समाचार

    Showing 18,891-18,900 of 26,731 items.
  • राष्ट्रपति पौडेल आज बुटवल र तनहुँ जाँदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका कार्यक्रममा सहभागी हुँदैछन्। राष्ट्रपति पौडेल शुक्रबार गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी हुँदैछन्। शतवार्षिकी कार्यक्रमको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ।त्यसपछि उनी बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन्। सो किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मेयर खेलराज पाण्डेयले जानकारी दिए।राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 198 पटक पढिएको
  • सशस्त्र प्रहरीमा खुल्यो ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना

    काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले आवेदन आह्वान गरेको हो ।सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो ।इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ ।

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 253 पटक पढिएको
  • नेपाल प्रहरीमा एकै पटक ४ हजार ९२ जना सहायक हवलदारको सरुवा

    काठमाडौं । नेपाल प्रहरीले एकै चोटी ठूलो संख्यामा सहायक हवलदारको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरेको हो। ​ उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले जनाएको छ। यी  सरुवा भएका सहायक हवलदार (सूचीसहित) 

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 410 पटक पढिएको
  • प्यालेस्टिनी ५१ जना महिला गिरफ्तार

    एजेन्शी  ।  इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ ।प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स–प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन् ।समूहहरूले गाजाबाट महिला बन्दीहरूको वास्तविक सङ्ख्या बढी रहेको जानकारी आएको तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्याङ्क रहेको बताएका छ

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 170 पटक पढिएको
  • जयशंकरको नेपाल भ्रमण : आजै स्वदेश फर्किने

    काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर शुक्रबारसमेत भेटवार्ता र कार्यक्रममा व्यस्त हुनेछन्।नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेटवार्ता गरिसकेका छन्।शुक्रबार साँझ उनले मधेस केन्द्रित तीन दलका शीर्ष नेतासँगसमेत भेटवार्ता गरिसकेका छन्।उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 484 पटक पढिएको
  • पशुपति क्षेत्रमा दीप प्रज्वलनको भिडिओ व्यापारिक प्रयोजनका लागि खिच्न नपाइने

    काठमाडौं । बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ व्यापारिक प्रयोजनका लागि खिच्न निषेध गरिएको छ।पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राख्दै व्यापारिक प्रयोजनका लागि भिडिओ खिच्न निषेध गरेका हुन्।‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं ।’हिन्दुहरूको प

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 847 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशक

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 191 पटक पढिएको
  • यो बर्सको पहिलो आज उल्का बर्षा हुँदै

    काठमाडौं । उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ ।ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ। भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ । अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्न

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 138 पटक पढिएको
  • जन कल्याण प्रतिष्ठान झापा समिति पुर्नगठन

    बिर्तामोड । जनकल्याण प्रतिष्ठान एकल बिद्यालय अभियान नेपाल झापा जिल्ला समिति पुर्नगठन भएको छ lबुधबार एक कार्यक्रमको बीच पुर्नगठन भएको सो समितिको जिल्ला अध्यक्षमा शैक्षिक ब्यक्तित्व तथा समाजसेवी शंकर भट्टराई रहेका छन l त्यस्तै समितिको प्रथम उपाध्यक्षमा समाजसेवी ईश्वरा कड़ेल, ब्दितीय उपाध्यक्ष मा शिक्षासेवी ईश्वर प्रसाद पोखरेल, सचिबमा समाजसेवी खिना माया फुयल, सहसचिबमा  बरिष्ठ पत्रकार तथा साहित्यकार देवेन्द्र किशोर ढुङगाना र कोषाध्यक्षमा समाजसेवी तथा ब्यबसायी सत्येन्द्र कुमार कर्ण चयन भएका छन lबिश्व हिन्दू परिषद नेपाल झापाका अध्यक्ष होमनाथ ढुङगेलको प्रमुख आतिथ्यमा आयोजित भेलाले प्रतिष्ठान झापा

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 227 पटक पढिएको
  • सङ्घीय कर्मचारीको दरबन्दी घटाउने तयारी

    काठमाडौँ । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको हो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्‍याइएको छ ।मन्त्रालयका सहसचिव सुमन दाहालले सङ्घीय व्यवस्थाको मर्म अनुसार सङ्घको दरबन्

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 118 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.