समाचार

    Showing 18,861-18,870 of 26,731 items.
  • विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक महिला पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा श्रीलङ्काकी कान्थीमाथी काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फ्लाइ दुबईबाट आएकी ती महिलाले लगाएको भित्रिबस्त्रमा प्लास्टिकले बेरेको अवस्थामा अर्धठोस अवस्थामा दुई पोकामा एक किलो तीन सय ग्राम सुन बरामद गरिएको छ ।दुबईबाट आएकी ती महिलालाई शनिवार राति करिब १२ बजे पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 519 पटक पढिएको
  • भन्सार विभाग र जिल्ला कार्यालय अनिश्चितकालसम्म ठप्प पार्ने चेताबनी

    काठमाडौं ।  आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी गर्नुपर्ने  माग गर्दै आन्दोलन गरेको हो ।  संघर्ष समितिका संयोजक रन्जुकुमारी साहका अनुसार तेस्रो चरणको आन्दोलनका क्रममा २७ पुसमा राजस्व नीति बारे अर्थ बिज्ञहरुसंग काठमाडौंमा अन्तरक्रिया कार्यक्रम, २५ पुसर देखी १० माघ सम्म सिमाक्षेत्रका स्थानिय तहहरुमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने कार्यक्रम रहेको जनाएकी छन् ।यसैगरी ६ माघमा भन्सार नीति बारे राजनीतिक पार्टी तथा सांसदहरुसंग छ

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 257 पटक पढिएको
  • अवैध औषधिसहित दुई युवक नियन्त्रणमा

    काठमाण्डौ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ४ बजे जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ९ चण्डालचोकस्थित नेपाल–भारतको सीमा नाकाबाट बेलाटारीतर्फ आउँदै गरेको गाडि अबैध औषधि सहित गाडी नियन्त्रणमा लिएको छ।प्रदेश नं ३ ०१–००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारभित्र ६ काटुन अन्दाजी मूल्य २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सर्जिकल सामग्री तथा विभिन्न प्रकारका औषधिहरु नियन्त्रणमा लिएको छ ।कारको अन्दाजी मूल्य १० लाख गरी ३९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सामान बेलाटारीले नियन्त्रणमा लिएर गोरखा जिल्ला गण्डकी गाउ

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 358 पटक पढिएको
  • सर्लाही घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

    सर्लाही । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि उठ्न सकेको छैन । आफ्नो मागप्रति प्रशासनले सहमति नजनाउँदा मृतक परिवार तथा आन्दोलनकारीले जयशंकरको शव उठ्न नदिएका हुन् ।शव व्यवस्थापन र प्रदर्शन रोक्ने विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा चलेको छलफल बिना निष्कर्श सकिएको थियो ।आज(आइतबार) बिहान ८ बजेको लागि पुनः आन्दोलनरत्त पक्ष, मृतक परिवारसहित छलफलको लागि इलाका प्रशासन कार्यालय बरहथवामा बैठक डाकिएको छ । हिजोको छलफलबाट केही विषयमा सहमति भएको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले बताए । अहिले चल्ने छलफलबाट निष्कर्ष निस्कन

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 373 पटक पढिएको
  • आन्तरिक ऋण उठाउन केन्द्रिय बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै

    काठमाडौ । नेपाल सरकारले विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाउने भएको छ ।७ अर्बको आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारीगर्न लागेको राष्ट्र बैंकले एक सुचना जारी गदै जनाएको हो। यस ऋणपत्रका लागि आइतबार पुस २२ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ ।बैंकले सो ऋण ८ वर्षे अवधि भएको विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको जनाएको छ । यसको निष्कासन मिति भने पुस २३ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । सूचनामा उल्लेख  गरिए अ

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 205 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन

    काठमाण्डौ । निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्दैछ ।अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगले जनाएको छ ।पुस २० गते प्रारम्भिक नामावली निकालेको आयोगले हिजोका लागि मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिए पछि आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।आयोगका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजुरी भए पुस २४ गते उजुरी दिन सकिनेछ ।यस्तै उम्मेदवारको म

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 306 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ ।प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएपछि समितिले अस्ति शुक्रवार सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो । उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्थासहित समितिले नयाँ विज्ञापन सार्वजनिक गर्ने तयारी गरेको छ । अस्ति प्रकाशित भएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहो

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 379 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ । तराईका स्थानमा हुस्सु लागेको छ।दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 195 पटक पढिएको
  • खाना पकाउने ग्याँस सिलिण्डर बिस्फोट हुदा एकजना गम्भीर घाइते

    काठमाण्डौ । डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन् ।उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 2,106 पटक पढिएको
  • इशाई धर्म प्रचारकलाई मोसो

    काठमाण्डौ  ।   कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ।अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा दुई जनालाई कालोमोसो दलिएको हो । महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई जनालाई कालोमोसो दलेका हुन् ।७० जना महाकालका कार्यकर्ता र स्थानीयले प्रहरी कार्यालय नजिकैको घरमा रहेका क्रिश्चियन धर्म प्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँरलाई कालो मोसो दलेको स्थानीयले बताएका छन् । आफूहरू जनवर

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 344 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.