समाचार

    Showing 19,101-19,110 of 26,731 items.
  • बालकृष्ण खाँणको मुद्दामा आज सुनुवाइ हुने

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज(बिहिबार) सुनुवाइ हुने भएको छ । उक्त सुनुवाइका लागि उच्च अदालत पाटनको एकल इजलासमा आज पेसी तोकिने भएको हो ।  यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाह खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो । न्यायाधीश पाण्डेयले खाँणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए । उता न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए । दुवै न्यायाधीश हरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 214 पटक पढिएको
  • क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गरि भाटभटेनीको विन्टर अफर

    काठमाडौं । भाटभटेनी सुपरस्टोरले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भाटभटेनीले आफ्नो स्टोरको सबै प्रकारका वस्तुमा छुट घोषणा गरेको छ ।जसअनुसार दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने छ । यो योजना पुस १ गतेदेखि एक महिनासम्म लागू हुनेछ । भाटभटेनी सुपरस्टोरका २६ वटै स्टोरबाट यो योजनाको फाइदा लिन सकिने छ ।भाटभटेनी सुपरस्टोरका

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 424 पटक पढिएको
  • आज छ वर्षकै उत्कृष्ट उल्का वर्षा, नेपालबाट पनि देखिने

    काठमाडौं । आज (बिहीबार) राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न सकिने छ । आज आकाश खुलेको ठाउबाट नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ ।  यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । 

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 312 पटक पढिएको
  • एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा आज धनकुटा हुँदै तेह्रथुम

    काठमाडौँ । नेकपा एमालेको मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज भोजपुरबाट धनकुटा र तेह्रथुममा पुग्दै छ ।एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यात्राको १५औँ दिन भोजपुरबाट धनकुटाको लेगुवा हुँदै पख्रिबास, हिले, सिंधुवा भएर तेह्रथुमको वसन्तपुर पुग्ने र आज वसन्तपुरमा आमसभा हुनेछ । आजको यात्रा ९४ किलोमिटरको हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको यात्रामा पार्टीका नेताहरू सहभागी छन। यही मङ्सिर १४ गते बैतडीबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरमा पुगेर सकिँदै छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 285 पटक पढिएको
  • तीन इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

    काठमाडौं ।  तीन इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्रधिकरणले यूसटएलसहित म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रा.लि.को अनुमतिपत्र खारेज गरेको हो । यूटिएलको कात्तिक ५ क्याक्सनेटको मंसिर ६ र चितवन नेटवर्ककको मंसिर १२ गतेसम्म अनुमतिपत्रको समय थियो । तर यो समयसम्म नवीकरणका लागि आवेदन नदिएपछि उक्त सेवाप्रदायकको अनुमतिपत्र खारेज गरिएको हो ।  प्राधिकरणले ती संस्थाहरुलाई हालसम्म तिर्न बुझाउन बाँकी रहेको शुल्कहरु ३० दिनभित्र बुझाउन समेत भनेको छ । 

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 299 पटक पढिएको
  • विदेशिक रोजगारमा गएका १३ हजार नेपालीले ज्यान गुमाए

    काठमाडौँ । मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत वैदेशिक रोजगारी भएको छ।वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ। ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ। सो अवधिमा २ हजार ८ सय ६९ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन्।लामो समयदेखि विदेशमा मृत्यु र अं

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 529 पटक पढिएको
  • भारतीय नागरिक करिब सात लाखका सुनका गहनासहित पक्राउ

    काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।उनका अनुसार सोनीको साथबाट रु छ लाख ७८ हजार एक सय ८५ बराबरको मिनी हार दुई थान, मसिनो सिक्री एक थान, नथिया ठूलो सानो १० थान, लकेट एक थान, कानमा लगाउने झाला चार थान र औँठी एक थानसमेत बरामद भएको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 275 पटक पढिएको
  • अख्तियारद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार रुपैयाँ जम्मा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि उक्त रकम जम्मा गरिएको हो ।आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषको नाममा एभरेस्ट बैंक लिमिटेडमा रहेको खाता नं.००१०११०२२०००१२ मा ८ लाख ६१ हजार ७८१.७० रुपैयाँ जम्मा गरिएको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 171 पटक पढिएको
  • नेपाल प्रहरीका ५१३ जना असई सईमा बढुवा सिफारिस

    काठमाडौं   ।   नेपाल प्रहरीका ५१३ जना असई सईमा बढुवा सिफारिस गरेको छ। नेपाल प्रहरीका पाँच सय १३ जना सहायक निरीक्षक (असई) लाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ ।प्रहरी प्रधान कार्यालयको बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको बताइएको छ।हेर्नुस् सूची :-

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 397 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा दिउँसो हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भ

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.