई थप रहस्यमय र पीडादायी बनाएको छ । घरधनी को हुन्, त्यहाँ कति मानिस बसेका थिए र बाढी आउँदा उनीहरू किन त्यहीँ परे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।प्रहरीका अ

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ११८ पटक पढिएको
  • विपद् सामना गर्न सक्ने गरी विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर अब विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गौतमले पछिल्लो समय मुलुकले बेहोरेका श्रृङ्खलाबद्ध विनाशकारी विपद्हरूलाई स्मरण गर्दै उनले अबको विकास र पूर्वाधार निर्माणमा नयाँ सोच आवश्यक रहेको लेखेकी हुन् ।पछिल्लो १२–१३ वर्षयता नेपालले जुरेको पहिरो, २०७२ को महाभूकम्प, भोटेकोशी र मेलम्चीको बाढी, जाजरकोट भूकम्प, थामेको गेग्रान बहाव र हालै रसुवामा आएको विनाशकारी बाढीजस्ता ठूला विपद्हरू बेहोर्नुपरेको मन्त्री गौत

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २०२ पटक पढिएको
  • नुवाकोट र रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, त्रिशूलीमा सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार देशभरका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ।विशेषगरी नुवाकोट र रसुवा जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाको पछिल्लो मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तलै रहे तापनि महाशाखाले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ।आग

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २७५ पटक पढिएको
  • भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ ।यसअघिको बैठकमा दलहरूबिच विपद्को दिगो समाधान र पूर्वतयारीका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो । यस प्रक्रियालाई अघि बढाउने विषयमा पनि आज छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २०३ पटक पढिएको
  • बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए

    धनगढी । भदौ १० गते त्रिशूलीको थ्री–ए जलविद्युत आयोजनाको सुरुङमा सरिया (फलामे डण्डी) मिलाउने काम गर्दै थिए कैलालीको भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरी । उनी त्यहाँ गएको एक महिना १० दिन भएको थियो ।भदौ १० गते बिहान सुरुङभित्रै काम गरिरहेको अवस्थामा एक्कासि ठुलो हावाहुरी चलेको जस्तो भयो । उनीसँगै काम गर्ने एक जना चिनियाँ नागरिक ‘के भएको रहेछ, म हेरेर आउँछु’ भन्दै गाडी लिएर बाहिर निस्किए । सन्तोष र उनका साथीहरू भने सुरुङभित्रै काम गरिरहेका थिए ।बाहिर गएका ती चिनियाँ नागरिकले माथिबाट ठुलो बाढी आउँदै गरेको भन्दै सुरुङभित्रका मानिसलाई खबर गरे । त्यसपछि सन्तोष र उनका साथीहरूले बाढी आएको थाहा पा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ३९० पटक पढिएको
  • ढुङ्गेमा यातायात सञ्चालन

    नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ ।भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमु

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २३७ पटक पढिएको
  • कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् ।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनी बताउँछन् ।सङ्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २७२ पटक पढिएको
  • मंगलबार यस्तो छ विदेशी विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसु

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २९३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.