समाचार

    Showing 18,981-18,990 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी, बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले&

    • प्रकाशित मितिः पुस ११, २०८०
    • 179 पटक पढिएको
  • गाईको मासुसहित तीन जना पक्राउ

    काठमाण्डौ  ।  गाईको मासुसहित काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका–१ बाट तीन जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–१, घुमाउने चौरमा गाई काटिरहेको सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–१ का ३४ वर्षीय मीनबहादुर तामाङ, सोही स्थानका ३० वर्षीय सन्तबहादुर तामाङ र सिन्धुली घ्याङ्लेक गाउँपालिका–२ का २७ वर्षीय अर्जुन लामा थिङ रहे का छन् । पक्राउ परेका व्यक्तिबाट अन्दाजी ८५ किलो ग्राम गाईको मासु बरामद गरेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः पुस १०, २०८०
    • 178 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा  सम्बोधन गर्न लागेको बताएका छन।तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट दिउँसो ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    • प्रकाशित मितिः पुस १०, २०८०
    • 210 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः पुस १०, २०८०
    • 199 पटक पढिएको
  • गाजास्थित शरणार्थी शिविरमा आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

    एजेन्शी  ।  गाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ।गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–केद्राले एक विज्ञप्तिमार्फत भिडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमण भएकाले ७० जनाको मृत्यु भएको र यो संख्या थप बढ्न सक्ने बताए।इजरायली सेनाले क्याम्पको मध्यक्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ। जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ।मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 168 पटक पढिएको
  • तिन महिनामा २१ दिनको मात्रै सीसीटीभी फुटेज, छानबिन समितिले बुझायो प्रतिबेदन

    काठमाडौं । एकपछि अर्को सुन तस्करी काण्डले बदनाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीसीटीभी फुटेज नै गायब बनाउने गरेको पाइएको छ। पछिल्लो १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनाइएको समितिले नै कानुनअनुसार सीसीटीभी फुटेज नपाएको हो।कानुनअनुरुप तीन महिनाको रेकर्ड राख्नुपर्नेमा समितिले २१ दिनको मात्रै फुटेज पाएको हो। जसका कारण सुन प्रकरणमा थप प्रमाणहरु जुटाउन समितिलाई कठिन भएको छ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयले घटनाको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो। समितिले भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेयलाई प्रतिवेदन बुझाएको

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 276 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

    काठमाण्डौ  ।  नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो ।परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई कृष्

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 194 पटक पढिएको
  • सुन तस्करीमा अर्को खतनाक जालो रहेको खुलासा

    काठमाडौं  ।   पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको छ ।यसअघि गत साउन २ मा ६१ दशमलव ७ किलोग्राम सुन पक्राउ परेको थियो । गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद गरिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले छानबिन गरी तयार पारिएको प्रतिवेदनमा सो तथ्य खुलाइएको हो ।विमानस्थल भन्सार कार्यालय अधिकृत एवं छानबिनसमितिका संयोजक भन्स

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 194 पटक पढिएको
  • फलोअप; बसको ठक्करबाट दुइजनाको मृत्यु, बसमा आगजनी बिपी राजमार्ग अवरुद्ध

    काठामाण्डौ  । सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।आज(सोमबार) बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका- १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको थियो।मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका-२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 298 पटक पढिएको
  • बसको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु

    बर्दिबास  ।  सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।आज(सोमबार) बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ५० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो।ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।मोटरसाइकल चालक गम्भीर घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।दुर्घटना केहीबेरअघि मात्रै भएकाले थप मृतक र घाइतेको परिचयसहित थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।बिपी राजमार्ग अन्तर्गत

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 250 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.