समाचार

    Showing 19,001-19,010 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    • प्रकाशित मितिः पुस ८, २०८०
    • 154 पटक पढिएको
  • बालकको बाघको आक्रमणबाट मृत्यु

    काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।बारबर्दिया नगरपालिका–४, बैरियाका १० वर्षीय सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जनाएको छ ।प्रहरीका अनुसार, बबई नदीमा नुहाउन गएका बेला शनिबार मध्याह्न करिब साढे १२ बजे बाघको आक्रमणमा परी बालक घाइते भएका थिए । जिरा सामुदायिक वननजिकै पाटेबाघले आक्रमण गरेको हो ।उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकामा शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 189 पटक पढिएको
  • मोहित शर्मा मारवाडी युवा मञ्च भद्रपुरको अध्यक्षमा सर्वसम्मत

    झापा  ।  मारवाडी युवा मञ्चको भद्रपुरमा भएको बृहत भेलाबाट भद्रपुर नगर अध्यक्षमा मोहित शर्मा(सन्डे) सर्वसम्मत चयन भएका छन। मारवाडी युवा सङ्गठनका केन्द्रीय सदस्य हेमन्त सुरानाको प्रमुख आतिथ्य र मञ्चका भद्रपुर नगर अध्यक्ष दिपककुमार अग्रवालको अध्यक्षतामा शुक्रबार भएको अधिवेशनले ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।समितिको उपाध्यक्षमा अविनाश नाहटा(पाणु), सचिवमा रोहित सरिया र कोषाध्यक्षमा राहुल साहेवाला चयन भएका छन। सदस्यहरूमा विकास अग्रवाल, प्रवेश अग्रवाल, विकास सिंघल, रमेश सिंघल, मनोज सरावगी, जीतु शर्मा ' जितेन्द्र ' र रजत धारेवा रहेका छन। 

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 866 पटक पढिएको
  • बिजुलीको तार चोर्दा करेन्ट लागेर दुइ जना गम्भीर घाइते

    चितवन  ।   चितवनको भरतपुर महानगरपालिका २ स्थित आँपटारीमा बिजुलीको तार चार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् । आँपटारीका प्रकाश नेपाली र सुनिल खनाल गम्भिर घाइते भएका हुन् । उनीहरुको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गएराति १ बजे सिमएसी पुर्याइएको थियो ।घाइतेहरुको चितवन मेडिकल कलेज (सिएमसी)को आइसियूमा उपचार भइरहेको छ ।करेन्ट प्रवाह भइरहेको तार चाेर्ने नियतले तार काट्न खोज्दा दुई जना गम्भीर घाइते भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताएका छन।

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 234 पटक पढिएको
  • मध्य पहाडी लोकमार्ग सडक आयोजना सञ्चालन

    काठमाण्डौ ।  पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका हुन् । बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। “बेनीदेखि मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको स्तरोन्नति प्रदेश सरकारमार्फत र खोरियादेखि ढोरपाटनसम

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 215 पटक पढिएको
  • सुदन किरातिको अभिब्याक्ती प्रति, नेपाल भू भाग संरक्षण मंचको विज्ञप्ती

    ------- प्रेस विज्ञप्ती -----------.संस्कृति मन्त्रालय जस्तो गरिमामय जिम्वेवारी पदिय दायित्वमा बसेर नेपालको  सनातन धर्म  संस्कृती माथि गैर -जिम्मेवार  टिका -टिप्पणी गर्ने र धम्की दिने " संस्कृति मन्त्री " सुदन किरातीलाई तत्काल बर्खास्त नेपाल भू -भाग संरक्षण मंच   यसै बिज्ञप्ति मार्फ़त जोड़दार माग गर्दछ l  गैर जिम्वेवार ढङ्गको अभिब्यक्ति रहेको हुदा , हदैसम्मको कार्वाही समेत गर्न माग पनि मंच गर्दछ । नेपालको संस्कृति मन्त्रालयमा रहेर नेपालकै मौलिक  परम्परा धर्म संस्कृती, धार्मिक सम्प्रदायको धज्जी उडाउन खोज्ने मन्त्री सुदन  किराती वास्तविक देशद्रोही उनी स्वयम्

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 343 पटक पढिएको
  • राष्ट्रपति पौडेल आज विराटनगर जाँदै

    झापा । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जादै छन् ।शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर जान लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।पौडेल बिहान ११ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगिक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन् । राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 200 पटक पढिएको
  • दुई दिनमा इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु

    एजेन्शी  । गाजाको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको जनाएको छ ।मन्त्रालयका अनुसार गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन् ।करिब दुई दिनको अवरोधपछि बिहीबार राति गाजामा सञ्चार र इन्टरनेट सेवा सञ्चालन भएको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ। इजरायलले विगत दुई दिनदेखि गाजा पट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ । त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 176 पटक पढिएको
  • कार दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाण्डौ । चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक कालिका- ५ बस्ने बर्ष २७ का बिष्णु क्षेत्री रहेका छन।प्रहरीले बताए अनुसार शुक्रवार दिउँसो करिब १:५० बजेको समयमा कालिका – १ को लंकालाईनमा भरतपुर बाट खालेसिमल तर्फ जाँदै गरेको बा.११ च ८७८९ नं. को कारको अगाडिको बायाँ तर्फको टायर पड्किन जाँदा कार अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।घाइते चालक क्षेत्रीको उपचारका क्रममा नयां मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ।

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 247 पटक पढिएको
  • प्रधानमन्त्रीले राष्ट्रका नाममा पुस १० सम्बोधन गर्ने

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् ।प्रचण्डले भने ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पुरा हुँदैछ । यो बिचमा मैले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु। यो एक वर्

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 259 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.