समाचार

    Showing 19,191-19,200 of 26,731 items.
  • काठमाडौंमा चिसो बढ्यो, ९ डिग्री सेल्सियस

    काठमाडौं   ।    काठमाडौंको आकाश बिहानैदेखि बादलले ढाकिएको छ। आकाश खुलेर घाम राम्ररी नदेखिँदा तुलनात्मक रूपमा आज काठमाडौंमा बढी चिसो महशुस गरिएको छ।मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम चापक्रम ९.२ डिग्री सेल्सियस छ। बुधबारको न्युनतम तापक्रम १०.१ डिग्री सेल्सियस थियो। आज २१ देखि २३ डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने महाशाखाको पूर्वानुमान् छ।मौसमविद् सञ्जिव अधिकारीका अनुसार राजस्थानमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा आज चिसो महशुस भएको हो।काठमाडौंमा आज दिनभरी आकाश राम्ररी नखुल्ने उनले बताए। त्यसो हुँदा हिजो अ

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 273 पटक पढिएको
  • सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 198 पटक पढिएको
  • एकै पटक प्रहरीका २ हजार ९७८ जना हवलदारको सरुवा

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका झण्डै तीन हजार हवलदारहरूको सरुवा गरेको छ।प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरिएको जनाएको हो ।गत शुक्रबार बसेको प्रहरी अतिरिक्त महानिरीक्षकको बैठकको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने सुचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 379 पटक पढिएको
  • बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु

    काठमाण्डौ । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा गएराति शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् ।देब्रे छातीमा छर्राले लागेर गम्भीर घाइते भएका सञ्जिवको तामाकोशी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि राति नै उनलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको थियो।अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।सञ्जिवको मृत्यु भएपछि उनीसँगै सिकार गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 218 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा  आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति  गण्डकी, लुम्बिनी र कर्णाली लगायत बाग्मती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको  महाशा

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 184 पटक पढिएको
  • गाजामा बमबारी सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

    एजेन्शी  ।  सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ।युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई बताए अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन। तर, अमेरिकाले अझै पनि दुईबिचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • 189 पटक पढिएको
  • स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

    काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार   रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार  मोहम्मद इर्साद र  रुक्सना खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते सोही ठाउकै १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।लुम

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • 281 पटक पढिएको
  • पेस्तोलसहित एकजना पक्राउ

    काठमाण्डौ । धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी दिएका छन।शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका ठाकुरलाइ इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा ९ इन्च लम्बाइ भएको कटुवा पेस्तोल बरामद गरेको हो ।ठाकुरलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • 246 पटक पढिएको
  • एनसेल स्पेक्ट्रलाइट यूकेले किन्यो, बाहिरियो आजियाटा

    काठमाडौँ। स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध रहेको जनाइएको छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । एनसेलका प्रमुख

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • 268 पटक पढिएको
  • नेपाल एयरलाइन्सबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसियो

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ ।प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ । प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • 206 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.