समाचार

    Showing 19,091-19,100 of 26,731 items.
  • धनुषामा वालिका मृत अवस्थामा फेला

    काठमाण्डौ  । धनुषाको सबैलाबाट बुधबार देखि  हराइरहेकी बालिका मृत अवस्थामा पोखरिमा भेटिएको छ।धनुषा जिल्ला सबैला न.पा.वडा न. ०९ सतोखर बस्ने राकेश यादवको छोरी ५ वर्षकि राखि यादव मटकोर पुजा गर्न घरबाट जादा रथमा रहेकी  राखि  रथबाट अचानक हराई बेपता भएकि बालिका ई.प्र.का. सबैलाबाट खटिएको टोलि र आफन्तहरूले खोज तलासको क्रममा धनुषा  जिल्ला सबैला न.पा.वडा न. ०९ सतोखर स्थित पोखरीमा डुबेको अबस्थामा मृत फेला परेको छ।बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको छ।बालिकाको शव नग्न अवस्थामा फेला परेकोले बलात्कृत भएको हुनसक्ने प्रहरिले बताएको छ। बिहान ०९:०० बजे राखिको आमाले प्रहर

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 515 पटक पढिएको
  • सिग्देल रथीमा बढुवा भएसगै नेपाली सेनाका भावी प्रधानसेनापति

    काठमाण्डौ  ।  उपरथी अशोक सिग्देल रथीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गरेको हो । सैनिक मुख्यालय जंगी अड्डाले वरिष्ठ उपरथी सिग्देललाई बढुवा गर्न रक्षा मन्त्रालय समक्षा सिफारिस गरेको थियो । योसँगै सिग्देल भावी प्रधानसेनापति बन्ने करिब पक्काजस्तै भएको छ ।उमेर विवादका कारण उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि वरिष्ठताका आधारमा उपरथी सिग्देलको रथीमा बढुवा भएको हो । बलाधिकृत रथी सीताराम खड्का आगामी पुसमा कार्यकाल सकाएर घर जाँदैछन् ।त्यसलगत्तै सिग्देल बलाधिकृत रथी बन्नेछन् । हालका प्रधानसेनापति प्रभुराम शर्माको ३० वर्षे कार्यकाल आगामी ०८१ साल भ

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 255 पटक पढिएको
  • इजरायलको आक्रमणमा १११ प्यालेस्टिनीको मृत्यु

    एकेन्शि । गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै आक्रमणमा दर्जनौँ घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्‍याइएको छ ।गाजा शहरको केन्द्रमा रहेको अल-दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चार वटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ। इजरायली से

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 221 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । देशका केही भू-भागमा आजको मौसममा आंशिक बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मौसम बदली रहने जनाएको हो।महाशाखाका अनुसार तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। तराईका भू-भागहरूमा लागेको हुस्सु तथा कुहिरो पश्चिम तराईमा मध्याह्नसम्म क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको भनाइ छ। हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 191 पटक पढिएको
  • एमाले सांसद लक्ष्मी महतो कोइरीलाई हत्या अभियोगमा सफाइ

    काठमाडाैँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई हत्या अभियोगमा सफाइ मिलेको छ । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको हो। न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा एमाले सांसद कोइरीलाई सफाई दिएको एमाले नेता गुरू भट्टराईले जानकारी दिएका छन ।अदातले लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय सुनाएको छ । महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले प्रदेश सांसद शर्मालाई जन्मकैद भएको र एमाले सांसद कोइरीले सफाइ पाएको पुष्टि गरिन । सपथ खाए पनि संसदम

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 245 पटक पढिएको
  • लोसपाका प्रदेश सांसद शर्मालाई जन्म कैद

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका छन्।महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित शर्मालाई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले शर्मालाई कर्तव्य ज्यानमा जन्मकैद र आगो लगाएर जलाएको घटनामा थप ६ महिना कैद हुने फैसला गरेको हो।यस प्रकरणमा अदालतले आगो लगाउने कार्यमा संलग्नहरूबाट विकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ।यस्तै जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, लोसपाका नेता

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 279 पटक पढिएको
  • बालकृष्णलाई धरौटीमा छाड्न अदालतले दियो आदेश

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन्।मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाँणबारे निर्णय हुन सकेको थिएन। स्रोतका अनुसार न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्। खरेलले खाँणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। यता पाण्डेले भने ३० लाख धरौट

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 303 पटक पढिएको
  • एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण

    काठमाण्डौ   ।   नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ । संकल्प यात्राका क्रममा धनकुटा पुगेका ओलीमाथि मुक्का प्रहार भएकाे हाे ।फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमण गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए। महालक्ष्मी–५, धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 343 पटक पढिएको
  • हतियार देखाएर सहकारीका कर्मचारीबाट अज्ञात समूहले लुट्यो पाँच लाख

    काठमाडौँ । अज्ञात समूहले हतियार देखाएर सर्लाहीको हरिपुर्वामा सहकारीका कर्मचारीबाट पाँच लाख लुटपाट गरेको छ। बिहीबार बिहान हरिपुर्वा नगरपालिका-६, हनुमानचोक नजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको हो।हरिपुर्वा नगरपालिका-५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको छ । नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यालय जाँदै गर्दा बाटैमा लुटपाट भएको सहकारीको भनाई छ ।सहकारीका अनुसार ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा सवार सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायलाई बाटो घेरेर अज्ञात समूहले साथमा रहेको पाँच लाख रकम लुटेर लगेका छन ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 439 पटक पढिएको
  • ट्रयाक्टर दुर्घटनाबाट क्ष्रेष्ठको मृत्यु

    मोरङ   ।   मोरङको उर्लाबारी नगरपालिका-१ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा  सह-चालकको मृत्यु भएको छ ।बुधबार बिहान उर्लाबारी १ स्थित खेतमा माटो लोड गरी सडक तर्फ आउदै गरेको प्रदेश १-०२-००३ त १०५६ नम्वरको ट्याक्टरबाट सहचालक मिक्लाजुङ गाउँपालिका-९ का ३४ बर्षीय नैन श्रेष्ठ लडी घाईते भएकोमा तत्काल उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । दुर्घटनामा संलग्न ट्रयाक्टर चालक मिक्लाजुङ-९ का भागिरथ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 202 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.