समाचार

    Showing 19,231-19,240 of 26,731 items.
  • बेपत्ता युवतीको शव २१ दिनमा भेटियो

    काठमाण्डौ । बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको शव पर्वतको मल्लाजस्थित भीरमा भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी म‌गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनि सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आज बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको जङ्गल पर्वतमा पर्छ।घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल ह

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 179 पटक पढिएको
  • रोजगारको लागि बेलायत जान ७१ जना नर्सको नाम छनोट

    काठमाडौँ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।नेपाल र बेलायत सरकारबिच नेपाली नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तर्वार्ता लागि ७१ जना नर्स छनोट भएका हुन् ।गत साउनमा बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धी जारी भएको सूचना बमोजिम विभागको अनलाइन पोर्टल मार्फत आवेदन दिएका सात सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको विभागले जनाएको छ । छनोट भएकालाई डिसेम्बर ४ तारिकमा अन्तर्वार्ता हुने विभागको भनाइ छ ।कम्तीमा दुई वर्षको कार्यानुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, कम्तीमा  तीन वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 155 पटक पढिएको
  • पक्राउ गरेका व्यक्ति बीच बाटोबाटै गायब

    काठमाडौँ   ।   मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका तीन जनामध्ये दुई प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।जिल्ला अदालत रसुवाले जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारूलाई धरौटीमा छोड्न आदेश दिएपनि तोकिएको धरौटी बुझाउन नसक्दा  उनीरूलाई थुनामा पठाइएको हो।अदालतले उनीहरूले जनही ६ लाख ५० हजार धरौटी बुझाउन आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरूलाई थुनामा पठाइएको हो।मानिस बेपत्ता बनाउने कार्यमा सहयोग एवं संलग्न भएको आरोपमै पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरि

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 193 पटक पढिएको
  • १६ क्याम्पसको सम्बन्धन खारेज

    काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ। ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो।जेठमा त्रिविले एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो। सोहीअनुसार परेका निवेदनका आधारमा क्याम्पसहरूलाई समायोजन गरेको त्रिवि योजना निर्देशनालयका निर्देशक ध्रुव गौतमले जानकारी दिए । विद्यार्थी संख्या कम हुने र आर्थिक अवस्था कमजोर हुने क्याम्पसहरू गाभिएका छन्, दुईवटा गाभिँदा एउटा क्याम्पस स्वतः खारेज हुन्छ। हाल ३२ वटा क्याम्पस गाभिएर १६ वटा बनेपछि १६

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 202 पटक पढिएको
  • हमासले छाड्यो १७ बन्धक, इसराइलले ३९ कैदी

    एजेन्सी  ।   गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ।सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको छ।युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो। योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट मुक्त भएका

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 187 पटक पढिएको
  • योगेश भट्टराई सवार गाडी तोडफोड

    काठमाडौं । नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई सवार गाडीमा तोडफोड भएको छ। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको ताेक्मेडाँडामा उनी सवार गाडीमा पहिचान पक्षधरले ढु‌ंगामुढा गरेका हुन्।सात/आठजनाको समूहमा रहेका उनीहरूले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए। आक्रमणकारीले हानेकाे ढुंगामुढा लागेर भट्टराई सवार गाडीको अगाडिको भागमा क्षति पुगेकाे छ। भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो। खतिवडाका अनुसार सिसा छरपस्ट भए पनि मानवीय क्षति भएका

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 351 पटक पढिएको
  • समुद्रमा डुब्यो १४ जना सवार मालवाहक जहाज

    एजेन्सी । चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन्।एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकोप्टरले चालक दलका एक सदस्यलाई उठाएको बताएको छ । पाँच मालवाहक जहाज, तीन तटरक्षक जहाज, हवाई सेना र नौसेनाका हेलिकोप्टरका साथै नौसेनाको एउटा फ्रिगेट उद्धार कार्यमा सहभागी भएका छन् । सरकारी एथेन्स समाचार एजेन्सी (एएनए) का अनुसार मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र जहाज नुनले भरिएको थियो।तटरक्षक बललाई उद्धृत गर्दै एएनएले आइतबार बिहान जहाज लेस्बोसको दक्षिण–पश्चिममा समुद्रमुनि आठ दशमलव तीन किलोमिटर तल गएको बताएको

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 190 पटक पढिएको
  • सवारी दुर्घटनामा ४ जनाको मृत्यु

    काठमाण्डौ । उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । उदयपुरको नेपालटारबाट गाईघाटतर्फ आउदै गरेको प्रदेश १-०५-००१ ख ००४४ नम्बरको अन्नपुर्ण बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ४३ जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा बस चालक त्रियुगा- ६ का ४० बर्षीय भिखन चौधरी, बिद्यार्थी, ११ बर्षीय बिकाश चौधरी र ७ बर्षीया समिया कुमारी चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका घाईतेहरुलाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागी बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदय

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 317 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ।प्रहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।महाशाखाले देशभर तापक्रम क्रमिक रुपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 180 पटक पढिएको
  • एकै पटक ७१ जना सहसचिवको सरुवा

    काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।महिनौँको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्‍याइएको हो । शुक्रबार मात्रै ७० जनाको अन्तिम सुची तयार भएपनि पछि थप १ जनासहित केहीको कार्यालय मिलान गरेर ७० जनामा सहमति कायम गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.