समाचार

    Showing 19,131-19,140 of 26,731 items.
  • पेस्तोलसहित एक जना पक्राउ

    चपुर । सियारी गाउँपालिका २, च्याङ्था इलाकामा सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा राति पौने ११ बजे पेस्तोलसहित स्थानीय अमेरिका थारुलाई पक्राउ गरेको हो ।थारुको साथबाट अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल एक थान र लाभा कम्पनीको एकथान मोबाइल सेट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए ।पक्राउ परेका थारु र पेस्तोलसहित अन्य सामग्री आवश्यक कारबाहीका लागि राति नै इलाका प्रहरी कार्यालय, छपियामा बुझाइएको सशस्त्रले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 234 पटक पढिएको
  • गाईघाटमा आगलागी करोडौँको क्षति

    गाइघाट  । उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ ।त्रियुगा नगरपालिका ११ स्थित रहेको मोटरसाइकल ग्यारेजबाट आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागी हुनासाथ त्रियुगा नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न खोजे पनि आगो नियन्त्रणमा नआएपछि रौतामाई गाउपालिका र चौदण्डीगढी नगरपालिकाको दमकलबाट चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट करोडौको क्षती भएको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 249 पटक पढिएको
  • कालोसूचीमा राख्यो सरकारले १२ कम्पनीलाई

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 303 पटक पढिएको
  • अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै

    मोरङ । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेका छन।विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई तत्काल इनरुवा अस्पताल लगिएको

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 323 पटक पढिएको
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरी साढे ६ किलो सुन सहित विदेशी नागरिक पक्राउ

    काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरी साढे ६ किलो सुनमा इजिप्टका नागरिक समातिएसँगै अन्य दुई विदेशी नागरिक पनि पक्राउ परेका छन्।विमानस्थल प्रहरीका अनुसार शंका लागेर दुई सुडानी नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। तर उनीहरूको साथमा सुन भने फेला परेको छैन। प्रहरीसँगको सोधपुछमा उनीहरूले सुन ल्याएको स्वकार गरेका छैनन्।दुबईबाट काठमाडौँ ओर्लिएका उनी शनिवार राति पौने १ बजेतिर पक्राउ परेका हुन् ।त्रिभुवन विमानस्थल प्रहरीले फ्लाइ दुबईबाट आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमलाई ६ किलो ५६५ ग्राम सुनसहित पक्राउ गरेको हो। उनी फ्लाई दुवईको एफजेड ५७३ विमान मार्फत काठमाडौं ओर्लिएका थ

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 394 पटक पढिएको
  • सशस्त्र प्रहरी बरिष्ठ सईका लागि २१ सई भए सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) को बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । सशस्त्रले साधारण र प्राविधिक गरी २१ जना बरिष्ठ सइको बढुवा सूची प्रकाशित गरेको हो ।सशस्त्रका अनुसार आइतबारको निर्णयअनुसार साधाण समूहतर्फ ११ जना सईलाई बरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरिएको छ ।त्यस्तै प्राविधिक स्वास्थ्य तर्फ २ जना बरिष्ठ सईका लागि सिफारिस भएका छन् भने प्राविधिक इन्जिनियरिङतर्फको सञ्चा समूहमा ८ जना बढुवाका लागि सिफारिस भएका छन् ।सशस्त्रका अनुसार उक्त सिफारिसभित्र ७ दिनभित्र उजुरी दिन सकिने समेत जनाइएको छ ।बढुवा भएका बरिष्ठ सईहरु: 

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 315 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा कुहिरो लागेको महाशाखाले जानकारी दिएको छ ।दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्ड

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 225 पटक पढिएको
  • फाउंडेशन द्वारा शहीद परिवारलाई राहत बितरण

    राजबिराज    ।      ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मलेठ घटनाका शहिद स्व.विरेन्द्र महतोका श्रीमति रंजना देबी महतोलाई एक बोरा चामल र निजका वाल बच्चाहरुलाई ४ दर्जन कपी ,पेन्सिल,कटर,लेजरसहित स्टेशनरी सामग्रीतथा बिस्कुट  आज एक कार्यक्रम बीच  तराई मधेस महिला फाउन्डेशन नेपालकी  अध्यक्ष सुनिता साहले राहत सामग्री वितरण गरेकी गरिन ।उक्तकार्यक्रमलाई सम्बोधन गर्दै महिला अधिकारकर्मी समेत रहैकि अध्यक्ष शहले राष्ट्र, राष्ट्रीयता र जनताका लागि जीवन उत्सर्ग गर्नेहरु प्रति राज्यले सहयोग र सम्मान नगरेकोमा दुःख ब्यक्त गरिन l उनले शहीदको सम्मान र उनका परिवाको

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 391 पटक पढिएको
  • धादिङ केन्द्र भएर भूकम्प

    काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज(आइतबार) बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 410 पटक पढिएको
  • मोदी विश्वकै सर्वाधिक लोकप्रिय नेता

    एजेन्शी   ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देशमा मात्र नभइ विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा मोदीलाई दिइएको रेटिङबाट यसको अनुमान लगाउन सकिन्छ। सर्वेक्षणका अनुसार मोदी फेरि एक पटक विश्व नेताहरूमा शीर्षमा छन्, उनले ७६ प्रतिशतको अनुमोदन रेटिङ पाएका छन् ।अमेरिकी कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार भारतका ७६ प्रतिशत जनताले मोदीको नेतृत्वलाई स्वीकार गर्छन् भने १८ प्रतिशतले उनको नेतृत्वलाई मन पराउँदैनन् । जबकि ६ प्रतिशतले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।रेटिङको मामिलामा प्रधानमन्त्री मोदीको नजिक कोही छैन। सर्

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 591 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.