एजेन्सी । साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा १ सय ७० जनालाई मृत्युदण्ड दिएको छ। यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा ४ जना समावेश थिए।खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल १ सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन्। सन् २०१९ मा उक्त मुलुकले १ सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो।आधिकारिक साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरिएको बताएको छ। तीमध्ये दुई जन
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। दम बढेपछि उनलाई गएको आइतबारै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले नजाएको छ। उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन्।
काठमाण्डौ । जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चैनपुरस्थित पुरानो बसपार्कमा गएराति १० बजेतिर डोजर दुर्घटना हुँदा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिएका छन। बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा जेसीबी सडकबाट २० मिटर तल खस्दा घटनास्थलमै चालकको मृत्यु भएको हो।प्रहरीका अनुसार मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।
काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ ।शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन् ।सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने भएको छ ।त्यसैगरी सरकारले घोषणा गरे
काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । देशभरिका तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।राती सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतय
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ ।
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । केन्द्रका अनुसार राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको केन्द्रले बताएको छ। नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।
काठमाण्डौ । नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु. ०.१२ ले घटेर आएको छ । त्यस्तै एल. पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु. ०.२० ले घटेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु. ३००.४१ नोक्सानी रहेको छ ।पेट्रोलियम पदार्थको हकमा निगमको
काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । देशभरिका तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।राती सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा
एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने उद्योगमा शनिबार मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणमा आइसकेको छ, घटनास्थलमा ६ जनाको शव फेला परेको छ ।घटनामा ६ जनाको मृत्यु भएको र ९ जना घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप हुनसक्ने विभिन्न भारतिय सन्चार माध्यमले जनाएका छन ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.