समाचार

    Showing 18,941-18,950 of 26,731 items.
  • बालकुमारी घटना : डिएसपी लम्साल र मन्त्री ज्वालाका पिएसओ निलम्बित

    काठमाडौँ । सरकारले शुक्रबार भएको बालकुमारी घटनामा सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने निर्णय गरेको छ।जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिबिक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् । शाहसँगै फिल्ड कमान्डर डीएसपी लम्साल र पीएसओ प्रहरी नायब निरीक्षक (सई)  दनुवार  निलम्बनमा परेका छन् ।गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार  ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्ध

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 1,055 पटक पढिएको
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा २ बजे पछि बस्न लागेको हो । आजको बैठकमा बालकुमारी घटनाका सम्बन्धमा छलफल गर्न आकस्मिक बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 288 पटक पढिएको
  • बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

    काठमाडौँ । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरूको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए।संयुक्त टेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय टेड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्व

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 393 पटक पढिएको
  • गृहमन्त्रीको विरोधमा माइतीघरमा प्रदर्शन

    काठमाण्डौ  ।  ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दुईजनाको ज्यान गयो।गृह प्रशासन र गृहमन्त्रीको विरोध गर्दै युवाहरुको समूहले शनिबार निषेधित क्षेत्र माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेको हो।प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो । शुक्रबारको घटनामा दुईजना युवाको मृत्यु

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 382 पटक पढिएको
  • महोत्सवको गेट अगाडि बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु

    काठमाण्डौ । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ठक्करले भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको निधन भएको हो ।लेखनाथ महोत्सवस्थलको गेटअघि फुटपाथमा गमला बिक्री गर्न बसिरहेको अवस्थामा उनलाई बसले ठक्कर दिएको थियो ।दुर्घटनापछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 161 पटक पढिएको
  • एकैपटक प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन

    काठमाडौं । नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार जनपद तर्फका बढुवा भएर रिक्त रहेको असईका लागि बरिष्ठ हवल्दारहरुको बढुवा भएको हो । साथै बढुवा भएका असईहरुलाई पदस्थापन पनि गरिएको जनाइएको छ ।यस्तो छ बढुवा तथा पदस्थापन सूचीः

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 446 पटक पढिएको
  • भ्यानको ठक्करबाट थापाको मृत्यु

    काठमाण्डौ । भरतपुर महानगरपालिका-१२ मिलन चोकमा ईलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्री कास्की पोखरा महानगपालिका–१ सिमपानी घर भई चितवन भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने ६१ वर्षीय गणेश थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 172 पटक पढिएको
  • दुई दिन थपियो सार्वजनिक बिदा

    काठमाडौँ । सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन् ।‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ,’ मन्त्री शर्माको भनाइ छ ।

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 171 पटक पढिएको
  • गजल

    गजल*******************बहुमूल्य छ मोती समुन्द्रको …..यसलाई यसरी न लुटाउन परोस अश्रु आँखामा बेपर्वाह  आउन निषेध मोती समुन्द्रको   न लुटाउन परोस हिस्सा हो दर्द भरी यो दिलको पनि बिना कारण यसरी न बहकीन परोस भावना खिलौना हो मान्छेको लागि दिल निकलेर हत्केलामा  न देखाउन परोस कहिले मिलेर प्रेमिल गीत गाउला कसैको अंगालोमा   बाधिन परोस चोरेर मेरो दिल लैजाउ रोइ रहूला  प्रतीक्षामा काश  बाचीरहनु परोस सुंदर सपना सजाउनु  जहां म रहूला तिमी बादल  बन  म बर्षिन परोस ढुंगा पनि सुन बन्देउ  पार

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 249 पटक पढिएको
  • पेस्तोलसहित मकवानपुरबाट दुई जना पक्राउ

    काठमाण्डौ । मकवानपुर प्रहरीले कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङतान रहेका छन्।ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हरियाली सामुदायिक वनमा खरङ्गाबाट राक्सिराङ आउँदै गरेको बा ४१ प २८१८ नंको मोटरसाइकल चेकजाँच गर्दा स्याङतानको साथबाट कटुवा पेस्तोल एक थान र बारुद भरिएका दुईवटा फलामका खोका बरामद गरेको हो।दुवैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 249 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.