समाचार

    Showing 18,871-18,880 of 25,026 items.
  • सशस्त्र प्रहरीद्वारा साँढे पाँच लाखकाे सामानसहित गाडी नियन्त्रणमा

    इलाम  ।  ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित आलेभञ्याङ्गबाट  बुधबार सशस्त्र प्रहरीले करिब ५ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न सामानसहित गाडी नियन्त्रणमा लिएको जानकारी दिएकाे छ ।मे १ ज १५०२ नम्बरको पिकअप गाडीमा राखी भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको पिकअप चालकलाई बाटैबाट छोडिदिएको छ भने उल्लेखित मूल्य बराबरको २२ बोरा युरिया मल, ५ कार्टुन भाँडा धुने साबुन, ६० केजी जिरा, १७ कार्टुन मदिरा र २० कार्टुन बियर सशस्त्र प्रहरी बल नेपाल विओपी जौबारीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरिले बताएको छ।  नियन्त्रणमा लिईएको सामान र गाडी आवश्यक कारवाहीको लागि पशुपति भन्सा

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 550 पटक पढिएको
  • अब ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाउने

    काठमाडौं   ।   यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको जानकारी दिन एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै विभागले यो सेवा पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको छ। यसका लागि आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी LC लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ । यसरी एसएमएस पठाउदा आवश्यक जानकारी लिन सकिन्छ ।यसअन्तर्गत अनलाइन फाराम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा गए/नगएको जानकारी एसएमएसबाटै थाहा पाउन सकिने विभागले जनाएको छ ।यसका साथै अब यातायात कार्यालयले अनलाइनबाटै पनि उक्त विषयको जानकारी ल

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 180 पटक पढिएको
  • एमालेले टुंग्यायो संसदीय समितिमा रहने सदस्यको नाम

    वैशाख ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले  संघीय संसद् अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ ।प्रतिनिधिसभाका दश वटा विषयगत समिति तथा राष्ट्रियसभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय संसद् सचिवालयमा नामावली बुझाएको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएको विवरण बुजाएका हुन।यसअघि भएको सहमति अनुसार एमालेले लेखा समिति, राष्ट्रियसभासहितको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिसहित ३ वटा समितिको नेतृत्व गर्दैछ ।एमालेले संघीय संसद् सचिवालयमा बुझाएको बिनरण यसप्र

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 247 पटक पढिएको
  • सांसद कोइरीलाई उद्योग समितिमा पठाउन एमालेको सिफारिस

    काठमाडौँ  ।   संघीय संसद्‌का फरार सांसद लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एमालेबाट सिफारिस भएका छन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्‌ सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन् । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन विकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजाय सुनाएपछि कोइरी ‘फरार’ रहेका  छन्। संसदीय समितिमा पहाडीया तथा खस आर्य समुदायका सदस्य रहे पनि उद्योग समितिमा भने एक जना पनि पहडिया खस समुदायको सदस्य सि

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 211 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक १:००बजे बस्दै

    काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय स‌सद भवन, बानेश्वरमा अपरान्ह १ः०० बजे सो बैठक बस्ने छ।यसअघि संसदीय सुनवाई समितिमा सदस्यहरु मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि बिशेष समिति गठन गर्ने तथा सबैधानिक परिषद सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसुची राखेर बैठक बोलाइएको थियो। मुख्यतः संबैधानिक परिषद ऐनमा प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा सो बिद्येयक कार्यसुचीवाट हटन पुगेको थियो।यस अघि माथी उल्लेखित प्रमुख बिषय नै समावेश नगरी बैठक बसेको थियो।

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 163 पटक पढिएको
  • बाजुरमा ५.९ म्याग्निच्युडको भूकम्प

    बाजुरा   ।   बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार राती एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गएराति पनि ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।यस्तै वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गोरखा केन्द्रविन्दु भएर चैत २८ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 246 पटक पढिएको
  • आजको मौसम : देशका पाँचवटा प्रदेशमा वर्षा हुने

    काठमाडौं : शुक्रबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।शुक्रबार राति गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 226 पटक पढिएको
  • अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत: महामन्त्री

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन्। आज सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन्।राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने उनले माग गरेका छन्।संक्रमणकालीन न्यायसम्बन्धी विधयेक विचाराधिन रहेकाले रकम बाँड्ने भन्दा पनि कानुन बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन्।‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर् छ। संक्रमणकालीन न्यायसम्बन्धी

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 196 पटक पढिएको
  • घुस रकमसहित दुई कर्मचारी अख्तियारको फन्दामा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाखा अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको छ ।अख्तियारले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको हो ।मंगलबार शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापालाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहाल बताए ।शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 199 पटक पढिएको
  • नक्कली नोट छाप्ने मेसिनसहित २ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं । ललितपुर प्रहरीले नक्कली नेपाली नोट छाप्ने मेसिनसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ स्थायी घर भई ललितपुरको झरुवारासी बस्दै आएका ३६ वर्षीय सुरेश तामाङ र कास्कीको मादी गाउँपालिका-१ स्थायी ठेगाना भएका २१ भुपाल विक रहेका छन् ।पक्राउ परेकाहरूको साथबाट एक सय, ५ सय र एक हजार दरका नक्कली नेपाली नोट तथा त्यो छाप्न प्रयोग गरिने मेसिन पनि बरामद भएको ललितपुर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 211 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.