समाचार

    Showing 18,991-19,000 of 26,731 items.
  • भद्रपुर विमानस्थलबाट यति एयर मार्फत कपडा तस्करी

    काठमाण्डौ  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा २१९ थान तयारी कपडा बरामद गरेको छ।आइतबार भद्रपुर विमानस्थलबाट १२ः३० बजे यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको ७ पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान विभाग हरिहर भवनमा तैनाथ राजस्व प्रहरीले नियन्त्रणमा लिएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सो कपडा बरामद भएको हो।हाल तस्करले सुरक्षित सग तस्करिको सामान गन्तब्यसम्म पुर्याउनको लागि बिमानस्थल र ट्रान्सपोटलाइ प्रयोग गर्द

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 1,256 पटक पढिएको
  • बाघको आक्रमणबाट दुइको मृत्यु

    काठमाण्डौ  ।  नवलपुरको विनयीत्रिवेणी गाउपालिकमा वडा नं. १ को खहरे जंगलमा घाँसकाट्न गएका  एकै घरका  २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको छ ।आइतबार दिउसो घाँसकाट्न गएका सासू बुहारी साँझसम्म घर नआएपछि आफन्त, स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा आइतबार राति करिव १० वजे विनयी सामुदायिक वनमा मृत अवस्थामा शव फेला परेका हुन् ।

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 218 पटक पढिएको
  • सर्लाहीबाट काठमाडौं आउदै गरेको इलेक्ट्रिक गाडी दुर्घटना, ९ जना घाइते

    काठमाण्डौ । जिल्लाको पनौती नगरपालिका-५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०४–००१ ज ००११ नम्बरको इलेक्ट्रिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बीपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो।दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 276 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। दिउसो देशका पूर्वी तराई  र पश्चिम तराईका एक-दुई स्थानमा लागेको  हुस्सु मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 228 पटक पढिएको
  • गौशला नगरपालिकाको उपमेयर चढ्ने आडीमा आगजनी

    काठमाण्डौ  ।  महोत्तरीको गौशाला नगरपालिकाका उपमेयरको गाडीमा आगजनी भएको छ ।मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले उपमेयर रेनु कुमारी महतो चढ्ने गाडीमा पेट्रोल छर्केर आगजनी गरि फरार फरार भएका छन् ।उपमेयरको घर गौशाला नगरपालिका १ रामनगरस्थित आफ्नै निवास अगाडी पार्किंङ गरी राखेको प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको नगरपालिकाको गाडीमा आगजनी भएको हो ।आगजानी समयमै निभाएपछि क्षति हुनबाट जोगिएको छ । आगजनीबाट गाडीको बायाँ तर्फको पछाडि र अगाडीको टायरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर मनोज यादवले बताए ।घटनास्थलबाट पेट्रोल राख्ने दुई लिटरको बोतल बरामद भएको र घटना विषयमा थप अनुस

    • प्रकाशित मितिः पुस ८, २०८०
    • 245 पटक पढिएको
  • सन्त नेता भट्टराईको शताब्दी जन्मजयन्ती आज

    काठमाडौँ । नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा आज विमर्श सभा गर्दै छ । कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो ।सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्नेछन् । दिउँसो १ः१५ बजेदेखि हुने कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री नीलाम्बर आचार्य र विश्लेषक सिके लालबिच विशेष अन्तरक्रिया हुनेछ ।सो अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नेछन् । वि.सं. १९८१ पुस ८ मा जन्मिएका

    • प्रकाशित मितिः पुस ८, २०८०
    • 208 पटक पढिएको
  • सडेको अवस्थामा शव फेला

    काठमाण्डौ  ।  मकवानपुरमा सडेगलेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान बकैया गाउँपालिका वडा नं.२ सरस्वती सामुदायिक बनको वतासेडाँडास्थित जंगलको भिरबाट करिब ३०० मिटर तल अन्दाजी ६०/६५ बर्षीय एक पुरुष मृत अवस्थामा फेला परेको हो ।मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ती पुरुषको सनाखत भएको छैन । शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए। सूचना पछि प्रहरीले घटनास्थल पुग्दा दुर्गन्धित अवस्थामा फेला परेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्

    • प्रकाशित मितिः पुस ८, २०८०
    • 164 पटक पढिएको
  • माध्यमिक तहमा ४३५ शिक्षककाे माग

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गरेकाे छ । आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो।शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने आयोग स्रोतले जनाएको छ ।उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोग स्रोतको भनाइ छ ।

    • प्रकाशित मितिः पुस ८, २०८०
    • 201 पटक पढिएको
  • उच्च अदालत र इजलासमा आजदेखि स्वचालित पेशी प्रणाली सुरु

    काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले उक्त व्यवस्थापन प्रणालीकाे शुभारम्भ गर्दैछन् ।प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । जुन प्रणाली आजदेखि पूर्ण रुपमा परिवर्तन हुने भएकाे छ ।तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएपछि प्र

    • प्रकाशित मितिः पुस ८, २०८०
    • 181 पटक पढिएको
  • ऊर्जा मन्त्रालयले ५५ आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि ऊर्जा मन्त्रालयले लाइसेन्स लिएर काम नभएका जलविद्युत आयोजनाको अनुमति खारेज गर्ने तयारी थालेको छ।विद्युत विकास विभागले लाइसेन्स लिएर काम अगाडि नबढाएका जलविद्युत आयोजनासँग प्रगति विवरण मागेको छ। लाइसेन्स लिएर ५ वर्षभन्दा बढी समयसम्म काम गर्न नसकेका ५५ वटा आयोजनासँग प्रगति विवरण मागिएको हो। आयोजना निर्माण गर्न सक्ने स्पष्ट आधार र कार्ययोजना नभेटिए लाइसेन्स खारेज गर्ने तयारी छ।प्रधानमन्त्री दाहालले बिहिबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति राष्ट्रका लागि घातक भएकाले म

    • प्रकाशित मितिः पुस ८, २०८०
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.