समाचार

    Showing 18,961-18,970 of 25,026 items.
  • महिलाको शव गाडेको अवस्थामा भेटियो

    काठमाडाैँ । दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा फेला पारेको छ।घोराही उपमहानगरपालिका-१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 203 पटक पढिएको
  • नेपाल-भारत सिमाना शुक्रबार रातिदेखि बन्द

    बारा   ।    बाराको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सिमानाका बन्द गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै भोलि(शुक्रबार) राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो।मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ।बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ वैशाख राति १२ बजेदेखि १० गते साँझ

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 224 पटक पढिएको
  • वैशाख ७ गते सूर्यग्रहण लाग्ने

    काठमाडौँ । वैशाख शुक्ल पूर्णिमा अर्थात वैशाख ७ गते सूर्यग्रहण लाग्ने  छ । शुक्रबार लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताएका छन।नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उनले बताएका छन ।यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कात्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनले जानकारी दिए । वैशाख ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट सूर्यग्रहण देखिने छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 200 पटक पढिएको
  • आज मातातीर्थ औशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँने गरिन्छ ।शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्व मनाइने परम्परा छ ।छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 283 पटक पढिएको
  • हुण्डी कारोबारी पक्राउ

    वीरगञ्ज ।  हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना  वीरगञ्ज स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।वीरगञ्ज स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने छठु महतोलाई स्रोत नखुलेको चौध लाख रकमसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिएका छन।पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 130 पटक पढिएको
  • लुकीछिपी यार्सा सङ्कलन गर्न जाने पक्राउ

    काठमाण्डौ । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन। यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो । उनीहरु सबै निकुञ्जको तोइजुमपोष्टबाट पक्राउ परेको भण्डारीले बताउनुभयो । डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन पाटन खुलाउने गरिन्छ ।त्यसैगरी, कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले निगरानी गरेको संरक्षण

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 180 पटक पढिएको
  • दोहोरो नागरिकता लिएको भन्दै १२ उच्च नेता विरुद्ध उजुरी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुई छोरीसहित १२ नेताको नागरिकता छानबिन गर्न माग गर्दै गृहमन्त्रालयमा अधिवक्ता एवम् अभियन्ता युवराज पौडेल (सफल)ले उजुरी गरेका छन।पौडेलले उजुरीमा प्रचण्डका दुई छोरीसहित १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरेका छन् । पौडेलले उनीहरुको नागरिकता, पिआर, ग्रिनकार्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको पनि माग गरेका छन् ।पौडेलले उजुरीमा प्रचण्डका दुई छोरी रेणु दाहाल र गंगा दाहालसहित राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र र

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 247 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द

    काठमाडौं । बैशाख ७ गते बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द गरिने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको छ ।विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको बताईएको छ ।विमानस्थलले एक सूचना जारी गर्दै भनेको छ, विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेदा विभानस्थलभित्रको विद्युत आपूर्ति बन्द हुने हुनाले यो अवधिमा उडान तथा अवतरण बन्द रहनेछ । यो समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 225 पटक पढिएको
  • कचनकवल गाँउपालिकाले ३८ जना शिक्षकलाई निष्कासन गर्यो

    झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकाले ३८ जना करार शिक्षकलाई बिना जानकारी सेवाबाट निष्कासन गरेको छ। बैशाख ५ गते देखि विद्यालयमा हाजिर हुन नदिनेगरी उनीहरुलाई सामूहिक रुपमा निष्कासन गरिएको हो ।गाउँपालिका कार्यालयले बैशाख ४ गते सूचना जारी गरी विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत गाउँपालिका अनुदानका निजी शिक्षक , मावि कम्प्युटर शिक्षक , अनुदान शिक्षक तथा बाल शिक्षक एवं करार शिक्षकहरुलाई बैशाख ५ देखि कामबाट निष्कासन गरेको जनाएको छ । गाउँपालिकाको गत पौष २५ गतेको बैठकले सो निर्णय गरेको थियो ।योग्यता र शिक्षण अनुमति पत्र नभएका कारण कार्यपालिकाको निर्णयले हटाएको शिक्षा शाखा प्रमुख मनिता

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 430 पटक पढिएको
  • राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगिंदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्ली लगिंदै।छातीमा संक्रमण देखिएका उनलाई आज श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लैजान लागिएको हो।पौडेललाई उपचारका लागि नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्समा लैजान लागिएको हो।स्वास्थ्यमा समस्या आएपछि गत साता तीन दिन अस्पताल बसेर फर्केका उनी मंगलबार बेलुकी फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।​​​​​​​

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 220 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.