समाचार

    Showing 18,801-18,810 of 26,731 items.
  • काठमाडौंमा विदेशी ब्राण्डेड रक्सीको बोतलमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने गिरोह पक्राउ

    काठमाडौं ।  अपराध अनुसन्धान महाशाखाको टोलीले  विदेशी ब्राण्डेड रक्सीको बोतलमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने गिरोहमा संलग्न ९ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।गिरोहका सदस्यहरुले ब्राण्डेड रक्सीको बोतलमा केमिकल र सस्तो रक्सी मिसाउने गरेको खुलेको छ । त्यसरी तयार पारिएको रक्सी उनीहरुले काठमाडौंका विभिन्न होटल र रेष्टुरेन्टमा बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।डबल ब्ल्याक, चिभास, ब्ल्याक लेभललगायत महंगो रक्सीको बोटलमा सस्तो रक्सी, भोड्का, रम लगायत मिसाएर बेच्ने गरेको अनुसन्धानमा देखिएको छ । अन्त शुल्क स्टिकर टाँसेर ब्राण्डेड नयाँ बोतलमा नक्कली रक्सी रा

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 356 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई भू–भागमा भने हुस्सु/कुहिरो लागिरहेको उसले बताएको छ।दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।राति  कोशी, गण्

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 193 पटक पढिएको
  • आज भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाण्डौ  ।  आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ । १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न दिवस मनाउन लागिएको हो ।भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन् ।मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।चन्द्रा

    • प्रकाशित मितिः माघ २, २०८०
    • 257 पटक पढिएको
  • नारायणगढ-मुग्लिन सडकखण्डको ३ नम्वर पुलबाट त्रिशुलमा गाडी खस्यो

    चितवन  ।  नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले  भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो । अहिले चाहिँ बत्ती निभेको छ । तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’ घटनास्थलमा पाईएका गाडीको नम्बर प्लेट अनुस

    • प्रकाशित मितिः माघ २, २०८०
    • 437 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। साथै तराईका अधिकांश स्थानहरू हुस्सु/कुहिरोले ढाकेको महाशाखाले जनाएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका

    • प्रकाशित मितिः माघ २, २०८०
    • 215 पटक पढिएको
  • प्लाष्टिकको गोदाममा आगलागी

    काठमाण्डौ    ।   तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज (सोमबार) राति साढे आठ बजेतिर आगलागी भएको छ।तुलसीपुर ५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। आगलागी भए लगत्तै तुलसीपुरउपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्याङरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ। गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा

    • प्रकाशित मितिः माघ १, २०८०
    • 241 पटक पढिएको
  • हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ

    काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् । काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ ग

    • प्रकाशित मितिः माघ १, २०८०
    • 248 पटक पढिएको
  • हर्क साम्पाङले उपकूलपतिको कार्यालयमा लगाए ताला: राजीनामा दिनु, नत्र घिसार्दै निकाल्न नपरोस्

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।सोमबार शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन् ।उनले आफूलाई लगाएको ताला अरूलाई नखोल्न चेतावनी दिएका छन् । आवश्यक परे आफैँ खोल्ने उनको भनाइ छ ।उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरून् । आवश्यक परे म आफैँ आएर खोल्छु भन्दै साम्पाङले  तालाबन्दीपछि सामाजिक सञ्जालबाट  उपकुलपतिले ढिलो नगरी निकास दिन आग्रह गरेका

    • प्रकाशित मितिः माघ १, २०८०
    • 265 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मुल्य घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट घटेर आएको इन्धनको मूल्य अनुसार नयाँ उपभोक्ता मूल्य तोकिएको निगमले  जानकारी दिएको छ।

    • प्रकाशित मितिः माघ १, २०८०
    • 411 पटक पढिएको
  • टुँडिखेलमा माघी मनाउने क्रममा भागदौड हुँदा १६ जना घाइते

    काठमाण्डौ   ।   माघी मनाउने क्रममा भिडभाड हुँदा काठमाडौँको टुँडिखेलमा च्यापिएर १६ जना घाइते भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भिडभाडमा च्यापिएर घाइते भएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । भित्र बाहिर गर्नेका लागि ढोका एउटै भएकाले भित्र बाहिर गर्ने क्रममा उनीहरू च्यापिएका हुन् ।घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्

    • प्रकाशित मितिः माघ १, २०८०
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.