समाचार

    Showing 18,971-18,980 of 26,731 items.
  • प्लाइउड फ्याक्ट्रीमा आगलागी

    बिर्तामोड । बिर्तामोड-३ स्थित सुर्यनगरमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ राखेको ठाउमा अचानक आगलागि भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, मेची नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा सवा पाँच बजे आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले बताएको छ।अनुप अग्रवालले संचालन गरेको फ्याक्ट्रीमा शुक्रबार बिहान ४ बजे आगलागी भएको हो ।  

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 442 पटक पढिएको
  • मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना

    काठमाडौँ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ। विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ।पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ।पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन द

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 229 पटक पढिएको
  • प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

    काठमाडौं । मन्त्रालयपिच्छे विवादमा परेका र अनुकूल काम नगरेका कर्मचारीलाई लगेर थुपार्ने थलो बनाइएको प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती हुने भएको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षणस्वीकृत गरी हालको दरबन्दी ६८ वटा घटाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन।उनले भनिन्,‘प्रधामानमन्त्री तथा मन्त्रिपरिषद्कार्यलयको प्रस्तावमायो निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्व

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 298 पटक पढिएको
  • गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटमा आजलाई पेसी तोकिएको छ ।  ३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको छ। अधिकारीले राष्ट्र बैंकको गभर्नर हुनका लागि आवश्यक पर्ने शैक्षिक योग्यता हासिल नगरेको रिटमा दाबी गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्त हुनका लागि आवश्यक योग्यताको व्यवस्था गरिएको छ। न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 203 पटक पढिएको
  • गृह मन्त्रालयले गर्यो १७ उपसचिवको सरुवा

    काठमाडौँ । आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।मन्त्रालयले मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।को कहाँ पुगे :

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 228 पटक पढिएको
  • डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६१ उद्योग

    काठमाडौं  ।   नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोगबापतको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको जनाएको छ ।  प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ उपभोक्ताले प्रिमियमसहित तिरेको र ६१ उद्योग बाँकी रहेको देखिएको हो । डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठूला उद्योगहरूको रहेको प्राधिकरणले जनाएको छ।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 340 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्स लागेको छ ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली  रहनेछ। देशभर तापक्रम घट्दो दरमा  रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले  अनुरोध गरेको छ।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 209 पटक पढिएको
  • स्रोत नखुलेको २० लाखसहित एकजना पक्राउ

    बिराटनगर । स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित आज साँझ विराटनगरबाट एक जना पक्राउ परेका छन् । निजलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहबाट उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 286 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राति कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  देशभरिको तापक्रम  चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ 

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 349 पटक पढिएको
  • प्रधामनन्त्री प्रचण्डको नेतृत्वको सरकार एक वर्ष पूरा भएको अवसरमा सम्बोधन

     सिंहदरबार ।  आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू,आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा यसबीच भएका कार्य र प्राप्‍तिको सांकेतिक विवरण त आउँछ नै, तर म आजको सम्बोधनलाई समाचारका कस्ता शीर्षक दिइएला भन्‍ने चिन्ता नगरी आफ्ना केही विश्‍लेषण, केही समीक्षा, केही अनुभूति र केही संकल्प खुला हृदयले यहाँहरूसामु राख्‍ने अनुमति चाहन्छु।अहिले म नेपा

    • प्रकाशित मितिः पुस ११, २०८०
    • 401 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.