समाचार

    Showing 18,791-18,800 of 26,731 items.
  • जिप चोरी गर्ने युवा पक्राउ

    काठमाण्डौ  ।  कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका –१० मा पर्ने अमरसिंह स्कुलको खेल मैदानमा राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको हो ।बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। पोखरा –१४, समिनतरा बस्ने परियारलाई पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिन म्याद थपगरी अनुस

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 201 पटक पढिएको
  • अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा चेकजाच गर्न सशस्त्र प्रहरी

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा चेकजाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले  जानकारी दिएका छन । अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 301 पटक पढिएको
  • नेपाल सरकार र एसियाली विकास बैंक एडीबीबीच ऋण र अनुदान सम्झौता

    काठमाडौं  ।   नेपाल सरकार र एसियाली विकास बैंक एडीबीबीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी  जीवनयापन सुधार परियोजना कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे ।सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौताप

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 256 पटक पढिएको
  • काठमाडौंमा २ जना मृत भेटिए

    काठमाडौं  ।    काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकको नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ स्थायी घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् ।यस्तै काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-८ ओमचोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष हिजो मृत अवस्थामा फेला परेका छन् । प्रहरीले दुवै घटनाको अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 171 पटक पढिएको
  • करिव १ किलो सुनसहित ३ जना पक्राउ

    काठमाण्डौ  ।  बारा र कास्कीमा करिव १ किलो सुन बरामद भएको छ । प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित विकासशिल चोकबाट करिब ६ सय ५८ ग्राम सुन बरामद भएको हो । जितपुर सिमरा उपमहानगरपालिका-१८ का ५४ वर्षीय राधेश्याम माझी र गोरखाको गोरखा नगरपालिका-१ का ३८ वर्षीय यदुकुमार विकका साथबाट सो सुन बरामद भएको हो। ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाएको सुन बरामद गरेको हो ।यस्तै कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट सुन करिब १० तोला ६ लाल बरामद भएको छ । पाल्पाको रम्बादेबी गाउँपालिका-३ का र हाल पोखरा महानगरपालिका-१ मोहोरिया

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 223 पटक पढिएको
  • युवराज सफलद्वारा जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी दर्ता

    काठमाण्डौ  ।  युवराज सफलले सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन्।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 200 पटक पढिएको
  • सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए । प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्वन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 156 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ कर्मचारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ ।प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो ।माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 291 पटक पढिएको
  • मधेस प्रदेशमा सत्ता गठबन्धनले विरोध प्रदर्शन गर्यो

    जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दागर्दै सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ । बुधवार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो ।जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध गरेका हुन् ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 180 पटक पढिएको
  • बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ

    काठमाडौं  ।  बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेका ६ बुँदे  निर्णयबारे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिएकी हुन्।बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु-१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्व

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 290 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.