समाचार

    Showing 18,841-18,850 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ ।दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 184 पटक पढिएको
  • दालमोट बिदेशबाट ५ महिनामा ३८ करोडको भित्रियो

    काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो ।यस अवधिमा १३ लाख ६८ हजार किलोग्राम दालमोट, नमकिन र भुजिया आयात भएको छ । यसबापत राज्य कोषमा २० करोड २७ लाख रुपैयाँ सङ्कलन भएको छ । विश्वभरका ३७ वटा मुलुकबाट दालमोट, नमकिन र भुजिया आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ ।तर, भारतबाहेक सबैजसो मुलुकबाट न्यून मात्रामा आउने गरेको छ । जबकि, भारतबाट यस अवधिमा ३८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 249 पटक पढिएको
  • राम बहादुर बम्जन (तपस्वी) पक्राउ

    काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन (तपस्वी) लाई पक्राउ गरेको छ । उनी काठमाडौँको बुढानिलकन्ठबाट पक्राउ परेका हुन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए। बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप उनीमाथि छ

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 359 पटक पढिएको
  • नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ।गृह मन्त्रीस्तरीय निर्णयले मंगलबार डीआईजीहरुको सरुवामा सातवटै प्रदेशका प्रमुखहरु पनि फेरिएका छन् ।  सरुवा सूची: नामावली :

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 541 पटक पढिएको
  • भन्सार छलीको ७२ बोरा अवैध प्याज बरामद

    काठमाण्डौ  ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा १,६२,७५०/- मूल्य वरावरको प्याज वरामद गरेको छ ।२०८० पुस २२ गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका  वडा नं. ४ सुण्डी स्थितमा अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार चोरी छलेर तस्करीकाे बाटाेबाट ल्याउदै गरेको अवस्थामा ७२ बोरा ( ३२५५ के.जी.) प्याज वेवारिसे अवस्थामा फेला पारेकाे थियाे । बरामद साे प्याज स्थानीय मानिसहरुको रोहवरमा प्रहरी टोलीले बरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएक

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 316 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    काठमाडौँ। जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् ।दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो ।

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 239 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ(भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी त

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 189 पटक पढिएको
  • पाच किलो बढी चरेससहित एक जना पक्राउ

    काठमाण्डौ  ।   कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका एक जना पक्राउ परेका छन्।कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागूऔषध चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी आईतवार राति पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 197 पटक पढिएको
  • लागूऔषधसहित दुई युवक पक्राउ

    काठमाण्डौ  ।   कैलालीको धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-१३ शिबटोलबाट १२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोहि ठाउँका २२ वर्षीय शंकररानासहित दुई जना आईतवार दिउँसो पक्राउ परेका हुन्। प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 188 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जाने तयारी भएको छ । जनवरी १७ देखि २० सम्म युगान्डाको काम्पालामा हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जाने तयारी भएको हो ।प्रधानमन्त्री माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि एकिन मिति भने तय भइनसकेको बालुवाटार स्रोतको भनाइ छ । सबै टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन । अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उनको भनाइ छ ।शिखर सम्मेलनअघि युगान्डामै पराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । यसअघि १८ औँ सम

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 72 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.