समाचार

    Showing 18,851-18,860 of 26,731 items.
  • राष्ट्रिय सभा सदस्यको उम्मेदवारी मनोनयन आज

    काठमाडौँ ।  राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए। यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता  छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य प

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 288 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 206 पटक पढिएको
  • भालुको आक्रमणबाट दुई जना घाइते

    काठमाण्डौ । डोटीमा भालुको आक्रमणमा परि जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडीङ गाउँका स्थानीय वर्ष ५६ की गौरी भाट र वर्ष ५० का जंग भाट घाइते भएका छन ।  घर नजिक रहेको बुडीखेतमा आइतबार दिउसो तिन बजे काम गरिरहेको अवस्थामा भालुले गौरीमाथि आक्रमण गरेको थियो । गौरीलाई जोगाउन जाँदा जंग माथि पनि आक्रमण गरेको स्थानीय बासिले बताएका छन ।आक्रमणमा परि जंगको आँखा, निधार, पिठ्युँमामा चोट लागेको छ भने गौरीको टाउको अनुहार, पिठ्यूँ हातमा चोट लागेको छ ।दुवै जनालाई आदर्श ३  काडीस्याउलेमा रहेको जिडी पोलिक्लीनीकमा सामान्य उपचार पश्चात् थप उपचारेको लागि धनगढी रिफर गरिएको स्थानीयहरूले बताएका छन् ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 256 पटक पढिएको
  • ठूलो परिमाणमा गाँजाको धुलोसहित दुई जना पक्राउ

    काठमाण्डौ  ।   पिकअप गाडीमा चालकको सिटमुनि लुकाएर लगिरहेको अवस्थामा प्रहरीले ४२ किलो गाँजाको धुलोसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पिकअप चालक मकवानपुर भिमफेदी गाउँपालिका– ९ स्यारसे निवासी ३४ वर्षीय सुमन ब्लोन र सहचालक पर्साको पटेर्वासुगौली गाउँपालिका– ४ निवासी ४० वर्षीय विनोद रामलाई नियन्त्रणमा लिएको छ ।सुराकीका आधारमा शनिबार राति करिब साढे ९ बजे पर्साको सखुवाप्रसौनी गाउँपालिका– ५ महुवन चोकस्थित गण्डक नहरमा बा.प्र.०३ ००१ च १५४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा चालकको सिटमुनि ४२ पोका गाँजाको धुलो बरामद गरेको थियो ।जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नाउव उपरीक्षक कुमार

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 407 पटक पढिएको
  • बरहथवा घटनामा सहमति जुट्यो, मृतकको शव पोष्टमार्टम गर्ने तयारी

    सर्लाही । बरहथवा घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि प्रदर्शनका कार्यक्रम स्थगित भएको छ ।  मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भइरहको छ ।जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय-सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय श‌कर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ ।आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 500 पटक पढिएको
  • प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने: महानिरीक्षक कुँवर

    काठमाण्डौ  ।  नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन्।गण्डकी प्रदेशको राजधानी पोखरामा आइतबार आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुव्र्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे । लागुऔषध नियन्त्

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 422 पटक पढिएको
  • सर्लाहीको बरहथवामा फेरि कर्फ्यू

    काठमाडौं । प्रहरीको गोली प्रहारबाट १ जनाको ज्यान गएपछि भएको तानव सर्लाहीमा अझै जारी छ। तनाव कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले आज(आइतबार) दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मलाई कर्फ्यू लगाएको छ।गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका निम्ति निषेधाज्ञा जारी गरिएको थियो। साहको मृत्युपछि सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरिसकेको छ।साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभि

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 317 पटक पढिएको
  • लागुऔषधसहित एक युवती र एक युवक पक्राउ

    काठमाण्डौ । अछामबाट एक युवती र एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। साँफेबगर नगरपालिका–३ टोटासालबाट लागूऔषधसहित युवतीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले बाजुरा बुढीनन्दा नगरपालिका–५ पाण्डुसैनकी ३३ वर्षीया पशुपती थापालाई टहरामा राखेको २० ग्राम ३३० मिलिग्रामसहित पक्राउ गरेको हो। त्यस्तै बुढीनन्दा नगरपालिका–४ मष्टामाडौंका २४ वर्षीय छितिज बुढालाई पनि ८ ग्राम ५ सय ९० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 278 पटक पढिएको
  • नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्बोच्चको अन्तरिम आदेश

    काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार निगमका नाममा परिचारक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो।निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु अनन्तराज लुइँटेल, कीर्तिनाथ शर्मा पौडेल, लीलाधर उपाध्याय, प्रतिभा उप्रेती, विशाल थापालगायतले बहस गरेका थिए। अदालतले निवेदकहरु करारका कर्मचारी भएकाले कारबाही गर्ने, करार भङ्ग गर्ने तथा सेवा सुविधामासमेत हस्तक

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 175 पटक पढिएको
  • केकभित्र गाँजा मिसाएर बेचेको आरोपमा एक महिला पक्राउ

    काठमाडौं । केकभित्र गाँजा मिसाएर अनलाइनमार्फत् बिक्री वितरण गरेको आरोपमा  काठमाडौं–२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धरलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो।उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अन्डरस्कोर नामक अकाउन्ट बनाइ अवैध रुपमा विज्ञापन गर्दै अनलाइनमार्फत् गाँजाको बिक्री वितरण गर्ने गरेको ब्यूरोका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए। उनले लागु औषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको प्रहरीले बताएको छ।मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ। त्यसैगरी तयारी अवस्थाको केको झोला १ सय ७८ ग्राम, ३ क

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 284 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.