समाचार

    Showing 19,151-19,160 of 26,731 items.
  • उपसचिव सहित लेखाका ५०० बढी कर्मचारीको एकै साथ सरुवा

    काठमाडौँ । लेखा समूहका ५०० बढी कर्मचारीको महालेखा नियन्त्रक कार्यालयले बिहीबार एक साथ सरुवाको निर्णय गरेको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबार बेलुकी उपसचिवदेखि लेखापाल सम्मका कर्मचारीको सरुवा गरेको हो । कार्यालयले ३४ जना उपसचिव/प्रमुख कोष नियन्त्रक/उप-महालेखा नियन्त्रक, एक २२ जना लेखा अधिकृत/कोष नियन्त्रक र तीन सय ५२ जना लेखापालहरूको सरुवा गरेको छ । लेखाका कर्मचारीको सरुवामा निकै ठूलो पावर एक्सरसाइज हुँदै आइएको थियो।

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 371 पटक पढिएको
  • महिला अभियान सम्पन्न

    सप्तरी    ।    राजबिराज /लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १४ औं दिन तथा  ५ औं अन्तर्राष्ट्रिय महिनावारि दिवसको अवसरमा  शुक्रवार महिला सचेतना समाजको अध्यक्ष सुनिता साहको अगुवाइ तथा राजविराज नगरपालिकाका का.वा. नगरप्रमुख  इसरत परबिनको प्रमुख अतिथ्यमा सम्पन्न भयो। सप्तरी जिल्ला कारागार राजविराजका महिला कैदि - बन्दिहरुलाई सेनेटरि प्याड वितरण वितरण गरिए को सो कार्यलाई सम्बोधन गर्दै कावानगर प्रमुख परबिनले महिलाहरूको स्वास्थ्य प्रति राज्य द्वारा जिम्मेवारी पूर्ण रुपले ध्यान दिनु जरुरी भएको र त्यसमा समाजको सहयोग र सहभागिता महत्वपूर्ण भएको बताइन ।कार्यक्र

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 296 पटक पढिएको
  • स्कार्पियोमा सुन तस्करी, तीन जना पक्राउ

    काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् ।उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले उनीहरु सवार ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 325 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड महोत्सवको उद्घाटन गर्न आज धनगढी जाँदै

    काठमाडौँ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सव महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज धनगढी जादै छन ।कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आजबाट सुरु हुन लागेको छ । अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे प्रधानमन्त्री दाहालले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 230 पटक पढिएको
  • त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

    काठमाडौँ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारको टोलीले पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित विमानस्थल भन्सार कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रमुख डा. पाण्डे नेतृत्वको टोलीले मध्यराती विशेष सुराकीका आधारमा खानतलासी गर्दा सुनका बिस्कुटहरू बरामद गरेको हो । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई बिहीबार राती ११ः४० बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 702 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केहि स्थानहरूमा हुस्स लागेको छ ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।राति  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 199 पटक पढिएको
  • रिहा भए शाही युवा शक्तिका अध्यक्ष खड्का

    काठमाडौँ । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहितका युवाहरु रिहा भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका खड्कालगायत बिहीबार रिहा भएका हुन् ।काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई रिहा गर्न आदेश दिएका हुन् । रिहा हुनेहरुमा शतिष राजावादी, आभाष खड्का र गोकर्ण शाहीसमेत रहेका छन् । 

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 257 पटक पढिएको
  • कोशी कसैको बिर्ता होइन, पहिचानको नाममा धम्काउनेको पत्तासाफ हुन्छ : के.पि. ओली

    काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन् । समृद्धिका लागि पदयात्राअन्तर्गत बिहीबार पर्वतमा आयोजित कार्यक्रममा उनले केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई लिएर सो टिप्पणी गरेका हुन । नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने  पहिचानवादिले सिकाउन आवश्यक नरहेको ओलिले बताएका छन।पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन् । अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो । एउटा

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 374 पटक पढिएको
  • पृथ्वी जयन्ती उत्सवका रुपमा मनाइने; राप्रपा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।बैठकले आसन्न राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने, यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 332 पटक पढिएको
  • एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न अदालतको आदेश

    काठमाडौँ । एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 234 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.