समाचार

    Showing 19,161-19,170 of 26,731 items.
  • एनसेलको शेयर खरिद-बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।आजको बसेकाे मन्त्रिपरिषदकाे बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्दै एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको हाे । समितिमा सचिव फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले लगायत रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 298 पटक पढिएको
  • पशुपति मन्दिर आसपास क्षेत्रमा मासु तथा मदिरा बिक्री रोक

    काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरालगायत बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै आजदेखि एक सातासम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन,ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको हो।यो नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागु हुनेछ । बालाचतुर्दशी पर्वलाइ मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने जिल

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 291 पटक पढिएको
  • भारतीय विदेशमन्त्री एस जयशंकर पुसमा नेपाल आउँने

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आगामी पुस तेस्रो साता नेपाल आउने भएका छन् ।नेपाल–भारत विदेशमन्त्रीयस्तरीय संयन्त्रको बैठकका लागि विदेशमन्त्री जयशंकर नेपाल आउने भएका हुन् ।उच्च कूटनीतिक स्रोतका अनुसार १९ पुसमा जयशंकर नेपाल आउने र २० पुसमा भारत फिर्ता हुने गरी दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।उनको नेपाल भ्रमणबारे औपचारिक जानकारी भने दिइएको छैन । तर, परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालय संयन्त्रको बैठकको तयारीमा जुटिसकेको बुझिएको छ।भ्रमणका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सरकारी अधिकारीहरुले बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 215 पटक पढिएको
  • एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता

    काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्।दर्ता भएको रिटमा एनसेलको सेयर ब्रिकी शंकास्पद गहिरो अनुसन्धानको समेत माग गरिएको छ । पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा भुक्तानी गर्नेगरी भएको ब्रिकी शंकास्पद भएको रिटमा उल्लेख गरिएको छ।उच्च अदालत पाटनले बिहीबारलाई पेशी तोकिएको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 244 पटक पढिएको
  • स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौँ ल्याइए

    काठमाडौँ । विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएका छ ।उनीहरूलाई कीर्तिपुर वर्न सेन्टर पुर्‍याइएको छ । उक्त आगलागीमा २ जनाको मृत्यु भइसकेको छ भने दुई जना गम्भीर घाइते छन् । मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका-७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौँ ल्याएको हो । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ ।आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 205 पटक पढिएको
  • एनसेलको खरिदबिक्रीबारे छानबिन गर्न लेखा समितिको निर्देशन

    काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।समितिले आज यस विषयमा प्राधिकरणलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो । प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 308 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तीसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ।अहिले कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली र

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 201 पटक पढिएको
  • कवाडी गोदाममा भीषण आगलागी हुदा दुई जनाको मृत्यु

    मोरङ    ।   विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा आज दिउँसो आगलागी भएको हो । आगलागीमा परेर गोदामकै कामदार विराटनगर–६ का दीपक मण्डलको मृत्यु भएको हो । अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । मृतक गोदामकै कामदार भएको बताइएको छ । आगलागीमा परेर पाँच जना घाईते भएका छन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 187 पटक पढिएको
  • परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

    काठमाडौँ। परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन। “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनेले लेखेका छन।सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकि छन । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 153 पटक पढिएको
  • स्रोत नखुलेको रकमसहित पक्राउ

    काठमाण्डौ   । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो । निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसब

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 163 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.