समाचार

    Showing 19,171-19,180 of 26,731 items.
  • बक्सिङ टोली चौतीसौं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन मलेसिया उडे

    काठमाण्डौ  ।  चौतीसौं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको पेनाङ जाने भएको छ ।मंसिर २५ देखि २९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५१ केजीमा प्रबल उप्रेती, ५४ केजीमा सिंहवीर लिम्बू, ५७ केजीमा छिरिङ वाङदी शेर्पा, ६० केजीमा शुलभ माली र ६३ केजीमा रिजन गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्जिप श्रेष्ठ तथा व्यवस्थापकमा स्मृति विश्वास रहेका छन् ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 198 पटक पढिएको
  • आदर्शनगरको लाइफ केयर फर्मा सिलबन्दी

    काठमाडौँ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बुढानीलकण्ठ नगरपालिका-१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई सिलबन्दी गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बुढानीलकण्ठ क्षेत्रका चार वटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा सिलबन्दी गरिएको बताए ।विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र स

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 201 पटक पढिएको
  • एनसेलको शेयर बिक्रीबारे लेखा समितिमा आज छलफल

    काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-बिक्रीबारे आज छलफल गर्ने भएको छ। लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो ।

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 324 पटक पढिएको
  • गंगालाल हृदय केन्द्रमा गृहमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया

    काठमाडौं     ।   उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको र अहिले उनको स्वास्थ्य अवस्था स्थीर रहेको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ।गृह मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको हो। उनको मुटुको रक्तनलीमा आंशिक अवरोध र छातीमा असहज महसुस भएपछि गएराति अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठ

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 311 पटक पढिएको
  • विप्लवको पक्राउ पुर्जीविरुद्ध आन्दोलन घोषणा

    काठमाडौँ । महासचिवलगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।मंगलबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ।आफ्ना नेताहरुविरुद्धको पक्राउ पुर्जी २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको सो पार्टीद्वारा जारी विज्ञप्त

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 295 पटक पढिएको
  • नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

    काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको सूचना अधिकारीगोविन्दप्रसाद कोइरालाले जानकारी दिए । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ । २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । अरू १२ जना घाइते भएका थिए ।घटनामा नवराज विक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 232 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहनेछ।राति कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी प्रदेशका र मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 199 पटक पढिएको
  • विप्लव’ र ‘प्रकाण्ड’विरुद्ध पक्राउ पुर्जी जारी, पक्राउ पुर्जी जारी गर्नु गलत : प्रधानमन्त्री

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 205 पटक पढिएको
  • एनसेलको मुद्दामा आज सुनुवाइ

    काठमाडौँ । मलेसियन कम्पनी आजियटा एनसेलको सबै शेयर बिक्री गरेर बाहिरिएको छ । तर, सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी एउटा मुद्दा अझै टुंगिएको छैन । ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो । त्यसको आज सुनुवाइ हुँदैछ ।सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर हिँडेको हो । अब उक्त मुद्दाको भाँउतोबाट कम्पनी पन्छिएको छ । तर, यदि एनसेलको विपक्षमा फैसला आए के हुन्छ भन्ने स्पष्ट भएको छैन ।आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा स्वीडिस दूरसञ्चार

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 222 पटक पढिएको
  • मणिपुरमा झडप हुँदा १३ जनाको ज्यान गयो

    काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आज सोमवार भएको हिंसात्मक झडपमा परि १३ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।इम्फालको राजधानी मणिपुरबाट झन्डै ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान शुरु गरेको थियो ।  सेनाले लेइथु गाउँमा १३ वटा शव भेट्टाएको छ । सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्, एक अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।गैर आदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको वि

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 170 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.