समाचार

    Showing 15,111-15,120 of 26,731 items.
  • बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

    तानसेन (पाल्पा) । बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका छन् । स्थानीयले लगाएको खेती बाँदरले नष्ट पार्नुका साथै मानिसलाई आक्रमण गर्न थालेको भन्दै सुरक्षाका लागि भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका हुन् । जिल्लास्थित डिभिजन वन कार्यालयले आयोजना गरेको कार्यक्रमका सहभागी उपभोक्ताले बाँदरका कारण गाउँमा असुरक्षा बढेको र खाद्यन्नसमेत नष्ट भएको भन्दै भरुवा बन्दुक राख्न स्वीकृत दिनुपर्ने माग गरेका छन् । स्थानीयले गाउँका सबै मिलेर बाँदर धपाउन विभिन्न उपायहरू खोजे पनि त्यो सम्भव नरहेकाले विकल्पका रूपमा भरुवा बन्दुक राख्न पाउनुपर्ने अनु

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 219 पटक पढिएको
  • वीरगञ्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने

    वीरगञ्ज (पर्सा) । वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरको आयोजनामा यही चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न लागिएको हो ।वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतका वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार आयोजना गर्न लागिएको जानकारी दिए । ‘यो बजार सञ्चालनमा आएपछि अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौँ’, उनले भने । यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा,

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 202 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ २८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ १६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ १८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९, क्यानेडिय

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 327 पटक पढिएको
  • ‘हाइब्रिड’ मकैको बीउ पाउन कठिन

    चितवन । नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको यहाँका किसानले गुनासो गरेका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी आवासीय कृषक तालिमको समापनमा किसानले स्वदेशी हाइब्रिड बीउ पाउन समस्या हुने गरेको बताएका हुन् ।दैलेखबाट तालिममा सहभागी हुन आएकी खगेश्वरी बुढा नेपालीले हाइब्रिड बीउ बजारमा नपाउँदा समस्या भएको बताइन् । उनले भनिन्, ‘विदेशी बीउ बजारमा सहज रूपमा पाइन्छ । स्वदेशी उत्पादन पाउन कठिन छ ।’उत्पादन राम्रो र रोग कीराले नखाने भए अहिले लाइन बस्दा पनि नेपाली बीउ पाउ

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 310 पटक पढिएको
  • कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ।मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ को निर्णयअनुसार तीन दिनभित्र सफाइ पेस गर्न पत्राचार गरेको थियो। मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०।३ को अवस्था उत्पन्न भएकाले सोही दफा १०।३ बमोजिम त

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 545 पटक पढिएको
  • सेकार्कु तातोपानीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ सेकार्कुस्थित तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ । पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको व्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले रू एक करोड १७ लाखको लागतमा पूर्वाधार निर्माण थालेको हो । अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीप गर्बुजाले तातोपानी पानी सङेकलन गर्ने पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुराँका लागि आवश्यक पूर्वाधार तयार पार्न लागिएको जानकारी दिए ।‘कालीगण्डकी किनारको तातोपानी

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 347 पटक पढिएको
  • लहानमा आधुनिक तरकारी बजार

    सिरहा । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले रु दुई करोड २९ लाख ७४ हजार पाँच सय २० लागतमा बन्ने पक्की संरचनाको आज शिलान्यास गरे ।जनसङ्ख्या र व्यपार व्यवसायका दृष्टिकोणले लहान मधेस प्रदेशकै तेस्रो स्थानमा पर्ने भएकाले यहाँका किसानका उत्पादनलाई व्यवस्थित गरी बजारीकरण गर्न आधुनिक संरचना निर्माण गर्न लागेका नगरप्रमुख चौधरीको भनाइ छ । ‘जनसङ्ख्या र व्यपार व्यवसायका हिसाबले वीरगञ्ज र जनकपुरपछि लहान मधेस प्रदेशकै ठूलो बजार हो । तत्कालीन सगरमाथा अञ्चलको सबैभन्द

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 357 पटक पढिएको
  • पुँजीबजारको ओरालो यात्रा थामियो, नेप्से परिसूचक २६ अङ्कले बढ्यो

    काठमाडौँ । गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।आज विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ ।आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीव

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 296 पटक पढिएको
  • ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

    इनरुवा (सुनसरी) । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’  प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देख

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 334 पटक पढिएको
  • गुठी संस्थानको जग्गामा बनेका अवैध संरचनामा हटाउन डोजर चल्यो

    काठमाडौं— काठमाडौं महानगरपालिकाले कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाएको छ । महानगरपालिका र गुठी संस्थानको समन्वयमा टहरा भत्काइएको गुठी संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए ।“त्यहाँ गुठी संस्थानको जग्गा अतिक्रमण भएर संरचना निर्माण गरिएको थियो, त्यसमा डोजर चलाइएको हो । अहिले संरचना भत्काउने काम भइरहेको छ,” सुवेदीले भने ।उनका अनुसार, लामो समयदेखि गुठी संस्थानको जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको थियो ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 320 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.