समाचार

    Showing 19,201-19,210 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको कारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ ।दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • 182 पटक पढिएको
  • जब्बरे हात्तीको आक्रमणबाट वन हेरालु धनबहादुरको मृत्यु

    झापा । झापाको हल्दिबारिमा जंगली हात्तीको आक्रमणबाट वन हेरालुको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४७ वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । जलथल जङगलको रैथाने जब्बरे नामक हात्तीसँग उनको जम्काभेट हुदा सोही क्रममा हात्तीले  कुल्चिएर मारेको प्रहरी बताएको छ ।उनको शव स्थानीयले देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा ग

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 356 पटक पढिएको
  • आज ३६औँ विश्व एड्स दिवस

    काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।केन्द्रका अनुसार न

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 206 पटक पढिएको
  • नेपालका वायुसेवा ईयूको कालोसूचीबाट हटेन

    काठमाडौँ। युरोपेली सङघ (इयू) ले नेपालका विमानसेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ । इयुले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो ।नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै इयुले नेपाली वायुसेवामाथि दशवर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ ।इयूको प्राविधिक टोलीले हालै गरेको स्थलगत अध्ययन प्रतिवेदनबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गत कात्तिक २८ मा ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाली विमानमाथिको प्रतिबन्ध नहटाइएको जानकारी दिनुभयो ।ईयूका

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 290 पटक पढिएको
  • गैँडा मारेको आरोपमा मकवानपुरका चार सहित ८ जना पक्राउ

    काठमाण्डौ  । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालयमा सार्वजनिक गरिएको हो ।विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती रहेका छन् । उनला

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 216 पटक पढिएको
  • नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ को आग्रह

    काठमाण्डौ   ।   प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन्।दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीत

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 199 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो।घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ।सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 289 पटक पढिएको
  • नेपाल भारत मैत्री सास्कृतिक संगम बृन्दावनमा आयोजना हुने

    झापा   ।     नेपाल भारत मैत्री संगठनको आयोजनामा तीन दिवसीय ब्दितीय अंतर्राष्ट्रीय सास्कृतिक संगम पौषको   तृतीय सप्ताहमा भारतको बृन्दावनमा हुने भएको छ l  कार्यक्रममा नेपाल भारतका पांच सय भन्दा बढिंको संख्यामा सहभागी हुने उक्त अंतर्रार्ष्ट्रीय सास्कृतिक संगम भव्य रुपले मनाउन आवश्यक तैयारी सुरु भएको जानकारी सांगठनकी नेपाल प्रभारी अर्चना सिंहले दिइन lनेपाल भारत मैत्री संगठनका अंतर्राष्ट्रीय अध्यक्ष अनूप कुमार सिंह ब्दारा भारतको नया दिल्लीमा सम्पन्न एक औपचारिक कार्यक्रमका बीच लोगो सर्वाजनिक गरिएको छ lसो लोगोमा दुबै देशका राष्ट्रिय ध्वजा सहित " देश भेष भाषा अन

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 240 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । &

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 187 पटक पढिएको
  • युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

    काठमाण्डौ । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताएका छन ।उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो ।कुटपिटको घटनामा संलग्न भए

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.