समाचार

    Showing 19,011-19,020 of 26,731 items.
  • आजदेखि नारायणगढ–मुग्लिन सडक ४ घण्टा बन्द

    काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो। चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी  कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म १०ः४० बजेदेखि रोकिने छन् भने मालवाहक सवारी साधन

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 289 पटक पढिएको
  • विद्युत् प्राधिकरणले काट्यो ४ उद्योगको बिजुली

    काठमाडौँ । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका केही उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै हिजो प्राधिकरणले चार उद्योगको लाइन काटिदिएको हो ।साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणका अनुसार, जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स,

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 219 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ ।बैंकले रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने जनाएको छ ।बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको छ। अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।हेर्नुहोस् विज्ञापन –

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 212 पटक पढिएको
  • प्रहरीका ५१३ प्रहरी नायव निरीक्षक(सई) हरूको पदस्थापन

    काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले प्रहरी नायव निरीक्षक (सई) हरूको पदस्थापन गरेको छ ।प्रहरीको मानव स्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले तलब, भत्ता तथा राशन पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरेको छ ।प्रहरीमा हालै सईमा बढुवा भएको थियो ।हेर्नुहोस् पदस्थापन सूची –

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 371 पटक पढिएको
  • यी ६६२ वरिष्ठ हवल्दार प्रहरीको असईमा बढुवा हुँदै

    काठमाडौं । नेपाल प्रहरीका ६६२ वरिष्ठ हवल्दारहरू प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस भएका छन् ।बढुवा समितिको सचिवालयले बिहीबार सूची प्रकाशित गर्दै बढुवा सिफारिस भएको जनाएको छ ।सचिवालयले बढुवा सिफारिस सूची प्रहरी नियमावलीअनुसार सबैको जानकारीका लागि प्रकाशित गरेको छ ।हेर्नुहोस् सिफारिस भएकाहरूको नामावली –

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 302 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार  बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।राति देशको पहाडी भू–भागमा आंश

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 200 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ,भने शुक्रबार दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।आगामी २४ घण्टाको अवधिमा देशभर नै तापक्रम घट्दो क्रममा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    • प्रकाशित मितिः पुस ६, २०८०
    • 182 पटक पढिएको
  • ट्र्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, ९ घाइते

    काठमाण्डौ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ ।दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।यस्तै दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया नि

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 168 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाख

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 213 पटक पढिएको
  • थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु

    बिर्तामोड । झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज(बुधबार) बिहान करिब ५ बजेको समयमा स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए । सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ ।घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 309 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.