समाचार

    Showing 19,051-19,060 of 26,731 items.
  • टायर बालेर सडकमा उत्रिए मृतकका आफन्त

    काठमाण्डौ  ।  दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घाेराहीकाे तुलसीपुर चाेकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दाेलनमा उत्रिएका छन् ।प्युठानको झिमरुक गाउँपालिका ४ बाङ्गेका वर्ष १८ का विशाल जिसी र नौबहिनी गाउँपालिका लुङका १८ वर्षका सागर केसी सवार रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिएपछि ज्यान गएको थियाे । मृत्युु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि आफुहरु बाध्य भई सडक संघर्षमा उत्रिएकाे संघर्ष समिति संयाेजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकार

    • प्रकाशित मितिः पुस १, २०८०
    • 295 पटक पढिएको
  • विवाह पञ्चमीको अवसरमा आज सार्वजनिक बिदा

    काठमाडौं । मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ। मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्।त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।

    • प्रकाशित मितिः पुस १, २०८०
    • 301 पटक पढिएको
  • तीन पसलमा आगलागी

    काठमाण्डौ  ।   डडेल्धुराको बागबजारस्थित तीन पसलमा आगलागी भएको छ। शनिवार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको हो।पसलमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। आगलागीको कारण तथा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः पुस १, २०८०
    • 257 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई-मधेसका केही जिल्लामा हुस्सु/कुहिरो लागेको महाशाखाले बताएको छ।दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ। राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइए

    • प्रकाशित मितिः पुस १, २०८०
    • 200 पटक पढिएको
  • रक्तचन्दन काठसहित स्वयम्भुबाट भारतीय नागरिक पक्राउ

    काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित  नवउदिन चौधरी भारतीय नागरिक पक्राउ परेका छन् । भारत मोतिहारी घर भई हाल काठमाडौँ महानगरपालिका-८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिल्लीबाट काठमाडौँ चल्ने मञ्जुश्री यातायातको बा.४ ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त काठ फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 274 पटक पढिएको
  • काठमाडौँबाट २५ किलो चरेस सहित दुई जना करोबारि पक्राउ

    काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । २५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाका अनुसार सुराकी पाएपछि शुक्रबार राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 300 पटक पढिएको
  • वीरगञ्जमा साँढेको प्रतिमा तोडफोड गरेको आरोपमा ६ जना पक्राउ

    जनकपुर  । पर्साको वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको हनुमान चोकमा राखिएको राँगा (पाडा)को मूर्ति स्थानीय युवाहरुले भत्काएका छन् ।राँगाको मूर्ति (प्रतिमा) भत्काएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्ताव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह छन् । वडा प्रहरी कार्यालय श्रीपुरले राँगाको मूर्ती भत्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । वीरगञ्ज महानगरपालिकाले सौन्दर्यीकरणको नाममा हुनमान चोकमा राँगाको मूर्ति (स्मारक) राखेको थियो ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 166 पटक पढिएको
  • जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव

    जनकपुर । त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र जगतजननी माता सिताविच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने सप्ताहव्यापी सिताराम विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लाससाथ मनाइँदै छ ।जनकपुरधाममा मनाइने सप्ताहव्यापीे सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदैछ।  त्रेता युगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा रामको प्रतिकात्मक रुप धारण गरेका कलाकारहरुलाई धनुष भाँचेको अभिनय गराएर धनुष यज्ञ गरिन्छ।मिथिलाका राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेका र अयोध्याबाट आएका दशरथ पुत्र रामले यज्ञमा राखिएको ध

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 441 पटक पढिएको
  • राजस्व छलीको ट्रक राजश्व अनुसन्धान कार्यालय कोहलपुरको नियन्त्रणमा

    मधेस प्रदेश  ।  नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको एक भारतीय नम्बरको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले छानबिनका लागि शुक्रबार राति नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रबार साँझ नियन्त्रणमा लिन खोज्दा व्यवसायीले अवरोध गर्दै भन्सार तिरेर ल्याएको जनाउँदै करिब पाँच घण्टासम्म धर्ना दिएर रोकेका थिए।  सो ट्रकमा लोड रहेको लत्ताकपडा नेपालगन्ज न्यूरोडमा सञ्चालित ग्रिपसन इन्टरप्राइजेजको भएको खुलेको छ।नेपालगन्जस्थित न्युरोड र पुष्पलाल चोक क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबिच धेरै बेरसम्म तनाव र झडपसमेत भएक

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 302 पटक पढिएको
  • क्यान्सर भगाउँन र मुटु जोगाउँन, च्याउका फाइदा

    मोरङ  ।   च्याउ औषधीय गुणहरूले भरिएको खाद्यपदार्थ हो । यसमा अमिनो एसिड, खनिज लवण र भिटामिन जस्ता तत्त्व पाइन्छन् । यसमा ३५ प्रतिशतसम्म प्रोटीन हुन्छ जुन बोटबिरुवामा पाइने प्रोटीनभन्दा धेरै हो।च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । च्याउको परिकार शाकाहारी र मांसाहारी दुवैले उत्तिकै रुचाउँछन् । तर च्याउका केही बेफाइदा पनि छन् । यहाँ हामी त्यसको चर्चा गर्नेछौं । पहिला फाइदाकै कुरा गरौं।मोटोपन हटाउन - मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटीनयुक्त आहार लिनुपर्छ र च्याउमा भरपूर प्रोटीन हुन्छ । तौल घटाउनका लागि मशरूम राम्रो विकल्प हो ।रोगप्रतिरोधक क्षमता बढाउन - च्याउ एक प्राकृतिक एन्टी

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 282 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.