समाचार

    Showing 18,931-18,940 of 26,731 items.
  • कांग्रेस राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने

    काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख विश्वकर्माले भने ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन गरेर जाने निर्णय भएको छ । गठबन्धनमा यसबारे छलफल हुन्छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने  बैठकको निर्णय हो ।’कांग्रेस बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरु र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय गरेको विश्वकर्माले जानकारी दिएका छन

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 147 पटक पढिएको
  • बालकुमारी घटना : माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने

    काठमाडौँ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले बताएका छन ।शनिवार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो । सो छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए । सरकारको तर्फबाट माग पूरा गर्ने भनेर मौखिक रूपमा आश्वासन दिइए पनि पीडित परिवारसँग सहमति नभएको बुढाले जानकारी दिएका छन ।पिडितले ८ वटा मागहरू पेश गरेको तर सरकारले

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 319 पटक पढिएको
  • बालकुमारी घटनामा पक्राउ गरिएका ७३ जना छुट्दै

    काठमाडौं । ललितपुरको बालकुमारीमा हिजो प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ।पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई कुनै मुद्दा नचलाई आजै  छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ।भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियाे ।

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 333 पटक पढिएको
  • वनभोजका लागि हिँडेको बस दुर्घटना

    काठमाण्डौ । दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना भएको छ ।बर्दियाबाट दाङको चखौरामा वनभोजका लागि आउँदै गरेको बस आज(आइतबार) बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा जाँदै गरेको बस भे १ ख २०४१ नम्बरको राप्ती राजमार्ग अन्तरगत अमेलिया –तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै  दुर्घटनामा परेको हो।बर्दियाको बढैयाताल गाउँपालिका-६ को पिपरहवा कृषि कृषक समूह वनभोजका लागि चखौरा जाँदै थियो ।दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताएका छन ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले घटनास्थलमा प्रहरी निरीक्षक नव

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 293 पटक पढिएको
  • बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाण्डौ । बझाङमा भूकम्प गएको छ।आज(आइतबार) बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 164 पटक पढिएको
  • नेपाली सेनामा ढकाल र घिमिरे सेनाको उपरथीमा बढुवा

    काठमाडाैं । नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन्।बढुवा हुनेमा सहायकरथी चोकबहादुर ढकाल र पवन घिमिरे रहेका छन् ।घिमिरे २७ बेसिकका र ढकाल २८ बेसिकका सैनिक अधिकारी हुन् । उपरथीमा बढुवा भएका ढकाल अहिले शान्ति स्थापनार्थ लेवनान मिसनमा डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले उनिहरुलाई उपरथीमा बढुवा गरेको हो ।बढुवा भएका ढकाल र घिमिरेलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम छ ।

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 168 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ  । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावन

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 216 पटक पढिएको
  • महालेखापरीक्षकको १५ बुँदे निर्देशन

    काठमाण्डौ  ।  महालेखापरीक्षकको कार्यालयले कानुनले तोकेको म्याद तथा प्रक्रिया पुरा गरी फर्छ्यौट, सम्परीक्षण तथा राफसाफ गरी आर्थिक अनुशासन कायम गर्न गराउनु सरकारी निकायलाई निर्देशन दिएको छ ।लेखापरीक्षणबाट देखिएका कैफियतहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३७, ३८, ३९, ४० तथा नियमावली २०७७ को नियम ८७, ८८, ८९, ९० बमोजिम तथा प्रदेश सरकार, स्थानीय तहहरूले पनि तर्जुमा गरेको कानुनले तोकिए बमोजिम आर्थिक अनुशासन कायम गर्न गराउनु महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको हो ।संवैधानिक निकाय, सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेशस्थित मन्त्रालय, आयोग, सचिवालय र सबै स्थ

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 172 पटक पढिएको
  • यस्ता छन मन्त्रिपरिषद बैठकका निर्णयहरू

    काठमाण्डौ । २०८० पुस १४ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरू:-१. मिति २०८०/९/१३ का दिन ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका श्री सुजन राउत र अछामका श्री वीरेन्द्र शाहको दुःखद् निधन भएकोमा नेपाल सरकार गहिरो दुःख प्रकट गर्दछ । सो घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। सो घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।२. घटनामा निधन भएकाका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने। उक्त घटनामा परी घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने। सो बापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 203 पटक पढिएको
  • बालकुमारी घटनाका मृतक युवकका परिवारलाई सरकारले १०/१० लाख दिने

    काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ।शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई दसरदस लाख रूपैयाँ दिने र घाइतहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए।उनेले भने, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । ‘ शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको थियो । बालकुमारी घटनाबारे निर्णय गर्न प

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 392 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.